• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन १५, बुधबार ०५:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ ।  नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीहरूले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइनेछैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ ।

    हालको प्रावधानअनुसार परिवारसहित पाँच वर्षसम्म बेलायतमा बसोबास गर्ने वा कानूनी रूपमा १० वर्षसम्म बस्ने आप्रवासीहरू ‘अनिश्चितकालीन बिदा’  पाउन योग्य हुनेछन् ।

    स्थायी निवास पाउनेहरूले बस्ने, काम गर्ने, अध्ययन गर्ने, सामाजिक सुविधा पाउने तथा बेलायती नागरिकताका लागि आवेदन दिने अधिकार उपभोग गर्दै आएका छन् ।

    तर गृहमन्त्री शबाना महमुदले सोमबार सत्तारूढ लेबर पार्टीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्ने नयाँ योजनाले यस प्रक्रियामा ठूलो परिवर्तन ल्याउनेछ । सरकारले वर्षको अन्त्यतिर यसबारे परामर्श प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

    यो घोषणा विपक्षी कट्टर–दक्षिणपन्थी रिफर्म पार्टीले आप्रवासीलाई हरेक पाँच वर्षमा भिसा नवीकरण गर्नुपर्ने तथा ‘अनिश्चितकालीन बिदा’ हटाउने प्रस्ताव अघि सारेको केही समयपछि आएको हो । यसले पहिले नै बसोबास अनुमति पाइसकेका सयौँ हजार आप्रवासीलाई समेत प्रभावित पार्नेछ ।

    लेबर पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘यी उपायहरूले लेबर सरकार र रिफर्म पार्टीबीच स्पष्ट भिन्नता देखाउनेछ । रिफर्म पार्टीको प्रस्तावले दशकौँदेखि योगदान दिँदै आएका आप्रवासी कामदारलाई आफ्ना घर र परिवार छोड्न बाध्य पार्छ, तर हाम्रो योजनाले तिनीहरूलाई सुरक्षित राख्छ ।’

    प्रधानमन्त्री किर स्टार्मरले आइतबार रिफर्म पार्टीको योजनालाई ‘जातिवादी’ भन्दै, यसले देशलाई विभाजित गर्ने चेतावनी दिएका थिए ।

    गृहमन्त्री महमुदले सम्मेलनमा आफ्नो पहिलो भाषणमा भने, ‘आप्रवासीहरूले उच्च स्तरमा अङ्ग्रेजी सिक्नुपर्नेछ । म कडा र उत्तरदायी गृहमन्त्री हुनेछु ।’

    उनले पार्टीका सदस्यहरूलाई सचेत गराउँदै भने, ‘यदि हामीले आप्रवासन जस्तो संवेदनशील विषयलाई सही ढङ्गले सम्बोधन गर्न सकेनौँ भने श्रमजीवी वर्ग हाम्रो पक्षबाट टाढा भई रिफर्म पार्टीका नेता निगेल फराजका भ्रामक वाचा–प्रतिज्ञामा आकर्षित हुनेछन् ।’

    Post Views: 165
    प्रकाशित मिति: २०८२ आश्विन १५, बुधबार ०५:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.