• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी वैज्ञानिकद्वयलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

  •  
  • २०८१ आश्विन २३, बुधबार ०६:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले सोमबार सो घोषणा गरेको हो । उनीहरूलाई ‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

    उनीहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गरेका थिए । सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशन मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उनीहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो । आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौँदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल –जुरी)ले बताएको छ । यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगको जोखिम निम्त्याउन सक्छ । निर्णायक मण्डलले भनेको छ, ‘उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट गर्‍यो, जुन मानवसहित बहुकोषीय जीवका लागि आवश्यक साबित भयो ।’

    यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो । ७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन् । सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा स्टकहोममा आयोजित एक औपचारिक समारोहबिच उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी १.१ करोड स्विडिस क्रोन रहेको छ ।

    Post Views: 152
    प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ०६:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.