• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

  •  खबरमाला संवाददाता
  • २०८३ असार २३, मंगलवार ०३:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — विभिन्न माध्यमबाट नेपाली नागरिकलाई कम्बोडिया पुर्‍याएर अनलाइन ठगी (स्क्यामिङ) तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराउने घटनाहरू बढेपछि नेपाल र कम्बोडियाले मानव बेचबिखन तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति गरेका छन्।

    कम्बोडियाका लागि नेपाली राजदूत धनबहादुर ओलीले सोमबार कम्बोडियाको परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव तथा प्रधानमन्त्रीका निजी सल्लाहकार इत सोफियासँग भेटवार्ता गर्दै नेपाली नागरिकको उद्धार, साइबर अपराध नियन्त्रण र मानव तस्करीविरुद्ध संयुक्त प्रयासका विषयमा छलफल गरेका हुन्।

    बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियासहितको जिम्मेवारी सम्हाल्दै आएको छ। राजदूत ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले राजधानी नोम पेन्हस्थित कम्बोडियाली परराष्ट्र मन्त्रालयमा द्विपक्षीय छलफल गरेको हो।

    भेटमा राजदूत ओलीले कम्बोडियामा सञ्चालन हुने अवैध अनलाइन स्क्यामिङ केन्द्र, मानव बेचबिखन, साइबर अपराध तथा अन्य अन्तरदेशीय संगठित अपराधविरुद्ध प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले यस्ता स्क्याम कम्पाउन्डबाट नेपाली नागरिकको उद्धारमा कम्बोडियाली पक्षले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

    दुवै पक्षले जोखिममा परेका व्यक्तिलाई मानव बेचबिखन तथा अनलाइन शोषणबाट जोगाउन, यस्ता अपराध रोक्न, तथा अपराध नियन्त्रणका लागि गुप्त सूचना र आवश्यक जानकारी आदानप्रदान गर्ने सहमति गरेका छन्।

    पछिल्लो समय मानव तस्करहरूले आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई कम्बोडिया पुर्‍याई अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र र क्यासिनोमा बन्धक बनाउने गरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। त्यस्ता केन्द्रहरूमा जबर्जस्ती अनलाइन ठगी गर्न लगाउने र शोषण गर्ने गरेको पाइएको छ।

    यसैबीच, नेपाल नेत्रज्योति संघ र लुम्बिनी आँखा इन्स्टिच्युट तथा अनुसन्धान केन्द्रको संयुक्त पहलमा कम्बोडियाली साझेदार संस्थासँगको सहकार्यमा जुलाई ४ देखि ५ सम्म कम्बोडियाका विभिन्न स्थानमा आँखा उपचार शिविर सञ्चालन गरिएको थियो।

    कम्बोडियाली पक्षले उक्त मानवीय पहलको प्रशंसा गरेको थियो। भेटमा राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य क्षेत्रको क्षमता विकासका लागि नेपालले तालिम, प्राविधिक सहयोग तथा अन्य आवश्यक सहकार्य विस्तार गर्न तयार रहेको बताए।

    नेपाल र कम्बोडियाबीच पछिल्लो सहकार्यले केवल कूटनीतिक सम्बन्ध मात्र नभई मानव सुरक्षा, साइबर अपराध नियन्त्रण र स्वास्थ्य क्षेत्रमा समेत साझेदारी विस्तार गर्ने संकेत गरेको छ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार ०३:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.