• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दुई अमेरिकी र एक जापानी वैज्ञानिकले जिते नोबेल पुरस्कार

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २०, सोमबार २२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिकालाई आक्रमण किन गर्दैन (पेरिफेरल इम्युन टोलरेन्स) भन्नेबारे आविष्कारका लागि उनीहरूलाई पुरस्कार दिने घोषणा सोमबार गरिएको हो।

    नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार जित्नेमा अमेरिकी नागरिकहरू मेरी ई ब्रन्को र फ्रेड राम्सडेल छन् भने जापानी नागरिक डा. शिमोन साकागुची हुन्। प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिका आक्रमण गर्दा हुने समस्यालाई अटोइम्युन रोग भनिन्छ। उनीहरूको अनुसन्धानले अटोइम्युन रोगहरूबारे प्रकाश पारेको छ।

    समाचार संस्था एपीका अनुसार ६४ वर्षीया ब्रन्को सिएटलको इन्स्टिट्युट फर सिस्टम्स बायोलोजीमा वरिष्ठ कार्यक्रम प्रबन्धक छिन्। त्यस्तै ६४ वर्षीय राम्सडेल सान फ्रान्सिस्कोमा रहेको सोनोमा बायोथेराप्युटिक्सका वैज्ञानिक सल्लाहकार हुन्। ७४ वर्षीय साकागुची जापानको ओसाका विश्वविद्यालयमा रहेको इम्युनोलोजी फ्रन्टियर रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक हुन्।

    ‘प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ र किन हामी सबैलाई गम्भीर अटोइम्युन रोगहरू लाग्दैन भन्ने हाम्रो बुझाइका लागि उहाँहरूका आविष्कारहरू निर्णायक साबित भएका छन्,’ नोबेल समितिका अध्यक्ष ओले काम्पेले भने।  उनीहरूले झण्डै १२ लाख अमेरिकी डलरको पुरस्कार राशी बाँड्ने छन्। आधिकारिक रूपमा फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार भनिने यो पुरस्कार सन् २०२५ का लागि घोषणा गरिएको पहिलो नोबेल पुरस्कार हो।

    भौतिकशास्त्रतर्फको पुरस्कार मंगलबार, रसायनशास्त्रतर्फको बुधवार र साहित्यतर्फको पुरस्कार बिहीबार घोषणा गरिनेछ। नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कार अक्टोबर १३ मा घोषणा हुनेछ।

    Post Views: 148
    प्रकाशित मिति: २०८२ आश्विन २०, सोमबार २२:२०
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • २. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ३. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.