• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालबाट व्यापार निर्यात मुलुक पहिलो ठुलो भारत, दोश्रो अमेरिका

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २८, बिहीबार ०६:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आर्थिक वर्ष २०८२ र ८३ को पहिलो त्रैमास साउनदेखि असोजमा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गरेको तथ्यांक छ । यी मुलुकबाट आयात ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबर भएको छ भने वस्तु निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र टीईपीसीका अनुसार निर्यातको ९० दशमलव ८८ प्रतिशत हिस्सा चार मुलुकसँग मात्रै केन्द्रित देखिएको छ ।

    यस अवधिमा नेपालबाट भारतमा मात्र ५९ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन कुल निर्यात व्यापारको ८१ दशमलव २४ प्रतिशत हो । दोस्रो स्थानमा अमेरिका छ । नेपालबाट अमेरिका ४ अर्ब ८१ करोडको वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ६ दशमलव ६१ प्रतिशत मात्र हुन आउँछ । तेस्रो स्थानमा जर्मनी छ । यहाँ १ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जुन १ दशमलव ७६ प्रतिशत हिस्सा हो ।

    चौथो स्थानमा रहेको बेलायतमा ९३ करोडको वस्तु निर्यात भएको छ । जुन १ .२७ प्रतिशत हिस्सा हो । यसरी चार मुलुकमा भएको निर्यातले कुल निर्यात व्यापारको ९० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने गरेको केन्द्रको तथ्यांकले देखाएको छ । नेपालले धेरै वस्तु आयात गर्ने दुई मुलुक भारत र चीन हुन् । निर्यातमा भने चीन पहिलो १० मुलुकमा समेत अटाएको छैन । यो अवधिमा चीनमा १९ करोडको मात्र वस्तु निर्यात भएको तथयांक छ ।

    साउनसम्म नेपालबाट हुने निर्यात ८९.६४ प्रतिशतले बढेको छ। यो अवधिमा निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन तेल, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमूखी तेल, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, चिया, फलाम तथा फलामका उत्पादन, प्लाइउड, अलैँची, पश्मिना सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाका आहारा, जडिबुटी र नेपाली हाते कागज प्रमुख छन् ।

    यो अवधिमा फलाम र त्यसका उत्पादनको निर्यातमा ७०.१४ प्रतिशतले कमी आई १ अर्ब ३६ लाखमा सीमित भएको देखिन्छ । यार्नको निर्यात ४.५१ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यात ९.७६ प्रतिशतले घटेर २ अर्ब ५८ करोडमा झरेको छ । तयारी पोशाकको निर्यात १०.७५ प्रतिशत घटेर २ अर्ब ५१ करोडमा सीमित भएको छ । प्लाइउडको निर्यात ६४.१४ प्रतिशतले घटेर ७७ करोड १४ लाखमा झरेको छ । जुट र जुटका उत्पादनको निर्यात भने ५६.४२ प्रतिशतले बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

    ऊनी फेल्टको निर्यात ५।९१ प्रतिशतले बढेर १ अर्ब ७८ करोड पुगेको छ । जुसको निर्यात १६.४३ प्रतिशतले बढेर २ अर्ब ७ करोड पुगेको तथ्यांक छ । सोयाबिन तेलको निर्यातमा भारी वृद्धि भई ३० अर्ब ७० करोड पुगेको छ । पामतेलको निर्यात २ अर्ब १४ करोड पुगेको छ । सूर्यमुखी तेलको निर्यात समेत २ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । यी तीन वस्तुको निर्यातको हिस्सा कुल निर्यातमा ४७।७ प्रतिशत पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अलैँचीको निर्यात ३३।०५ प्रतिशतले बढेर १ अर्ब ६८ करोड पुगेको छ । चियाको निर्यात ४०।५७ प्रतिशतले घटेर १ अर्ब ११ करोडमा सीमित देखिन्छ । अदुवाको निर्यात २३।२४ प्रतिशतले घटेर १८ करोड ७ लाखमा सीमित भएको छ ।

    Post Views: 166
    प्रकाशित मिति: २०८२ कार्तिक २८, बिहीबार ०६:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.