• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति सम्हाल्नु एक दिन अघि अमेरिकामा सिकागोबाट आप्रबासी धरपकड शुरु: वारेन्ट विना पनि पक्राउ गर्ने !

  •  
  • २०८१ माघ ६, आईतवार १०:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी राष्ट्रपति कार्यालय सम्हाल्ने एक दिन बाँकी हुँदा शिकागोबाट अबैध आप्रवासीमाथीको धरपकड शुरु भएको छ । संघीय आप्रवासन अधिकारीहरूले शनिबार मात्रै विभिन्न स्थानमा काम गरिरहेका ३०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको जनाइएको छ । यद्दपि उनिहरु हिंसात्मक अपराधमा संलग्न भनिएका छन । यसले ट्रम्पको ठूलो मात्रामा निर्वासन गर्ने अभियानको शुरुवातलाई जनाउने छ । यो अपरेसन शिकागो क्षेत्रबाट शुरु भएर देशभर फैलिने जनाएको छ ।
    ट्रम्पको आगामी सीमा जार नियूक्त टम होमनले शिकागोमा आयोजित एक कार्यक्रममा यहाँ शिकागो, इलिनोइसबाट सुरु गर्नेछ“भन्दै यदि शिकागोका मेयरले सहयोग गर्न चाहँदैनन् भने, उनले चुप बस्नु पर्दछ यदि उनी हामीलाई अवरोध पुर्याउँछन् भने उनी अवैध आप्रवासीलाई आश्रय दिन्छन् वा लुकाउँछन् भन्ने बुझिन्छ भन्ने आरोप लगाएका छन । होमनले त्यसपछि फक्स न्यूजलाई भने कि शिकागो देशभरिका धेरै स्थानहरूमध्ये एक हुनेछ जहाँ संघीय अधिकारीहरूले गिरफ्तारी गर्ने योजना बनाएका छन् ।
    शिकागोलाई आगामी रिपब्लिकन राष्ट्रपतिद्वारा अपेक्षित कड़ा कारबाहीको पहिलो लक्षित सहरको रूपमा शुरु गरिएको बताइएको छ । शिकागोमा हुने छापामारी, जुन मंगलबारबाट ठुलो मात्रामा सुरु हुने अनुमान गरिएको छ, पुरा हप्ता चल्नेछ द गार्जियन समाचार छापेको छ । जसमा अमेरिकी आप्रवासन र सीमा शुल्क प्रवर्तन (आईसिई) ले अपरेसन कार्यान्वयन गर्न १०० देखि २०० अधिकारीहरू पठाएको छ । यो योजना रहेको राज्यको धेरै आप्रबासीको बसोबास क्षेत्रलाई तार्गेट गरिएको छ ।

    सिकागोपछि टम हबनका अनुसार न्यूयोर्क र मियामीमा गिरफ्तारीहरू शुरु हुने तयारी रहेको छ । उनले भनेका छन त्यो प्रक्रिया देशभर शुरु हुनेछ । सादा पोशासकमा खटिएको अधिकारीहरुले के ९ लेखिएको कुकुर लिएर पसलहरुमा जाने अनि अशंकाको भरमा छापा हान्ने गरिएको बताइएको छ । पछिल्लो समय त्यस्ता कुकुरहरु अबैध आप्रवासी धेरै हुने क्षेत्रहरुमा देख्न थालिएको बताइएको छ । त्यसरी पक्राउ गर्दा आप्रवासन कानून लागू गर्न सबैभन्दा खराब, सार्वजनिक सुरक्षा खतरा भएका व्यक्तिहरूलाई प्राथमिकता दिनेछ । त्यसरी छापा मार्दा अपरेसनहरूमा जहाँ कुनै प्रकारको आपराधिक रेकर्ड नभएका, तर अवैध रूपमा बसोबास गर्ने निवासीहरूलाई समेटेर निर्वासनको बारेन्ट दिइने, कानूनी रूपमा अमेरिका बसोबास गर्दै काम गरिरहेका धेरै व्यक्तिहरूलाई घेराबन्दी गरेर घण्टौं वा दिनहरूका लागि जेलमा राख्ने र डिपोर्टको प्रक्रिया हुनेछ । ट्रम्पले आफ्नो समुहसंग भनेका छन की अमेरिकी ईतिहासमा सबै भन्दा ठुलो डिर्पोटको ईतिहास बनाउनुपर्नेेछ ।

    सिकागोलाई किन पहिलो निसाना बनायो भन्ने विषयमा देशको तेस्रो सबैभन्दा ठूलो शहर १९८० को दशकमा शरणदाता सहरको रूपमा घोषित भएको थियो, जसले प्रहरीलाई संघीय आप्रवासन एजेन्सीसँग सहयोग गर्न सीमित गरेको थियो । यसले त्यसपछि यी नीतिहरूलाई केही पटक थप मजबुत बनाएको छ, ट्रम्पको पहिलो कार्यकाल सुरु भएको आठ वर्षपछि फेरी त्यहिबाट आफ्नो दोश्रो कार्यकाल शुरु भएको जनाउ दिनेछन । इलिनोइसका गभर्नर जेबी प्रिट्जकर र शिकागोका पहिलो कार्यकालका मेयर ब्रान्डन जोनसन, दुवै डेमोक्र्याटले भनेका छन् कि उनीहरू यी प्रतिबद्धताबाट पछि हट्ने छैनन् । होमनले गत महिनामा शिकागो क्षेत्रको भ्रमण गर्ने क्रममा राज्यका प्रमुख डेमोक्र्याट नेताहरूको कडा आलोचना गरेका थिए ।

    त्यसरी खटिएका अनुसन्धान अधिकृतले कुनै वारेन्ट विना पनि छापा मार्ने र पक्राउ गर्ने अधिकार पाएकोले जहाँ जुनसुकैबेला हुन सक्दछ । त्यसैले ती संभावित राज्यहरुमा परिचय पत्र खुल्ने कागजात लिएर हिड्न आग्रह गरिएको छ ।

    Post Views: 145
    प्रकाशित मिति: २०८१ माघ ६, आईतवार १०:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.