• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाद्धारा ब्राजिलको सर्वोच्च अदालतका आठजना न्यायाधीशको भिसा रद्द

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ५, आईतवार १०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाले ब्राजिलको सर्वोच्च अदालतका आठजना न्यायाधीशको भिसा रद्द गरेको छ । भिसा रद्द गरिएका न्यायाधीशहरूमा लुइस रोबर्टो बारोसो, जोसे एन्टोनियो डियास टोफोली, क्रिस्टियानो जानिन, फ्लाभियो डिनो, कार्मेन लुसिया, लुइज एड्सन फाचिन र गिलमार मेंडेसको रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ब्राजिलका आठजना सर्वोच्च अदालतका न्यायाधीशहरूको अमेरिकी भिसा रद्द गरेको पुष्टि गरेका छन । विदेशमन्त्रि रुबियोले एक्समा लेख्दै बोल्सोनारोमाथिको अनुसन्धानलाई “राजनीतिक खिचातानी”को संज्ञा दिँदै अनुसन्धानकर्ता न्यायाधीश अलेक्सान्द्रे डि मोराएस तथा उनका अदालतका सहयोगीहरूको भिसा रद्द गरिएको घोषणा गरेको उल्लेख छ ।

    तीन न्यायाधीशहरू आन्द्रे मेंडोन्सा, कासियो नुनेस माक्र्वेस र लुइज फुक्सले भने प्रतिबन्धबाट छुट पाएको बताइएको छ । ह्वाइट हाउसले उक्त देशका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सेनाको कू मार्फत सत्ता कब्जा गर्न खोजेको आरोपमा न्यायबाट जोगाउन आफ्नो अभियान तीव्र पारेको द गार्जियनले उल्लेख गरेको छ ।
    बोल्सोनारो, जो डोनाल्ड ट्रम्पको म्यागा आन्दोलनसँग सम्बन्धित दक्षिणपन्थी लोकप्रीय नेताका रूपमा चिनिन्छन् । सन् २०२२ को निर्वाचनमा आफ्नो वामपन्थी प्रतिस्पर्धी लुइज इनासियो लुला दा सिल्वासँग पराजित भएपछि सत्ता कायम राख्न हिंसात्मक षड्यन्त्र रचेको आरोपमा अहिले मुद्दा खेपिरहेका छन् । उनलाई केही हप्ताभित्र सर्वोच्च अदालतबाट दोषी ठहर हुने अपेक्षा गरिएको छ, र दोषी पाइएमा ४३ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।

    अदालतको निर्णयको दिन नजिकिँदै गर्दा ट्रम्पले अदालत र राष्ट्रपति लुलाको प्रशासनमाथि दबाब बढाइरहेको उल्ल्ेख गरिएको छ । ४ जुलाईमा ब्राजिलीय संघीय प्रहरीले बोल्सोनारोको घरमा छापा मारी उनलाई इलोक्ट्रोनिक ट्र्याकिङ ट्याग लगाएको थियो ।

     

    Post Views: 290
    प्रकाशित मिति: २०८२ श्रावण ५, आईतवार १०:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.