• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुसी राष्ट्रपति पुटिन किन आफ्नो “मलमुत्र” जहाँ गए पनि आफ्नै देश लैजान्छन ?

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ३, मंगलवार ०८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकहरू सामाजिक सञ्जालमा विभिन्न कारणले बारम्बार चर्चामा आइरहन्छन् । अब उनीहरू फेरि एक अनौठो कारणले चर्चामा आएका छन् । रिपोर्टहरू अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा भएको शिखर बैठकमा पुटिनका सुरक्षा टोलीले “पुप सुटकेस“ अर्थात् मलमूत्र बोकेको सुटकेस साथमा आफ्नै देशमा लगेको बताइएको छ ।

    द एक्सप्रेस यूएसको रिपोर्ट अनुसार, पुटिनका अंगरक्षकहरूले विदेशी शक्तिहरूलाई रूसी नेताको स्वास्थ्य सम्बन्धी सूचना संकलन गर्नबाट रोक्नका लागि यस्तो विशेष उपाय अपनाएका दावी गरिएको छ । यो अभ्यासलाई पहिलो पटक फ्रेन्च म्यागजिन पेरिस म्याचमा अनुसन्धानात्मक पत्रकारहरू रेजिस जेन्टे र मिखाइल रुबिनले खुलासा गरेका थिए । रिपोर्ट अनुसार, रुसको संघीय सुरक्षा सेवाका एजेन्टहरू विदेश भ्रमणका क्रममा पुटिनको मलमुत्र फोहोर संकलन गर्छन्, त्यसलाई विशेष झोलामा सिल गरेर सुरक्षा सुटकेसमा राखेर रूस फर्काइन्छ । यो अभ्यास सन् २०१७ मा फ्रान्स भ्रमणदेखि नै चलिरहेको बताइएको छ ।

    पत्रकार फरिदा रुस्तामोवाले पनि यस असामान्य अभ्यासको पुष्टि गरेकी छन् । उनले भियनाको भ्रमणको बेला पुटिनले पोर्टेबल ट्वाइलेट प्रयोग गरेको उल्लेख गरेकी छन् ताकि कुनै पनि जैविक चिन्ह पछि नछाडियोस् । उनले स्रोतको हवाला दिँदै भनिन् कि पुटिनले सन् १९९९ मा सत्तामा आएदेखिनै यो अभ्यास सुरु गरिएको हो ।
    यस पछाडि मुख्य कारण राष्ट्रिय सुरक्षा हो । चिकित्सकीय नमूनाहरू—जसमा मलमुत्र र फोहोर समेत पर्छ बाट कुनै व्यक्तिको स्वास्थ्य अवस्थादेखि लिएर उपचार प्रक्रियासम्मका संवेदनशील विवरणहरू पत्ता लगाउन सकिन्छ । त्यसैले पुटिनका जैविक वस्तुहरू विदेशी गुप्तचर निकायको हातमा नपरोस् भन्ने उद्देश्यले यस्तो उपाय गरिएको बताईन्छ ।

    यी रिपोर्टहरू हालै फेरि चर्चामा आएका छन्, किनभने पुटिनको स्वास्थ्यबारे अघिल्लो केही वर्षदेखि व्यापक अडकलबाजी भइरहेकै छ । ७२ वर्षे पुटिनको शारीरिक चालढाल, विशेष गरी सन् २०२२ मा अस्तानामा भएको पत्रकार सम्मेलनमा उनको खुट्टा चलाएको तरिका, र २०२३ मा बेलारुसी राष्ट्रपति अलेक्जान्दर लुकाशेन्कोसँगको भेटमा देखिएको शरीरको कम्पन आदिका आधारमा धेरैले पार्किन्सन रोग जस्ता न्युरोलोजिकल समस्या भएको आशंका गरेका थिए । तर खासै यहि भएको हो भन्ने बारेमा कुनै आधिकारिक धारणा आएको छैन । तर क्रेमलिनले यी सबै दावीहरूलाई खारेज गर्दै आएको छ ।

    Post Views: 376
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०८:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    Advertisement
    ताजा अपडेट
    • १. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • २. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ३. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ४. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ५. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.