• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यापिटल हिलको यात्रामा निस्किएका नेपाली मुलका एड्रियन पोखरेल

  •  
  • २०८१ जेष्ठ ९, बुधबार ०८:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्व सर्वशक्तिमान केन्द्र संयुक्त राज्य अमेरिकाअवसरको भुमि हो । यो भुमिमा संसारकै मानिसहरु आफ्नो स्वतन्त्रता र सपनाको पसिना बगाईरहेका छन । अमेरिका यस्तो देश जहाँ संसार भरकै आप्रवासीलाई स्वागत गरिन्छ । त्यहि बहुसांस्कृतिक पहिचान बोकेको अमेरिकामा नेपालीले पाइला टेकेको धेरै भएको छैन । औपचारिक रुपमा अमेरिकामा नेपाली पाईला टेकेको आठ दशक पुरा भएको छ । तर त्यसयता पहिलो पुस्ताका नेपालीहरु केहि प्रगति पथमा छन भने केहि दोश्रो पुस्तालाई फलाउन फलाउन प्रयासरत छन । त्यसैको फलस्वरुप एक जना नेपाली यतिखेर अमेरिकी राजनीतिमा होमिएका छन । त्यो पनि संसार चियाउने अमेरिकी संसद्को सर्वोच्च केन्द्र क्यापिटल हिलतिर ।
    यसो बर्ष नोभेम्बर ५ का दिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुदैछ । हरेक चार वर्षमा हुने यो निर्वाचनकै वर्ष अमेरिकी संघीय संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि पनि निर्वाचन हुन्छ । यो वर्षको नोभेम्बर महिनाको पहिलो मंगलबार नोभेम्बर ५ मा परेको छ । यही दिन अमेरिकामा आम निर्वाचन हुँदै छ । यस निर्वाचनमा दुईजना नेपालीभाषी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि प्राइमरी प्रतिस्पर्धामा होमिएकोमा ह््यारी भण्डारी पराजित भईसकेका छन भने एड्रियन पोखरेल निर्वाचनको नजिक छन । भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० का एड्रियन पोखरेल पनि संघीय सांसदका लागि डेमोक्रेटिक प्राइमरी प्रतिस्पर्धामा छन् । पोखरेल निर्वाचनकै लागि सरकारी ‘अफिसर’को जागिर छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन ।

    अमेरिका( सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।
    १४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी सीआईएमा ६ वर्ष काम गरिसकेका छन् । कुनै पनि नेपाली मुलका व्यक्तिले सिआइएमा काम गरेको यो पहिलो अवसर हो । उनको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन् ।
    उनको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन् । साथै उनले लिएका एजेण्डाहरुका कारण उनलाई अमेरिकीहरुले पनि मन पराएका छन् । उनले आफूले अमेरिकीहरुबिच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन् । एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।
    पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता छन् । धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा बिजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए ।
    आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

    को हुन एड्रिन (आशिष) पोखरेल ?

    बासुदेव पोख्रेल र धरानी पोख्रेलको कोखबाट धरान १४ विजयपुरमा पोखरेलको जन्म भएको थियो । उनको बाल्यकाल सुनसरीमै बित्यो । उनले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौको शंकर देव क्याम्पसबाट पाए ।
    त्यसपछि उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा बिजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे ।
    उनको अध्ययन त्यतीमै रोकिएन । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गरे । अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेशनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी ९सीआईए० मा ६ वर्ष काम गरे । उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकारीसम्म भए । सेनाको अधिकारी भएर १२ वर्ष काम गरे । उनले जहाँबाट उनले कप्तान भएर अवकाश पाएका थिए ।

    Post Views: 169
    प्रकाशित मिति: २०८१ जेष्ठ ९, बुधबार ०८:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न
    एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम
    संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?
    Advertisement
    ताजा अपडेट
    • १. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • २. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    • ३. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • ४. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    • ५. अमेरिकामा मनाइयो नेपाल दिवस

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.