• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १, सोमबार १८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ । शुक्रबार सुरु भई आइतबार भर्जिनियामा सम्पन्न नेजसको तेस्रो अधिवेशनबाट नेम्वाङ सभापतिमा निर्वाचित हुनुभएको हो । सभापति पदका लागि नेम्वाङसहित पाँच जनाले उम्मेदवारी दिएका थिए । झण्डै चार हजार सदस्य रहेको नेजस अमेरिका नेपाली कांग्रेसको सबैभन्दा ठुलो प्रवास संगठन मानिन्छ ।

    अधिवेशनबाट १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ । समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित हुनुभएको छ भने उपसभापतिहरूमा सञ्जीव श्रेष्ठ, श्रीराम थापा, हरिप्रसाद शर्मा र निमा वाङ्जन निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिका अनुसार महामन्त्रीद्वयमा नारायण खनाल र गौतम दाहाल निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीमा अनीता परियार र अर्जुन बम निर्वाचित हुनुभएको छ । त्यसैगरी, कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल तथा युवा उपसभापतिमा सुशील खत्री निर्वाचित हुनुभएको छ । नेजस अमेरिकाको यो अधिवेशन १२ वर्षपछि सम्पन्न भएको हो । नेम्वाङ यसअघि आनन्द विष्टको सभापतित्वमा गठित कार्यसमितिमा महासचिव रहनुभएको थियो ।

    निर्वाचित भएपछि उहाँले लोकतान्त्रीकरण, सामाजिकीकरण र आधुनिकीकरणका लागि पार्टीको नीति अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मूल नारालाई विशेष प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । यसअघि नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले अधिवेशनको उद्घाटन गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । समारोहमा अमेरिकाका विभिन्न राज्यबाट आएका करिब ६ सय मतदाता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो । अधिवेसन उद्घाटनका लागि काँग्रेस महामन्त्रि गुरुराज घिमिरे कार्यक्रममा कार्यक्रममा सअभागी हुनु भएको थियो ।

    Post Views: 25
    प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १८:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • २. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    • ५. नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.