अमेरिकाको टेक्सास ड्यालसमा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरकृयामा नेपाल राष्ट्र बैंक गभर्नर डा। विश्वनाथ पौडेलले विदेशको नागरिकता लिँदैमा नेपाललाई कुनै हानी नहुने धारणा व्यक्त गरेका छन । नेपालीले १० वटा देशको नागरिकता लिएपनि हामीलाई के समस्या उनले भने । पढेको सक्षम व्यक्ति, लगानी गरेर नेपालमै रोजगारी दिनसक्ने ल्याकतको लगानीकर्ता, नेपाललाई योगदान गर्नसक्ने व्यक्ति छ भने जुनसुकै देशको नागरिकता लिएपनि नेपालले समस्याको रुपमा लिनु नहुने विचार राखे ।

विदेशमा रहेका नेपालीहरुले आफू बसेको देशको नागरिकता लिएपछि पुरानो नेपाली नागरिकताको निरन्तरताको माग लामो समयदेखि गर्दै आएका छन् । बालेन्द्र शाहको नेतृत्वमा गठन भएको वर्तमान सरकारले गैर आवासीय नेपालीहरुको यो मागलाई सकारात्मक रुपमा लिएको छ । नेपालमा लगानी, ज्ञान र क्षमता यतिखेर जरुरत रहेको चर्चा गर्दै डा। पौडेलले बैंकिङ्ग क्षेत्रले पनि परम्परागत रुपमा मात्र लगानी नगरि नयाँकोणबाट गर्नुपर्नेमा आवश्यकता रहेको औंल्याए । अमेरिकामा बैंकहरुले लगानी गर्दा प्रोजेक्टमात्र हेर्छन, तर नेपालमा कर्जा माग्ने मान्छे, धितो र प्रोजेक्ट समेत हेर्ने चलनले लगानीकर्ता उत्साहित नभएको आफुले पाएको समेत उल्लेख गरे ।





