• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

४७ जना नेपाली विधार्थी रुस र बुल्गेरियाबाट डिर्पोट

  •  
  • २०८१ मंसिर ७, शुक्रबार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विधार्थीको नाममा काम गर्न गएका ४७ जना नेपालीलाई रुस र बुल्गेरियाबाट डिर्पोट गरिएको समाचार छ । गैरआवासिय नेपाली संघका अनुसार डिपोर्ट गरिएका ४७ नेपाली स्वदेश फर्किएको छ ।रुसले विश्वविद्यालय नियमित नगएका र स्थानीय श्रम प्रशासनबाट इजाजत नलिई काम गरेका २९ नेपालीलाई स्वदेश फिर्ता गरेको हो भने बुल्गेरियाले मानव तस्करको जालोमा परेका १८ नेपालीलाई घर फर्काएको एनआरएनका प्रतिनिधिले बताए ।

    रुसी प्रशासनले मस्कोको कुजमिन्की कल सेन्टरबाट कात्तिक १४ गते ३४ नेपाली पक्राउ गरेको र स्थानीय अदालतले उनीहरूलाई स्वदेश फिर्ता पठाउन स्वीकृति दिएको बताइएको छ । २९ जनालाई एयर अरेबियाको उडानबाट नेपाल पठाएको थियो । बाँकी ५ जना भने ‘डिपोर्ट’ को प्रक्रियामा रहेको बताइएको छ ।

    एता नेपाल फर्काइएका विद्यार्थीले आफूहरूलाई शैक्षिक परामर्शदाताले धोका दिएको आरोप लगाई रहेको छ । रुस गएपछि पढ्न र काम गर्न जति पनि पाइन्छ भनेर एजुकेसन कल्सटेन्सीले पठाएको भन्दै काम गरिरहेको बेला पक्राउ प¥यौं अनि डिर्पोट गरियो ।

    गैरआवासीय नेपाली संघ रुसले पक्राउ परेका विद्यार्थीसँग बलियो कागजात नभएका कारण कानुनी हक खोज्न नसकिएपछि डिार्पोट गरिएको बताए । उता रुसका लागि कार्यवाहक नेपाली राजदूत सुशील घिमिरेले पनि स्थानीय कानुन उल्लंघन गरेकाले उनीहरूका पक्षमा कानुनी लडाइँ लड्न नसकेको बताएका छन । आर्थिक वर्ष ०७९, ८० मा मात्रै रुसमा पढ्नका लागि ९ सय ९६ जनालाई शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट जारी गरेको देखिन्छ ।

    बुल्गेरियाले भने मानव तस्करको जालोमा परेर भारतबाट रोमानिया, हंगेरी हुँदै पुगेका नेपालीलाई स्वदेश फर्काएको हो । उनीहरूलाई बुल्गेरियाले सरकारी टिकटमा समूह–समूह बनाई नेपाल पठाएको थियो । गत बिहीबारसम्ममा १८ जना नै काठमाडौं आइपुगेका छन् । बुल्गेरियामा रहेका नेपालीलाई कन्सुलर सेवा दिँदै आएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार बुल्गेरिया प्रवेशको आधिकारिक कागजात नभएपछि उनीहरू पक्राउ परेका थिए ।

    Post Views: 222
    प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ०९:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • २. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • ३. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ४. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.