• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लेबनानबाट शान्ति सेना हटाउने तयारी

  •  
  • २०८१ कार्तिक ८, बिहीबार ०७:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच द्वन्द्व बढेपछि लेबनानमा कार्यरत शान्ति सैनिकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघ (यूएन) ले रणनीति तयार गरेको छ । लेबनानमा नेपालसहित विभिन्न देशका शान्ति सैनिक यूएन मिसनमा कार्यरत छन् । उनीहरूको सुरक्षामा चुनौती बढेपछि यूएनले आवश्यक पर्दा उद्धार गर्ने रणनीति तयार गरिसकेको नेपाली सेनाले जनाएको हो ।

    यूएनको लेबनानस्थित शान्ति मिसन युनिफिलमा ४८ देशका १० हजारभन्दा बढी शान्ति सैनिकमध्ये ८ सय ७७ नेपाली रहेका छन ।
    लेबनानको सुरक्षा चुनौती बुझेर यूएनले त्यहाँबाट शान्ति सेना हटाउने तयारी शुरु गरेको नेपाली शान्ति सुरक्षा फौजले त्यसअनुसार गृहकार्य गरेको नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले बताएका छन ।

    यूएनले सन् १९४८ देखि शान्ति सैनिक खटाउन थालेको हो । नेपाल सन् १९५५ मा यूएनको सदस्य बनेको थियो । नेपालबाट पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नेपाली सैनिक पर्यवेक्षकका रूपमा खटिएका थिए ।

    नेपालले कन्टिन्जेन्टका रूपमा सन् १९७४ देखि नेपाली शान्ति सैनिकको फौजलाई युनिफिलमै खटाएको हो । अहिले नेपालबाट विभिन्न मिसनहरूमा ४० विज्ञहरू, सशस्त्र प्रहरी बलबाट १८०, व्यक्तिगत रूपमा ३३, कर्मचारीका रूपमा ११३ र शान्ति सैनिकका रूपमा ५ हजार ७५३ सहित ६ हजार ११९ जना छन् । दोस्रो स्थानमा रहेको रुवान्डाबाट ५ हजार ८७६ जना, तेस्रो स्थानमा रहेको बंगलादेशबाट ५ हजार ८६६ जना सहभागी छन् ।

    नेपालले ६६ वर्षको अवधिमा ४४ वटा मिसनमा काम गरिसकेको छ । नेपाली सुरक्षाकर्मीसँग दुई दर्जनभन्दा बढी मुलुकमा काम गरेको अनुभव छ । नेपाली सेनाको तथ्यांकअनुसार ६६ वर्षमा नेपाली सेनाबाट १ लाख ५३ हजार १०८ सैनिकले विश्व शान्तिका लागि भूमिका निर्वाह गरिसकेका छन् । जसमध्ये ७३ जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् ।

    Post Views: 149
    प्रकाशित मिति: २०८१ कार्तिक ८, बिहीबार ०७:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’
    विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • ४. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ५. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.