भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित गरिएको छ। उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै एक सञ्चारमाध्यमले जनाएअनुसार उनी मे ११ मा दुई दिने भ्रमणका लागि काठमाडौँ आउने कार्यक्रम तय भएको थियो। तर नेपालमा प्रधानमन्त्रि बालेन्द्र शाहले भेटघाट गर्न ईन्कार गरेपछि विदेश सचिव मिश्रीको
भ्रमण रद्द गरिएको बताइएको छ । यस विषयलाई भारती पक्षले निकै चासोका साथ हेरेको बताईन्छ ।
नयाँ दिल्लीले नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्न र त्यसको प्राथमिकता बुझ्नका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको थियो। उक्त भ्रमणले दुई देशबीचको भविष्यको कूटनीतिक सम्बन्धको दिशानिर्देशन गर्ने अपेक्षा गरिएको थियो। तर मिस्रीको अन्य व्यस्तताका कारण भ्रमण तत्कालका लागि स्थगित गरिएको भारतीय पक्षले नेपाललाई जानकारी दिएको विभिन्न सरकारी स्रोतहरूले जनाएका छन्। ती अधिकारीहरूले भारतीय पक्षले स्थगनको ठोस कारण भने नखुलाएको बताएका छन्।

परराष्ट्र मन्त्रालयसँग नजिक रहेका स्रोतहरूका अनुसार भ्रमण स्थगित हुनुका दुई सम्भावित कारण देखिएका छन्। पहिलो, प्रधानमन्त्री बालिन्द्र शाहले भारतीय विदेश सचिवसँग भेट गर्न अस्वीकार गर्नु। दोस्रो, नेपाल–भारतबीच लिपुलेख त्रिदेशीय सीमा क्षेत्रलाई लिएर देखिएको विवाद बढ्दै जानु नै मुख्य कुरा हो।
भारत र चीनले तिब्बतस्थित मानसरोवर तीर्थयात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपालले उक्त विवादित क्षेत्र प्रयोग गरिएको विषयमा आपत्ति जनाएको थियो।
अप्रिल अन्तिम साता भारतीय पक्षले नेपाललाई भारतका विदेश मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबीच मौरिससमा भएको समझदारीअनुसार मिस्रीलाई काठमाडौँ पठाउने योजना रहेको जानकारी दिएको थियो। साथै मे ११ र १२ मा भ्रमणको पुष्टि गर्न आग्रह गरिएको थियो।
यसपछि परराष्ट्र सचिव अमृत बहादुर राईले औपचारिक निमन्त्रणा पठाएका थिए र मन्त्रालयले भ्रमणको तयारी सुरु गरेको थियो। मिस्रीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने अपेक्षा पनि गरिएको थियो।
परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरेको र दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गर्ने बताएका थिए। यद्यपि आधिकारिक घोषणा नभए पनि काठमाडौँ र नयाँ दिल्ली दुवै स्थानमा भ्रमणको तयारी तीव्र रूपमा भइरहेको बताइएको थियो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालका भारतका निवर्तमान राजदूत शंकर शर्मासँग बिदाइ भेटका क्रममा पनि मिस्रीले आफ्नो नेपाल भ्रमण निश्चित रहेको र उत्साहसहित काठमाडौँ आउन प्रतीक्षामा रहेको बताएका थिए। यसैबीच प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्री वा प्रधानमन्त्री स्तरभन्दा तलका विदेशी अधिकारीसँग भेट नगर्ने नीति अपनाइरहेको बालुवाटार श्रोतले बताएको छ । यसअघि उनले अमेरिकी सहायक विदेश मन्त्री समीर पाउल कपूर र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर्सँग भेट गर्न अस्वीकार गरेका थिए।
त्यही नीतिअनुसार मिस्रीको भ्रमणका बेला पनि भेट नगर्ने निर्णय गरिएको बताइएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भारत, चीन र अमेरिकाका उच्च अधिकारीसँग सम्बन्ध सुधार गर्न सुझाव दिइए पनि प्रधानमन्त्री शाहले त्यसलाई नमानिरहेको जनाइएको छ। कुटनीतिक बृतमा भने प्रधानमन्त्रि बालेन शाहले लिएको हठका कारण मित्र राष्ट्रहरुसंग थप सम्बन्ध बिग्रिन सक्ने चेतावनी दिन थालिएको छ । प्रधानमन्त्रि शाह यतिखेर देश भित्र निकै आलोचनाको कारण तनावमा रहेको बताइएको छ । सरकारद्धारा गरिएका हरेक निर्णयहरु सबै विवादित हुँदै जादा निकै अफ्ठयारो अवस्था भोगी रहेका छन ।





