• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा

  •  खबरमाला संवाददाता
  • २०८३ असार १५, सोमबार ०५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+
    म हाइटमा फस्ट अर्थात् सर्वोच्च शिखर सगरमाथाको नागरिक !
    सगरमाथा धर्तीकै हाइटमा फस्ट। संसारकै सर्वोच्च शिखर !
    सर्वोच्च शिखरको देशबाट आएर केही दिनदेखि फ्लाइटमा फस्ट अर्थात् राइट दाजुभाइले पहिलोपटक जहाज उडाएको शहरमा छु, North Carolina मा छु ।
    यसलाई यसरी पनि भन्न सकिन्छ first in height यतिखेर first in flight मा छ ।
    ….
    २१ जुनका दिन बिहानै बाल्टिमोरबाट निस्कँदा भाइ बद्री खतिवडा र प्रसिद्ध लोक दोहोरी गायिका बहिनी सिर्जना विरही थापासँगै निस्केको थिएँ । सिर्जनाको ड्राइभिङ उनका गीतहरूजस्तै प्रिय थिए। वनको काफल वनकै चरीलाई वा एउटा चिठी लेख्न मन लाछ !
    यी गीत सुन्दै रिचमन्ड आइपुगेपछि पशुपति घिमिरेले स्वागत गर्नुभयो। उहाँको निवासमा टक्क रोकियौँ केहीबेर । गीत, कविता, लेखन, साहित्य, नेपाल र अमेरिका …!
    गफ बिट मारेर फेरि रिले दौडजस्तो, तीन घण्टा लामो फिर्ती ड्राइभका लागि बहिनी सिर्जना बाल्टिमोर फर्किन् । पशुपतिजीले बिदाइ गरे होम लम्सालको साथमा।
    १० वर्षपछि भेटिएको प्रिय भाइसँग ३ घण्टाकै ड्राइभमा उनकै निवास आइपुगेँ ।
    म रिले दौड्दै थिएँ । एक रातको बसाइपछि भाइ होमले हस्तान्तरण गरे मेरा पुराना साथी पेशल पोखरेललाई । पोखरेल निवासमा बसेर त्यो साँझलाई मित्र- मिलनको साँझ बनायौँ । फुटबलको रन्को त साथमा छँदै थियो। तारा भाउजू पनि फुटबलको पारखी हुनुहुँदो रहेछ। गीत, कविता, नेपाली गाउँ, फुटबल र त्यो रात … !
    डाक्टर ऋषि बस्ताकोटी, शिव पलाँस र शिखर दुलाल मिसिएपछि अर्को एउटा सशक्त टिम बन्यो, भोलिपल्ट बिहानै ! सबैले ल्याएका थिए आआफ्नो घरबाट आफैँले पकाएका जुटाएका मेवा मिष्ठान्न !
    घुम्न बाँकी ठाउँ रहेन, पिकनिक मनाउन बाँकी खुशी रहेन। राइट दाजुभाइ जहाजमा उडे तर हामी भावनामा उड्यौँ त्योभन्दा लामो दुरीमा !
    हाँसी मजा र रमाइलो काव्यिक गहिराइमा रूपान्तरण भयो। हिजोको साँझ, भव्य काव्य साँझ बन्यो ! साँझले मलाई ऋषिजीको घरमै हस्तान्तरण गर्यो। ऋषि र कल्पना मेरा नयाँ घरपेटी भए ।
    मेरो भागमा यस्ता घरपेटी परेछन्, उनीहरु सुत्नभन्दा बढी गफ गर्न रमाए। ऋषि भन्दै थिए, दाइ सुत्न त काठमाडौँ गएर सुत्नुहोला। आज गफै गरौँ । त्यसो त राति २ बजेसम्म म आफैँ स्टाटस लेख्दै थिएँ।
    यो प्रेमको रिले दौड कवि नम्रता गुरागाईसँग मिसियो, आज। नम्रताजीको परिवारसँगको गफ आफैँमा कविताजस्तो भएर होला, त्यहाँ भने कविता सुन्ने सुनाउने क्रम रहेन। नम्रताजीले हिजो साँझ सुनाउनुभएको कवितालाई नै हामीले छलफलको विषय बनायौँ ।
    यात्रा आफैँ गतिमान् हुँदो रहेछ। हामी यात्रामै थियौँ, छौँ । पेशलजीले भन्नुभयो, डाउन टाउन नघुमी र त्यहाँ भएको सङ्ग्रहालय नहेरी कसरी पूरा हुन्छ यात्रा ?
    डाउन टाउन यात्रापछि यात्राको पयो फेरि गाँसियो, होम लप्साल भाइसँग। यो यात्रा त्यतिखेर मायाको गाँठोमा कसियो, जतिखेर बाटामा ‘थर्ड आई’ भनेर चिनिने विनोद भट्टजीसँग सप्रेम भेट भयो।
    कति रमाइलो ! कस्तो संयोग ! पिता सुरेश भट्टसँग पनि पुरानो दोस्ती, पुत्र विनोद भट्टसँग पनि उस्तै दोस्ती ! पिताजी ‘दाइसाथी’, पुत्र ‘भाइसाथी’ !
    सुरेश दाइसँग
    साथी शब्द जोडेर प्रेम पोखेको हुँ। उहाँ पितापुस्ता हुनुहुन्छ। त्यो चाहिँ मलाई थाहा छ । २०१६ सालतिर विद्यार्थी भएर देश थर्काउने उहाँ, २०२६ सालमा जन्मने म । मायाका लागि उमेर केही होइन रहेछ। विनोदलाई सुनाएँ विनोदको पिता कसरी साथी जस्तै दाइ हुनुभएको हो भन्ने कथा !
    के के खाएँ भनेर फेसबुकमा त के लेखूँ, बिनोदजीले नेपाल बिर्साउने पिरो र अमिलो स्वाद खुवाउनुभयो। उहाँ जति स्वादिलो हो त्यति नै मिठो उहाँले प्रस्तुत गर्नुभएको परिकार !
    तीन घण्टा ड्राइभ गरेर रिचमन्डदेखि लिएर आएको दाजु एकछिन पनि घर नबसेर यसरी भागिहिँड्दा होम पुरै बिच्कियो होला भनेको त, ऊ उल्टै भन्छ, ‘दाइ
    हिजो साँझ कार्यक्रम भव्य भएछ। साथीहरू सबै खुशी हुनुहुन्छ। अब आज मेरो पालो !’
    म पनि त यसरी आफ्नो कुरा तपाईँलाई सुनाइरहेछु। वरिष्ठ साहित्यकार डा नबराज लम्सालको फेसबुकबाट..
    Post Views: 195
    प्रकाशित मिति: २०८३ असार १५, सोमबार ०५:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    Advertisement
    ताजा अपडेट
    • १. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • ४. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.