सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न एक समिति गठन गरेको छ। सुरक्षा संयन्त्रको हकमा प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न समिति गठन गर्ने निर्णय भएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयका सन्दर्भमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनकाअनुसार उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको सदस्य रहेको समिति गठन गरिएको छ।





