• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्तत: विपिन फर्किने आशा सकियो, मृतकको शव बुझाउँदै नाम सार्वजनिक

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २७, सोमबार २०:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अन्तत लामो प्रतिक्षा र खोजवीनपछि विपिन जोशी सकुसल नरहेको पुष्टि भएको छ । हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार मृतक बन्धकको नाम सार्वजनिक गरेपछि अब जीवित छ भन्ने कुनै्र आशा गर्ने ठाउँ रहेन । हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै शव फिर्ता गर्ने घोषणा गरेको र त्यसमा विपिनको नाम पनि रहेको उल्ल्ोख छ ।

    हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिने चार बन्धकका शवमा विपिनसहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्। यसअघि इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो। हमासले आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारीमार्फत इजरायलसमक्ष बुझाएको थियो।

    इजरायल र हमासबीच द्वन्द्व अन्त्य गर्न प्रस्तावित ‘मध्यपूर्व शान्ति प्रस्ताव’को प्रथम चरणअन्तर्गत कैदी तथा बन्धक आदान-प्रदान सूचीमा जोशीको नाम समावेश थिएन। बन्धक बनाइएकामध्ये २० जना जीवित बन्धकलाई सोमबार रिहा गरिएको थियो। जोशी पनि हमासले रिहा गर्नेहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो।

    तर, सोमबार बिहान इजरायली सेनाले आयोजना गरेको भर्चुअल बैठकमा जोशीको नाम बन्धक आदान-प्रदानको सूचीमा समावेश नभएको जानकारी दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, भर्चुअल बैठकमा इजरायलका लागि नेपाली राजदूत, जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सहभागी थिए। बैठकमा जोशीको हालको अवस्था अज्ञात रहेको जानकारी गराइएको थियो।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आज बिहान इजरायलको स्थानीय समयअनुसार ७:३० बजे इजरायली सेनाले आयोजना गरेको भर्चुअल बैठकबाट आज रिहा हुने बन्दीहरूमा विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ।”

    जोशीको सकुशल रिहाइका लागि सरकारले विगत एक वर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयास गरेको मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर रूपमा जानकारी अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    जोशी गत २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायली भूभागबाट हमासको कब्जामा पुगेका थिए। उनी इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि गएका थिए।

    Post Views: 218
    प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार २०:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.