राहदानी विभागमा रहेका ११ वटा कम्प्यूटरमा एकै चोटी ह्याकरले आक्रमण गरी सिष्टममा भाईरस पसेपछि डिजिटल माध्यमबाट राहदानी बनाउने तथा वितरण गर्ने प्रक्रिया बन्द भएको छ । ह्याकरको आक्रमणबाट सिस्टममा भाइरस प्रवेश गरेपछि राहदानी सेवा प्रभावित भएको छ । जिल्ला र विदेशस्थित नियोगबाट सेवा दिइरहेको कम्प्युटरमा ¥यान्सम वेयर भनिने भाइरसबाट आक्रमण भई फाइल करप्ट गर्ने र पैसा माग्नेस्थिति आएपछि अनलाइन सेवा बन्द गरिएको महानिर्देशक तीर्थराज अर्यालले बताएका छन । अर्यालका अनुसार ललितपुरसहित केही जिल्ला र नियोग गरी ११ वटा कम्प्युटरमा समस्या देखिएको छ ।

त्यसै कारण अमेरिकाको क्यालिफोनियामा हुदै गरेको पासपोर्ट शिविर पनि स्थगित गरिएको छ । यसैगरी मल्टामा हुन लागेको पाटपोर्ट शिविर पनि डिजिटल सिष्टमले काम नगरेसम्म अनिश्चित रहेको परराष्ट्र श्रोतले बताइएको छ । भाइरसको समस्या देखिएका ११ कम्प्युटरको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा बिहीबारदेखि जाँच भइरहेको छ । ‘बिहीबारदेखि डाटा सेन्टरमा कम्प्युटर जाँच भइरहेको छ । शनिबार पनि जाँच हुन्छ,’ महानिर्देशक अर्यालले भने, ‘फाइनल सेक्युरिटी जाँच भइसकेपछि सेवा सञ्चालनमा ल्याउँछौँ ।
विभागका अनुसार केन्द्रीय प्रणालीभन्दा पनि स्थानीय प्रणालीमा समस्या देखिएपछि सतर्कताका लागि सट डाउन गरिएको हो । ‘जुन ठाउँमा इन्फेक्ट भयो, त्यहाँ सेवा अवरोध भइहाल्यो । अन्त पनि इन्फेक्ट गर्न सक्छ भनेर सतर्कता अपनाएर सबै स्थानमा सट डाउन गर्न बाध्य भएको बताएका छन ।
विभागबाहिर जिल्ला र नियोगमा समस्या हो । तर, कहाँबाट भाइरस आयो भन्ने ट्र्याक नगरेसम्म समस्या नै छ,’ उनले भने । जिल्ला र नियोगमा भने सेवा सञ्चालन हुन केही समय लाग्ने संभावना रहेको छ । राहदानी विभागले आइतबारदेखि क्रमशः राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी गरे पनि अनलाइन सेवा बन्द नै रहेने बताइएको छ । राहदानी विभागले दैनिक ६ हजारहाराहारी राहदानी वितरण गर्दै आएको छ । त्रिपुरेश्वरस्थित विभागबाट दैनिक औसत १५ सय र बाँकी जिल्ला तथा नियोगबाट राहदानी सेवा प्रवाह हुँदै आएको छ । विदेशस्थित कतिपय नेपाली नियोगले डिजिटल प्रणालीमा आएको समस्याका कारण सेवा दिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् ।




