• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ३, आईतवार ०४:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।

    एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए । जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् । अब हुने फाईनलमा मेसि एक्लैले २ गोल हानेमा मात्रै एम्बापेसंग बराबरी हुन्छ अन्यथा यस पटकको गोल्डन बुट एम्बापेले पाउने निश्चत देखिन्छ ।

    फ्रान्सका कप्तान किलियन एम्बाप्पेले २०२६ फिफा विश्वकपमा उत्कृष्ट गोल प्रदर्शन गर्दै फेरि एकपटक विश्व फुटबलमा आफ्नो दबदबा कायम गरेका छन्। जुलाई १८ सम्मको अवस्थाअनुसार उनले प्रतियोगितामा १० गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग गोल्डेन बुटको दौडमा २ गोलको अन्तर काय गरेका छन । अझै मेसीले एक फाईनल खेल खेल्न बाँकी भएकोले दुवै खेलाडीको गोल संख्या समान भए पनि अन्तिम निर्णय असिस्ट, खेल समय र प्रतियोगिताको नियमअनुसारका टाइब्रेकरबाट हुनेछ। तर अब त्यसका लाथि मेसीले फाईनलमा २ गोल गरे मात्रै बराबरी हुन्छ त्यो संभावना न्यून छ ।

    समूह चरणदेखि नै लयमा देखिएका एम्बाप्पेले पहिलो खेलमा सेनेगलविरुद्ध दुई गोल गर्दै फ्रान्सलाई विजयी सुरुआत दिलाएका थिए। त्यसपछि इराकविरुद्ध पनि दुई गोल गरेपछि उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्तामध्ये एक बन्ने यात्रामा तीव्र गतिमा अघि बढे। नकआउट चरणमा पनि एम्बाप्पेको गोलयात्रा रोकिएन। स्विडेनविरुद्धको खेलमा दुई गोल गर्दै उनले फ्रान्सलाई सहज जित दिलाए र विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान पनि बनाए। त्यसपछि पाराग्वेविरुद्ध एक तथा मोरक्कोविरुद्ध एक गोल गर्दै उनले प्रतियोगितामा आफ्नो गोल संख्या आठ पुर्‍याए। आज भएको ईग्ल्याण्डसंगको खेलमा २ गोल पछि १० पुगेको छ ।

    व्यक्तिगत उपलब्धिका हिसाबले पनि एम्बाप्पेको यो विश्वकप ऐतिहासिक बनेको छ। उनले आफ्नो करियरमा विश्वकपका २० गोल पूरा गर्दै फुटबल इतिहासका महान् गोलकर्ताको सूचीमा थप मजबुत स्थान बनाएका छन्। साथै, विश्वकपको नकआउट चरणमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

    यद्यपि फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै उपाधि दौडबाट बाहिरियो। अब फ्रान्सले इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। प्रशिक्षक डिडिएर डेसाँको अन्तिम खेलका रूपमा रहेको यो प्रतिस्पर्धामा एम्बाप्पेसँग आफ्नो गोल संख्या अझ बढाउने र गोल्डेन बुट जित्ने अवसर हुनेछ। २०२२ विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जितेका एम्बाप्पेले २०२६ मा पनि त्यही उपलब्धि दोहोर्याउने लक्ष्य राखेका थिए त्यो निश्चित जस्तै भएको छ ।

    फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन बुट’ विश्व फुटबलका सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कारमध्ये एक हो। धेरैले यो ट्रफी पूरै सुनबाट बनेको ठान्ने गरे पनि वास्तविकता भने केही फरक छ। २०२६ फिफा विश्वकपका लागि एडिडासले सार्वजनिक गरेको नयाँ गोल्डेन बुट ट्रफी सुनौलो फुटबल बुट बुट्टाको आकारमा डिजाइन गरिएको छ। यसको डिजाइनमा एडिडासको प्रसिद्ध फुटबल बुट श्रृंखला र २०२६ विश्वकपको आधिकारिक बलबाट प्रेरणा लिइएको छ।

    फिफा र एडिडासले ट्रफीको ठ्याक्कै धातु संरचना वा कति क्यारेट सुन प्रयोग गरिएको छ भन्ने विवरण सार्वजनिक गरेका छैनन्। यद्यपि, ट्रफी शुद्ध सोलिड सुनबाट बनेको हुँदैन। खेलकुदका अधिकांश व्यक्तिगत ट्रफीझैं यसमा धातुको आधार संरचनामाथि सुनौलो फिनिस वा गोल्ड प्लेटिङ प्रयोग गरिएको मानिन्छ। गोल्डेन बुट पुरस्कार केवल गोल संख्याका आधारमा मात्र दिइँदैन। यदि दुई वा बढी खेलाडीले समान गोल गरेका छन् भने सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी अगाडि पर्छ। असिस्ट पनि बराबर भए कम खेल समय खर्चिएर गोल गर्ने खेलाडी विजेता घोषित हुन्छ।

     

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०४:४९
    Advertisement
    संबन्धित शिर्षकहरु
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी
    कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता
    Advertisement
    ताजा अपडेट
    • १. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    • २. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    • ३. महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी

    • ४. कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • ४. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ५. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.