• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

"सेनाको भुमिकाप्रति किन दलहरु संशकित ?  "
  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २०, बुधबार ०५:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    निर्वाचन आयोगले १५ जिल्लाका ६१ स्थानबाट सेनाको हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने निर्णय गरेको छ। हेलिकप्टर माग भई आएका डेढ सय मतदान केन्द्रबाट ६१ स्थानमा मतपेटिका संकलन गर्ने र त्यहाँबाट मतगणनास्थलसम्म हेलिकप्टरमा लैजाने निर्णय निर्वाचन आयोगले गरेको बताएको छ । निर्वाचन आयोग स्रोतका अनुसार कोसी प्रदेशका सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थलको मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने छ। मतपेटिका ओसार्ने क्रममा सेनाको हेलिकोप्टरमा राजनीतिक दलका प्रतिनिधिहरु अनिवार्य रहने व्यवस्था गरिएको जनाइएको छ । सेनाले राष्ट्रिय स्वतन्त्र पार्टी र बाल्ेनको पक्षमा खुलेर संलग्नता देखिएको भन्दै दलहरुले असन्तुुष्टि व्यक्त गरेका छन । संभवत नेपाली सेनाप्रति दलहरु यतिधेरै सशंकित भएको यो पहिलो पल्ट मानिएको छ । सेनाले यस पटक कयौन घटनाहरुमा उद्दार गर्न वा सुरक्षा दिन आनाकानी गर्ने गरेको आरोप लागेको छ । त्यहि बेला बालेन चुनावी प्रचारमा रहेका एक पत्रकार घाईते हुदा महत्वका साथ हेलिकोप्टर प्रयोग गरेपछि सेनाको आलोचना हुँदै आएको छ । सिंहदरबार जलिरहँदा मकदर्शक बनेपछि सेनाप्रति नेपाली जनता सशंकित भएकोले यतिखेर मतपेटिका ओसार पसारमा सेनाको संलग्नतामा प्रश्न उठ्नु स्वभाविक पनि हो । संभवत नेपाली सेनामाथी यतिधेरै अविश्वास पैदा भएको नेपालको ईतिहासमा यो पहिलो पटक होला ।

    बागमती प्रदेशका ३४ र गण्डकी प्रदेशका ३२ वटा मतदानस्थलको मतपेटिका संकलनका लागि पनि हेलिकप्टर माग भएको छ। बागमतीका रसुवा, दोलखा र धादिङका केही मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ।  गण्डकीका गोरखा र मनाङका हिमाली क्षेत्रका मतपेटिका संकलनमा पनि हेलिकप्टर प्रयोग हुने भएको छ।  लुम्बिनीको रुकुम पूर्वका ७ वटा मतदानस्थलबाट मतपेटिका संकलन गर्न हेलिकप्टर आवश्यक पर्ने भएको छ।

    कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका ४० वटा मतदानस्थलका मतपेटिका पनि विभिन्न ठाउँमा जम्मा पारेर हेलिकप्टर मार्फत नै सदरमुकाम लगिने भएको छ।  त्यसैगरी सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका संकलनमा पनि हेलिकप्टर खटाइने निर्णय भएको छ। मतपेटिका संकलनमा हेलिकप्टर आवश्यक पर्ने स्थानहरूको विवरण गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत संकलन गरेको हो। जिल्लाबाट माग भई आएका विवरणमा निर्वाचन आयोगले थप विश्लेषण गरेर निर्णय गरेको हो।

    सुरुमा ताप्लेजुङमा हेलिकप्टर प्रयोग नगर्ने निर्णय गरेको आयोगले सोमबार मात्रै थप गरेको हो।  मौसम र तत्कालको अवस्था अनुसार मतपेटिका संकलनमा हेलिकप्टरको प्रयोगमा अझै पनि थपघट हुन सक्ने छ। यसअघि मतपत्र ढुवानी पनि कतिपय स्थानमा हेलिकप्टरमार्फत नै गरिएको थियो। तर सबै मतदान केन्द्रको मतपेटिका संकलन नभएसम्म त्यस निर्वाचन क्षेत्रको मतगणना सुरु नहुने भएकाले छिटो मतपेटिका संकलनका लागि हेलिकप्टर प्रयोग गरिने भएको हो।

    हेलिकप्टरमा मतपेटिका संकलन गर्दा सामाजिक सञ्जाल र सार्वजनिक रूपमै केही प्रश्न समेत उठेका छन्। दलहरूले यसअघि चुनावी प्रचारका क्रममा समेत यस्ता अभिव्यक्ति दिएका थिए। जसलाई नेपाली सेनाले खण्डन गर्दै कसरी निष्पक्ष रूपमा गरिन्छ भन्ने प्रस्ट्याएको छ। मतदान केन्द्रबाट चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, निर्वाचन अधिकृत र दलका तोकिएका प्रतिनिधिसहित हेलिकप्टर आउने स्थानसम्म मतपेटिका लगिनेछ। गाडीमा मतपेटिका लैजाँदा सबै सुरक्षा निकायसँगै सबै उम्मेदवारका प्रतिनिधिहरू सँगै हुन्छन्। गाडीमा यसरी मतपत्र ढुवानी गर्ने कुरामा दलहरूको कुनै पनि शंका छैन।

    तर हेलिकप्टरमा ढुवानी गर्दा कसरी गरिन्छ भन्ने चासो र चिन्ता कतिपय दलका नेताहरूमा देखिन्छ।  नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्छन्, ‘दलहरूकै सहमति र सहभागिता अनुसार नै मतपेटिका संकलन हुन्छ। सबै दलका प्रतिनिधि हेलिकप्टरमा अट्दैनन्। त्यसो हुँदा दलहरूलाई निश्चित प्रतिनिधि राख्नेगरी सहमति गर्न भनिन्छ। उहाँहरूले सहमति गर्नु भयो भने त्यही अनुसार ढुवानी हुन्छ। यदि सहमति नजुटेको अवस्थामा स्थलमार्गबाटै मतपेटिका संकलन हुन्छ। सेनाले प्रश्न उठ्ने गरी जिम्मेवारी निर्वाह गर्दैन।’

    मतपेटिका ढुवानी पहिलो पटक नेपाली सेनाले गर्न लागेको भनि आएका विषयको पनि सेनाले खण्डन गरेको छ। विगतका निर्वाचनमा जस्तै यसपटक पनि मतदान सम्पन्न भएपछि स्थापित मापदण्ड अनुसार सेनासहित सबै सुरक्षा निकाय, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिको टोलीले मतगणना स्थलसम्म पुर्‍याउने प्रवक्ता बस्नेतले बताए।

    Post Views: 116
    प्रकाशित मिति: २०८२ फाल्गुन २०, बुधबार ०५:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.