• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

निर्वाचनको पुर्वसन्ध्यामा बरिष्ठ साहित्यकार डा नबराज लम्सालको नजरमा १५ यथार्थ !

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ११, सोमबार १०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    १। पेटी ठेकेदारुको करिब करिब अन्त्य भएछ। मतदाता सिधै उम्मेदवार भेटेर संवाद गर्छन् । अब कसैको अनुहार कसैले बेच्न नपाउने भएछ।
    यो जागरण हो ।

    २। उहाँ जस्तो नेता भन्नेु दबिएको सोच बदलिएछ। मतदाताहरू जो सुकै उम्मेदवारसँग पनि सिधा प्रश्न गर्छन् ।
    यो जनताको बढेको आत्मविश्वास हो।

    ३। यसअघि अन्तर्घात गुपचुप हुन्थ्यो । यसपटक अघिल्ला अन्तर्घातका कथा पनि सुनाउने र अन्तर्घात गर्न चाहनेलाई सार्वजनिक गर्ने हिम्मत गर्न थालेका छन् ।
    यो दलीय पद्धतिका लागि शुभसंकेत हो ।

    ४। व्यक्तिगत लाभहानि र प्राप्ति भन्दा माथि उठेर धेरै हदसम्म मुद्दा केन्द्रित बहस हुन थालेको छ। यसबाट नीति निर्माण र स्थानीय विकासको कित्ता छुट्टिएको छ।

    ५। गत चुनावहरूमा घरमा आएका उम्मेदवारलाई जो आएपनि तपाईँलाई नै भोट दिन्छौं भन्थे तर भोट चाहिँ मन परेकालाई सुटुक्क दिन्थे। यसपाला तपाईँलाई भोट दिन्न भनेर सिधै भन्छन् र उम्मेदवारलाई रातो पिरो पारेर फर्काइदिन्छन् । मतदाताको हिम्मत र आत्मविश्वास बढेको छ।

    ६। गत निर्वाचनहरूमा के गर्छौ भन्ने प्रश्न हुन्थ्यो र नेताहरू पनि यसो गर्छौं भन्थे तर यसपटक के गर्ने होइन कसरी गर्ने भनेर कुनै पनि योजनाको आधार, स्रोत र सम्भावना खोज्न थालेका छन्। गैर जिम्मेवार बोलीका नेताहरूलाई जनता आफैँ जिम्मेवार भएर पाठ पढाइरहेछन् ।

    ७। यसअघि पार्टीहरू निश्चित नेताहरूको बिर्ताजस्तो थियो र खल्ती र स्वार्थका उम्मेदवारहरू बढी देखिन्थे। यसपटक नयाँ सोच सहितका नयाँ नयाँ उम्मेदवारहरू देखा परेका छन् । फरक फरक दलबाट नयाँ र फरक अनुहार देखिनु पनि नेताहरूको पुस्तेनी लालपुर्जाु च्यातिएको प्रमाण हो।

    ८। पटकपटक दोहोरिएका र पटकपटक दल फेरेकाहरूलाई जनताले यसको कारण प्रमाणसहित खोजेका छन् । किन त्यहाँ , किन यहाँ रु भन्दै पुरानो हिसाब खोजेका छन् । त्यतिखेर त्यस्ता उम्मेदवारहरूको अनुहारमा ३२ मुजा देखिएको छ।

    ९। भनिए वा बदनाम गरिए जस्तो मासुभातु प्रकरण यस पटक खासै देखिएको छैन। छ भने पनि लुकिछिपी होला तर यो खुलेआम छैन । यो सामाजिक सञ्जालका कारण पनि रोकिएको वा अदृश्य भएको हो कि १ तर दिनभरि सँगै घरदैलो गरेकाहरूले कतै बसेर सँगै खाना खाए भने त्यसलाई अन्यथा मान्नु हुँदैन ।

    १०। पैसा बाँडेर चुनाव जित्छुु भन्नेहरुले यसपटक नमिठो स्वाद भेट्नेछन्। पैसा दिए भने लिनेहरू भेटिन सक्छन् तर पैसाको आधारमा जनताले भोट हाल्ने छैनन् ।

    ११। आफ्नो मूल पेशा वा कर्म छोडेर फुत्त नेता हुन जानेहरूलाई यसपटक जनताले त्यति रुचाएको पाइएन। तिमी उतै ठिक थियौ, यता किन आयौ भन्नेहरू ठाउँ ठाउँमा भेटिए, धेरै भेटिए । यसबाट राजनीतिभन्दा बाहिर पनि जनविश्वास र समर्थनको ठूलो मैदान खाली छ भन्ने बुझिन्छ ।

    १२। यसअघि अर्को पार्टीमा टिकट पाउने भएपछि मात्रै दल छोड्ने चलन थियो तर यसपटक दल छोड्नेहरू वा दल फेरबदल गर्नेहरू धेरै देखिए पनि छोड्ने बित्तिकै अर्कोमा टिकट माग्न जानेरगइहाल्नेहरू त्यति धेरै देखिएनन् ।

    १३। यसपटक मतदाताहरूको मनोविज्ञान फेरिएको छ। अघिल्ला चुनावहरूमा जस्तै बुथ कब्जा गर्ने, कुटपिट गर्ने, लडभीड गर्ने र अमुक उम्मेदवारलाई जसरी पनि जिताउने मनस्थितिमा मतदाता छैनन् । कतिपयले भनेको सुनिन्छ स् यी सबै उस्तै हुन् किन ज्यान फाल्नु रु आफ्नो भोट दिने चुप बस्ने १ यो निराशा होइन संयम हो।

    १४। पहिला करिब करिब जम्मै मान्छे कुनै न कुनै कित्तामा उभिएर ुसत्तोसराप यज्ञुमा सामेल हुन्थे । मौन बस्नेलाई बोल्ने आँट नभएको, खुल्न नसकेको, कमजोर भन्ने चलन थियो तर यसपटक कसैको कार्यकर्ता हुने भोकबाट धेरै मान्छे जोगिएको देखिन्छ । यो सामाजिक मर्यादा र सन्तुलनका लागि संयमको शुभसंकेत हो ।

    १५। राजनीतिमा निरपेक्ष ठानिएको वा राजनीतिमा चासो नभएको भनिएको युवा पुस्ताको सक्रियता लोभ लाग्दो छ। पहिलोपटक मत हाल्नेहरूको उत्साह साँच्चै उत्साहजनक छ। देशको स्थिति बसाल्न भोट मार्फत अभिमत जाहेर गर्ने उनीहरूको यो चासो, उत्सुकता र सोच सकारात्मकताको खोजी हो । यसले उनीहरूलाई देशप्रति जिम्मेवार बनाएको छ । from DR Lamsals facebook .

    Post Views: 112
    प्रकाशित मिति: २०८२ फाल्गुन ११, सोमबार १०:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    Advertisement
    ताजा अपडेट
    • १. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • २. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ३. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ४. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • ५. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.