• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रत्येक महिना १० अर्बका दरले ऋण थपिदै : नेपालीको थप्लोमा २४ खर्ब ऋण

  •  
  • २०८१ जेष्ठ १३, आईतवार ०३:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋण करीब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, पछिल्लो १० महीनामा ९८ अर्ब ऋण थपिएको छ। यो चालु आर्थिक वर्षको १० महीनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो। चालु आर्थिक वर्ष २०८०र८१ को शुरूमा कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। २०८१ वैशाख मसान्तसम्म ९८ अर्ब आठ करोड थपिएर २३ खर्ब ९७ अर्ब पुगेको कार्यालयले जनाएको छ।

    त्यस्तै, वैशाख महीनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थप भएको छ। कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२।०२ प्रतिशत हुन आउँछ।

    गत वैशाख मसान्तसम्म कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ बराबर रहेको छ। यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जीडीपी० को २०।७६ प्रतिशत बराबर हो त्यस्तै बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋण २१।२६ प्रतिशत बराबर हो।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले दुई खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ बराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ। यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ बराबर हो।

    त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड बराबर भुक्तानी भएको छ।

    गत वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ५८।४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्म दुई खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण ५८।४५ प्रतिशत प्राप्त भएको छ। त्यसमध्ये आन्तरिक ऋण ७९।५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४।६१ प्रतिशत रहेको छ।

    चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएको थियो। वैशाख मसान्तसम्म दुई खर्ब २२ अर्ब रुपैयाँ बराबर भुक्तानी भएको छ। यो वार्षिक विनियोजनका आधारमा ७०।५७ प्रतिशत बराबर हो।

    रासस

    Post Views: 136
    प्रकाशित मिति: २०८१ जेष्ठ १३, आईतवार ०३:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.