• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेक्सासमा पक्राउ गरी डेढ लाख अबैध आप्रबासी गाडीमा राखेर डेमोक्रेटिक शहरहरू पठाएको तथ्यांक सार्वजनिक

  •  
  • २०८१ माघ ६, आईतवार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टेक्सासका गर्भनर ग्रेग एबटले “अप्रेशन लोन स्टार“ गर्दै आफ्नो राज्यमा आएका अबैध आप्रबासीलाई पक्राउ गर्दै अन्य डेमोक्रेटिक–नेतृत्व भएका शहरहरूमा पठाएका छन । जो बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेलगत्तै टेक्सासले यो पहल सुरु गरेर विभिन्न राज्यहरुमा अबैध आप्रवासी गाडीमा हालेर पठाएको रिर्पोट सार्वजनिक भएको छ । अब गर्भनर एबर्टले ट्रम्प आएसंगै यो प्रक्रियालाई तिव्रता दिने बताएका छन । टेक्सासले यसरी अबैध आप्रवासी विभिन्न सिटीमा बसमा राखेर पढाउन १२४ मिलियन डलर भन्दा बढी खर्च गरेको रेर्कड सार्वजनिक गरेको छ । जसमा प्रतिव्यक्ति १२ डलर भन्दा बढी खर्च गरेर आप्रवासीहरूलाई शरणदाता सहरहरूमा पठाएको उल्ल्ेख छ । यो तथ्यांक टेक्सासले १० जनवरी २०२५ सम्मको उल्लेख गरिएको जनाएको छ । बाइडेनको कार्यकालभरि, अप्रेशन लोन स्टारका नामले एबटको बस योजना, जुन अप्रिल २०२२ मा सुरु गरेर पक्राउ परेका अबैध आप्रवासीहरु डेमोक्रेटिक–नेतृत्व भएका शहरहरूमा गाडीमा हालेर पठाउने गरेका थिए ।

    त्यसरी गाडीमा टेक्सासले न्यूयोर्कमा करिब ४६ हजार, वाशिंगटन डीसीमा १२ हजार ५०० शिकागोमा ३७ हजार भन्दा बढी डेन्भरमा १९ हजार २०० लस एन्जलसमा १५ हजार र फिलाडेल्फियामा ३ हजार ४०० भन्दा बढी अबैध आप्रवासी पठाएको द गार्जियन समाचारमा उल्लेख छ । त्यसरी पठाइएका मानिसहरुको न्यूनतम मानव अधिकारको पनि ख्याल नगरी जुत्ता, ज्याकेटबिना शून्य डिग्रीभन्दा कम तापक्रममा गाडीमा हालेर पठाएको उल्ल्ेख छ ।

    टेक्सास विधानसभाले २०२३ मा अप्रेशन लोन स्टारलाई बलियो बनाउन व्यापक कानून पारित गरिसकेको छ । यसमा एउटा यस्तो कानुन पनि समावेश छ जसले टेक्सास–मेक्सिको सीमाबाट गैरकानुनी रूपमा पार गर्ने कुनै पनि गैर–नागरिकलाई राज्यस्तरीय आपराधिक सजाय दिने र राज्यस्तरीय निर्वासन प्रणाली लागू गर्ने व्यवस्था गर्दछ । यो कानून संघीय सरकारको आप्रवासन अधिकारलाई चुनौती दिने स्पष्ट प्रयास थियो । केन्द्रिय सरकारले जति रोक्ने कोसिश गरे पनि टेक्सासले त्यो काम निरन्तर १८ महिनाभन्दा बढी समयदेखि गरिरहेको बताइएको छ ।

    बाईडन प्रशासनले सिमामा कडाई गरेसंगै बस कार्यक्रम घटाइएको छ । पछिल्लो समय शरण अधिकारहरू कडाइ गरेपछि आप्रवासी र शरणार्थीहरूको संख्या निकै कम भएको छ । ट्रम्पले पदभार सम्हालेर आप्रवासनविरोधी टोली गठन गर्दा, एबटले आफ्नो राज्यले सीमा सुरक्षा कार्यहरूको लागि छुट्याइएको रकमलाई अन्य प्राथमिकताहरूमा लगाउने घोषणा गरेका छन । किनकी एबटले गर्दै आएको काम अब केन्द्रिय सरकारले नै कडाईका साथ गर्नेछ ।

    न्यूयोर्कका बासिन्दाहरूले आफैंले खर्च गर्न नसक्ने होटलमा अबैध आप्रवासीहरूलाई राखिएको देख्दा आक्रोश व्यक्त गरी रहेका छन भने स्थानीय स्कुलका शिक्षकहरूले आफ्नो कक्षाकोठा भरिने चिन्ता व्यक्त गरेका छन । डेन्भरमा बेघर जीवन बिताइरहेका मानिसहरूले लामो समयसम्म आधारभूत आवश्यकताहरू पाउन कठिन संघर्ष गरेकोमा नयाँ आउनेहरूको लागि गरिरहेको खर्चको विषयमा व्यापक विरोध भैरहेको छ । शिकागोका बासिन्दाहरूले शहरले आप्रवासीहरूको लागि करोडौँ डलर लगानी गर्न तयार भएको, तर काला जातीको समुदायका लागि आधारभूत संरचना र समर्थन सुधारका लागि लगानी नगरेकोमा असन्तोष देखाएका छन ।

    गभर्नर एबटले फक्स न्यूज सनडेको कार्यक्रममा सहभागी भएर टेक्सासको आप्रवासी यातायात रणनीतिमा संलग्न बस कम्पनीहरूविरुद्ध न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले दायर गरेको मुद्दाको बारेमा छलफल गर्दै भने न्यूयोर्कका मेयर एडम्सले गलत पक्षलाई मुद्दा हालेका छन् र आफ्नो शहरको आप्रवासी संकटको वास्तविक दोषी राष्ट्रपति बाइडेनलाई मुद्दा हाल्नुपर्ने बताए ।

    “मेयरले गलत पक्षलाई मुद्दा हाले,“ गभर्नर एबटले भने । “यदि मेयरले साँच्चै न्यूयोर्कमा आउने अवैध आप्रवासीहरूको संख्या घटाउन खोजिरहेका छन् भने, उनलाई यी बस कम्पनीहरूलाई होइन, जो बाइडेनलाई मुद्दा हाल्नुपर्छ । किनभने यो जो बाइडेन र उनका नीतिहरू नै हुन्, जसका कारण संयुक्त राज्यमा लाखौँ आप्रवासीहरूको ठूलो प्रवेश भइरहेको छ, जसले तिनीहरूलाई न्यूयोर्क जान चाहन प्रेरित गर्छ ।“ उता न्यूयोर्कका मेयर आडमले पनि सयौ मिलियन डलर आप्रवासीका लागि खर्च हुन थालेपछि स्थानीयहरुबाट आलोचित भएका छन ।

    Post Views: 111
    प्रकाशित मिति: २०८१ माघ ६, आईतवार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.