• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आज आम निर्वाचनः प्रत्यक्षतर्फ १६५ र समानुपातिकमा ११० निर्वाचित हुने

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २१, बिहीबार ०४:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आज जेन्जी आन्दोलन स्वरुप बनेको नयाँ राजनीतिक सन्र्दभमा आज नेपालमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । ३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ ।
    निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।

    निर्वाचन आयोगको विश्लेषणअनुसार सुरक्षा व्यवस्था चुस्त छ । विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ । जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्री घेराको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ ।

    निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारेको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा भएको बताए । सुरक्षा योजनाअनुसार संवेदनशीलताको आधारमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको समेत पहिचान भएको छैन । विगतमा रहने गरेको यस्तो समस्या यसपटक छैन ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार ‘निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म भएको छैन र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको छ ।’ यसआधारमा आयोगले भनेको छ, ‘यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ ।’

     

    पछिल्लो एक हप्तामा करिब आठ लाखले काठमाडौं उपत्यका छाडे । मतदाताहरू कति उत्साहित छन् भन्ने यसले पनि देखाउँछ । यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।

    यसमध्ये जेनजी आन्दोलनपछि थपिएका मतदाता नै झण्डै १० लाख छन् । गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या १ करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो । तर, त्यसमा धेरै नयाँ मतदाता छुटेको भनेर माग भएपछि सरकारले अध्यादेश ल्यायो । ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो । उक्त अवधिमा झण्डै दश लाख मतदाता थपिएका हुन् ।

    थपिएका मतदाता सक्रिय र उत्साही छ । नयाँ मतदाता र युवाहरूको प्रवेशले मतदान प्रतिशत बढ्ने र बदर मत समेत घट्ने अनुमान गरिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । मतदाताले प्रत्यक्षतर्फ उम्मेदवार स्वयमलाई मत दिनुपर्छ भने समानुपातिक तर्फ सम्बन्धित दललाई मत दिनुपर्छ । प्रत्यक्ष तर्फ ३ हजार ४०६ उम्मेदवार छन् । जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य छन् ।

    समानुपातिकतर्फ ३ हजार १३५ जना उम्मेदवार छन् । जसमध्ये १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । दुवै तर्फबाट निर्वाचित हुने २७५ सिट लागि ६ हजार ५४१ उम्मेदवार छन् ।

    Post Views: 85
    प्रकाशित मिति: २०८२ फाल्गुन २१, बिहीबार ०४:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो
    सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश
    पश्चिम एशियामा विकसित परिस्थितिबारे अध्ययन गर्न कार्यदल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • २. सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    • ३. पश्चिम एशियामा विकसित परिस्थितिबारे अध्ययन गर्न कार्यदल !

    • ४. संविधान संशोधनका लागि राष्ट्रिय सहमति गर्न ७ दिनभित्र कार्यदल गठन

    • ५. २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका सम्पत्ति छानबिन गर्दै सरकार

    चर्चित
    • १. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • २. सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.