नेपाल सरकार परराष्ट्र मन्त्रालयले विदेशस्थित १५ जना नेपाली मुलका मात्र अवैतनिक वाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रालय श्रोतका अनुसार विदेशमा रहेका सबै नेपाली मुलका अवैतनिक वाणिज्यदुतहरुलाई हटाएका हुन । परराष्ट्र श्रोतले भन्यो ती सबै पुरानो दलहरुबाट नियूक्ति भएको भनिएकोले एकै निर्णयका आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट हटाइएको हो । प्राय सबै स्थानमा पुरानो सरकारद्धारा नियूक्ति भएका विदेशी अवैतनिक वाणिज्यदुतहरु भने हटाइएको छैन । यसबाट कतिपय स्थानमा राम्रा काम गरिरहेकाहरुले चित्त दुखाएका छन । सरकारले जुन तरिकाले हटाए अत्यन्तै अन्यायपुर्ण तरिकाबाट हटाए हामीलाई सबैलाई एकै डालोमा राखेर हेर्नु हन्नथियो हटाइएकामध्ये एकले खबरमालालाई दुखेसो पोखे । उनले भने हामीलाई तपाईहरु हट्नोस भनेको भए हामी बाटो छा्ड्नेथियौ न तलब न जागिर एक हिसावले हामीले आफ्नो पैसा खर्च गरेर सरकार र नेपालीका लागि काम गरेका थियौ तर यो निर्णयबाट अपमानित महसुश भएको छ । काम गर्ने र नेपाली जो नेपाल र अमेरिकामा काम गरिरहेका थिए उनिहरुमाथीको अपमान ठानेका छन । उनले खबरमालासंग भने हामीले पनि यो परिवर्तनका लागि काम गरेका थियौ तर आज उनिहरुका काम चाहे एनआरएनए विधेयकका कुरा होस वा विदेशमा भएका डाक्टरको आवद्धता खोस्ने कुरा होस यो सरकार हचुवाको भरमा काम गरेको महसुश भएको छ, उनको दावी छ की एकपछि अर्को गर्दै जसरी प्रस्तुति भएका छ यो सरकारको कामबाट आम प्रवासमा बस्ने ठेस लागेको अनुभव भएको छ ।

“नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख २५ को निर्णयबाट विदेशस्थित १५ स्थानमा रहेका नेपाली अनररी कन्सल जनरल तथा कन्सलहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
पदमुक्त गरिएका १५ स्थानका अवैतनिक दूतहरुमा अमेरिकाका क्यालिफोर्नियाका ऋषि ढकाल, मासाचुसेट्स प्रल्हाद केसी र सियाटलका एसी शेर्पा परेका छन । ओहायोका डा दामोदर पौडेलले भने आफुलाई हटाउन लागेको थाहा पाएपछि एक दिन अगाडी अमेरिकास्थित नेपाली दुतावासमा राजनीनामा बुझाएका थिए । उता मेरिल्याण्डका लागि वाणिज्यदुत प्रेमराजा महतको एक बर्षदेखि नै समय सकिएपछि नविकरण भएको थिएन । उता शिकागोका मर्विन बुस्टिनको निधन भएपछि सो स्टेटमा कसैलाई नियूक्त गरेको छैन । कानुन व्यवसायी समेत रहेका बुस्टिनको निधनमा नेपालीले असल मित्र गुमाएको छ । नेपाल र नेपालीलाई निकै माया गर्ने व्यक्ति हुन बसष्टिन तर उनको निधनमा न अमेरिकास्थित दुतावासले सम्झिए न त परराष्ट्र मन्त्रालयले नै ।
सरकारले विदेशमा रहेका कुनै पनि नेपालीहरुलाई नराख्ने उदेश्य लिएको छ । तर स्मरणीय के छ भने नेपालीको हरेक समस्यामा जसरी नेपाली कन्सुलेटहरुबाट काम हुन्छ, त्यसको तुलनामा विदेशीहरुबाट १० प्रतिशत पनि काम हुन्न । यो सरकारले विदेशीलाई मात्रै राख्ने योजना बनाएपछि विदेशमा रहेका नेपाली वौद्धिक वर्ग पनि शसकित बनेको छ ।
त्यसैगरी अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडुनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रेहोवोट सिटीका सबैलाई अपमानित ढंगले हटाएका छन । यस्तैगरी , साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टास्थित अवैतनिक वाणिज्य दूतलाई पनि हटाएको छ । “अनररी कन्सलसम्बन्धी नियमावली, २०३९ छैटौँ संशोधनको परिच्छेद २ को नियम ७ को ८ बमोजिम ती स्थानहरूमा उहाँहरूको सेवाको आवश्यकता र औचित्यता समेतका आधारमा यो निर्णय लिइएको हो,” प्रवक्ता क्षेत्रीले बताएका छन ।





