• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २२, मंगलवार ०४:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    चितवनमा रोयल टुलिप रिसोर्टको सन्चालनमा आएको एक बर्षमा सन्चालक रामेश्वर शाहले जनकपुरमा अर्को पाँचतारे होटल सन्चालनमा ल्याउने घोषणा गरेका छन ।
    नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेका गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वउपाध्यक्ष रामेश्वर शाहको नेतृत्वमा जनकपुरधाममा पाँचतारे होटल सन्चालन गर्नेगरी परियोजनाको घोषणा गरेका हुन ।

    मिथिला हस्पिटालिटीअन्तर्गत जनकपुरमा पहिलो पाँच तारे होटल निर्माण गर्ने परियोजनाको एका कार्यक्रमबीच सन्चालक शाह, एनआरएनएका सस्थापक अध्यक्ष डा उपेन्द्र महतोले उद्घाटन गरेका छन । यो घोषणाले मधेश प्रदेशको पर्यटन जगतमा नयाँ उत्साहको लहर ल्याएउने निश्चित छ । चितवनको रोयल टुलिप रिसोर्ट सञ्चालनमा आएको मात्र ८ महिनाको अवधिमै शाहले नयाँ र महत्त्वाकांक्षी परियोजनाको घोषणा गरेका हुन्।

    यसले उनको व्यावसायिक दूरदर्शिता र नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी गर्ने उनको दृढ संकल्पलाई स्पष्ट रूपमा झल्काउँछ। चितवनको सफलताबाट उत्साहित भएर उनले यसपटक जनकपुरलाई रोजेका छन्। जनकपुर, एउटा यस्तो शहर, जसको धार्मिक र सांस्कृतिक महत्त्व अपार छ, तर अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको आवास सुविधाको गम्भीर अभाव रहँदै आएको छ।

    यस परियोजनामा जम्मा २ अर्ब रुपैयाँ लगानी हुने छ र निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरी २०८६ सालको वैशाखमा होटललाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ। करिब २ लाख वर्गफिट जग्गामा फैलिएको यस होटलको निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ। होटलमा ८ विलासी सुइटसहित जम्मा १२४ कोठा निर्माण हुनेछन् र ३७२ बेडको व्यवस्था गरिनेछ। जनकपुरमा बन्न लागेको होटलमा शाहसहित पूर्व बैंकर ज्ञानेन्द्र ढुंगाना, व्यवसायी काजी लामा,सुदीप चौधरी, उदयकान्त झाको पनि लगानी छ।

    सुविधाको दृष्टिले यो होटल केवल एक आवासस्थलमा सीमित रहने छैन। एक सम्पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने महत्त्वाकांक्षी योजना छ। होटलमा उच्चस्तरीय रेस्टुरेन्ट र लाइभ किचनदेखि क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको सांगीतिक बार र रूफटप पूल बारसम्मका खाद्य तथा पेय सेवाहरू उपलब्ध हुनेछन्। व्यावसायिक र सामाजिक कार्यक्रमका लागि सभा तथा बैंक्वेट हल र व्यापार केन्द्र राखिनेछ भने स्वास्थ्य र मनोरञ्जनका लागि बहुकार्यात्मक पौंडी पोखरी, सुविधासम्पन्न स्पा र हेल्थ क्लब तथा टेनिस कोर्टको व्यवस्था हुनेछ। यसका साथै एम्फीथिएटर र कार्यक्रम हल, ईभी चार्जिङ स्टेशन र बालबालिकाको खेल्ने क्षेत्र जस्ता आधुनिक सुविधाहरूले यस होटललाई एक विशिष्ट पहिचान दिनेछन्।

    यस परियोजनाले आर्थिक दृष्टिले पनि उल्लेखनीय योगदान दिनेछ। होटल सञ्चालनमा आएपश्चात् प्रत्यक्ष रूपमा १ सय ५० जनाले रोजगारी पाउनेछन् र स्थानीय सेवा तथा व्यवसायमा अप्रत्यक्ष रोजगारी र आर्थिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। होटलले मुख्यतः सामान्य आगन्तुक, जनकपुरको जानकी मन्दिर र रामायण सर्किटमा आउने धार्मिक पर्यटक, विवाह महोत्सव आयोजक तथा सहभागी र व्यापारिक सभासम्मेलनका प्रतिनिधिलाई लक्षित गरेको छ। यो होटल सञ्चालनमा आएपश्चात् जनकपुरले पाँच तारे सेवा प्रदान गर्ने मधेश प्रदेशको पहिलो शहरको ऐतिहासिक गौरव प्राप्त गर्नेछ। चितवनमा सन्चालन भएको रोयल टुलिप पाँच तारे होटलहरुमा फरक र नयाँ उत्कृष्ठ ठहरिएको छ । रोयल टुलिप चितवनमा रहेका पाँचतारे होटलहरुमा नयाँपन दिने सुविधा सम्पन्न रहेको छ । एकपछि अर्को पाँचतारे होटल स्थापना गर्दै गएपछि एनआरएनका पुर्वउपाध्यक्षसमेत रहेका शाहको हस्पीटालीटि क्षेत्रमा दमदार उपस्थिति देखिएको छ ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०४:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?
    नेपालमा बीमा सफ्टवेयर किन महत्वपूर्ण ?
    आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • २. नेपालमा बीमा सफ्टवेयर किन महत्वपूर्ण ?

    • ३. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    चर्चित
    • १. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • २. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ४. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ५. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.