मन्त्रि भएको बधाई खाएर सामाजिक सन्जाल रंगिएको एक पात्र अर्थात स्वास्थ्य मन्त्रालयका लागि मन्त्रिमा सिफारिसमा परेकी डा संगीता मिश्रा मन्त्रि बन्न पाएनन । मन्त्रिपरिषद् बैठकले पाँच जना नयाँ मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई पठायो तर त्यहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजमाथी मुद्दा दर्ताको अन्तिम तयारी भईरहेको जानकारी गराएपछि मध्यराती राष्ट्रपति कार्यालयबाट उनको नाम हटाइयो । सम्बद्ध श्रोतका अनुसार त्यसै कारण स्वास्थ्य मन्त्रालय सम्हाल्न पाईनन डा संगीता मिश्राले ।

पाँचजना मन्त्रीको सिफारिसमा डा मिश्राको नाम परेको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध भ्रष्टाचार मुद्दाको अनुसन्धान टुंगिएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको सूचना दिएपछि राति ९ बजे प्रधानमन्त्रिले त्यो नाम होल्ड गर्न राष्ट्रपति कार्यलयलाई पत्राचार गरेको बताइएको छ ।
सम्बद्ध स्रोतका अनुसार, डा मिश्रासमेत विरुद्ध स्वास्थ्य उपकरण खरिदको अनुसन्धान टुंग्याइसकिएर उनको अन्तिम बयान गराई प्रतिवेदनसमेत लेख्न शुरू भइसकेकाले दशैँलगत्तै विशेष अदालतमा मुद्दा दायर हुने भएकोले अख्तियारले दिएको जानकारी कै आधारमा उनि मन्त्रि बन्न पाईनन । फागुन २२ गतेको मन्त्रिपरिषद् बैठकले डा विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनी असन्तुष्ट भई लगातार बिदा रहेकी डा मिश्रा भारतमा जन्मिएर नेपालमा बिबाह गरेकी नेपाली नागरिक हुन ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको त सार्वजनिक रूपमै राजीनामा मागेकी थिइन्। मन्त्री बनाइने जानकारी गराइएपछि आइतबारै उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा गरेकी थिइन्। अख्तियारले मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेका कम्तीमा तीनवटा उजुरीमा अनुसन्धान गरिरहेको छ। तिनैमध्येको करिब १५ करोड रुपैयाँ भ्रष्टाचारको एउटा मुद्दा प्रक्रियामा जान लागेको हो।





