• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पुर्वराजा ज्ञानेन्द्रद्धारा चुनाव नहुने आशय व्यक्त !

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ७, बिहीबार ०४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    उत्साहजनक चुनावी वातारणकाबीच पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति चुनाव हुँदैनकी भन्ने आशंकालाई बल पुर्याएको छ । पुर्व राजाले सबै पक्षबीच सहमति गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुने धारणा व्यक्त गरेर यो हुन लागेको चुनावको कुनै अर्थ नरहेको आशय व्यक्त गरेका छन । ्उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार एक भिडियो सन्देश जारी गर्दै आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्ननसक्ने उल्लेख गर्दै पहिले सबै पक्षबीच सहमति हुनुपर्ने बताएका हुन्। पुर्वराजाको यो आशयपुर्ण अभिव्यक्तिले राजनीतिक रुपमा पुर्ण अर्थ राख्ने भएकोले कुतै निर्वाचनको पुर्व सन्ध्यामा कुनै खिचडी पाकिरहेको छ की भन्नेहरुका लागि बल मिल्दछ ।

    ‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ,’ उनले भनेका छन्। उनले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रूपमा आग्रहसमेत गरेका छन्। प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुनेछ। मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो,’ उनको आग्रह छ।

    उनले यतिबेला देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको बताएका छन्। संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको उनको टिप्पणी छ। सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबर्द्धन गर्न उनले सबै पक्षसँग आग्रहसमेत गरेका छन्।

    ‘आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो,’ उनले भनेका छन्। अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उनको भनाइ छ। उनले ८ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन्।

    Post Views: 116
    प्रकाशित मिति: २०८२ फाल्गुन ७, बिहीबार ०४:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    Advertisement
    ताजा अपडेट
    • १. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • २. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ३. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ४. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • ५. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.