• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको अस्टिनमा घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २२, मंगलवार ०३:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको टेक्सस राज्यको टेक्ससको राजधानी अस्टिनमा नेपाली महावाणिज्य दूतावासले २ दिन सञ्चालन गरेको कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीले सेवा लिएका छन्। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले यही वैशाख १४ र १५ गते आयोजना गरेको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेसनामा एक, एकतर्फी यात्रा कागजात ३ र एनआरएन कार्ड १ गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिए। अमेरिकाका ९ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा दिने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो।

    उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो। भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति छ। भौगौलिक रूपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीले लामो समयदेखि राहादानी तथा कन्सुलर शिविरको माग गरिरहेका थिए।

    शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले सहयोग गरेको थियो। शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारीलगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए।

    अस्टिनमा सम्पन्न राहदानी तथा कन्सुलर घुम्ती शिविर सम्पन्न गर्न सहयोग गर्ने ग्रेटर अस्टिन नेपाली समाजसहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ।

    Post Views: 79
    प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०३:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा
    भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी
    जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?
    Advertisement
    ताजा अपडेट
    • १. वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा

    • २. भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी

    • ३. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ४. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.