• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाबाट डिपोर्ट गरिएका १९ नेपाली नेपाल पुगे

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २०, शुक्रबार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाबाट तेश्रो पटक ३७ जना नेपाली डिर्पोट भएर नेपाल पठाउने क्रममा १९ जना मात्रै काठमाडौं पुगेको नेपाल अध्यागमनले जनाएको छ । अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली बोकेको विमान बिहिबार बेलुका ७ बजे विमान काठमाडौं पुगेपछि ३७ मध्ये १९ मात्रै रहेको बताइएको छ । ओम्नी एयरलाइन्सको चार्टर्ड विमानमार्फत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका उनीहरूमध्ये अधिकांश गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्ति रहेको बताइएको छ । अमेरिकी अधिकारीहरूले नेपाली दूतावाससँग समन्वय गरी आवश्यक अनुसन्धान र ट्राभल डकुमेन्ट तयार गरेर उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । देशनिकाला हुनेमा १७ पुरुष र २ महिला छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने क्रम निरन्तर जारी छ । यसअघि दुई फरकफरक चार्टर उडानमार्फत र नियमित उडानमार्फत नेपालीहरु डिपोर्ट भएका थिए । अमेरिकी सरकारले तेस्रो पटक चार्टर विमानमार्फत डिपोर्ट गरेका थप १९ जना नेपाली विहिबार पुगेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका अनुसार जनवरीदेखि अगस्टसम्म ८ महिनामा मात्रै अमेरिकाबाट २ सय १५ जना नेपाली डिपोर्ट भएर आइसकेका छन् । अमेरिकी दुतावासले डिर्पोट भएर जाने नेपाली रिसिभ गर्न गरेको आग्रह अनुसार अध्यागमन कार्यलयले तयारी गरेका थिए । यसअघि अमेरिकाले २१ फागुन २०८१ मा डिपोर्टमा परेका ७ पुरुष र १ महिला सहित ८ जना चार्टर विमानमार्फत नेपाल पठाएको थियो । २४ जेठमा ३२ पुरुष र ५ महिला गरेर ३७ जना नेपालीलाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट नेपाल पठाएको थियो । यसका अलवा डिपोर्ट भएका १७० जना भने नियमित उडानमार्फत नेपाल आइपुगेको अध्यागमन कार्यलयले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मे मा ५८, जुनमा ४२, जुलाइमा १७ र अगस्तमा १६ नेपाली डिपोर्ट भइ नेपाल फर्किसकेका छन् । डिपोर्ट भएकामध्ये १९७ पुरुष छन् भने १८ महिला थिए । २० जनवरी २०२५ मा दोस्रो कार्यकालको पदभार सम्हालेसँगै राष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति अगाडि बढाइरहेका छन् ।

    बिहीबार अमेरिकाबाट डिपोर्ट भएका १९ जनामध्ये एकजनाले पनि ब्युरोमा उजुरी दिएनन् । प्रहरीले कोही कसैले मानव बेचबिखन गर्ने उद्देश्यले लगेको भए उजुरी दिन आग्रह गरे पनि कसैले पनि उजुरी दिएनन् ।

    जबकि, ७० लाखसम्म तिरेर अवैध तरिकाले अमेरिका छिर्नेहरू समेत डिपोर्ट भएका थिए । बिहीबारको मात्रै घटना होइन, यसै अमेरिकाबाट डिपोर्ट हुनेहरूले ब्युरोमा उजुरी नै नदिने प्रवृत्ति पुरानै हो । आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म अमेरिकाबाट ४२९ जना डिपोर्ट भए पनि जम्मा उजुरीको संख्या भने २० वटा मात्रै रहेको ब्युरोको तथ्यांकले देखाउँछ ।

    Post Views: 289
    प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.