• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पको नाममा ” मिम कोइन” क्रिप्टो करेन्सी मुल्य आकासियो

  •  
  • २०८१ माघ ७, सोमबार ०८:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मिम कोइन नाम दिइएको उक्त क्रिप्टो करेन्सि सोमबार ट्रम्पले संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिनु अघि घोषणा गरेका थिए । उक्त डिजिटल मुद्रा केही घण्टामै कैयौँ अर्ब डलरमा परिणत भएको थियो ।
    ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको थियो । विगतमा उक्त निकायले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता र अत्तरहरू बिक्री गर्नेगथ्र्यो ।
    मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डहरूलाई अझ लोकप्रिय बनाउन ल्याउने गरिए तापनि तिनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम पनि बढी हुने ठान्ने गरिन्छ । तर घोषणा गरिएको केही घण्टामा नैे बजारको पुँजी ५.५ अर्ब डलर पुगेको कोइन माक्र्रेटक्याप डट कमले जनाएको छ । सीआइसी डिजिटल एलएलसी र यसै महिनाको सुरुमा डेलावेयरमा घोषणा भएको फाइट फाइट फाइट एलएलसीको स्वामित्वमा ८० प्रतिशत ’टोकन’हरू रहेका छन् । यसबाट ट्रम्पले कति आम्दानी गर्नेछन् भन्ने प्रस्ट छैन ।
    “मेरो नयाँ आधिकारिक ट्रम्प मीम उपलब्ध भइसकेको छ । हाम्रा सबै मान्यताहरू, हाम्रो विजयका लागि खुसीयाली मनाउने समय यो हो,“ ट्रम्पले शुक्रवार राति मीम कोइनको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका थिए ।
    झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिएको छ भने आगामी तीन वर्षमा थप ८० करोड क्रिप्टो सार्वजनिक गरिने उक्त कोइनको वेबसाइटमा जनाइएको छ । “ट्रम्प मीमले जतिसुकै अप्ठेरो परिस्थितिमा पनि पछि नहट्ने एउटा नेताप्रति सम्मान व्यक्त गर्छ,“ सो वेबसाइटमा भनिएको छ ।
    त्यसमा एउटा स्पष्टीकरण पनि उल्लेख गरिएको छ जसले उक्त सिक्का लगानीको अवसर र सुरक्षा सवाल हुन नचाहेको र नरहेको भन्दै कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग यसको लेनादेना नरहेको जनाइएको छ ।
    एता ट्रम्पका आलोचकहरूले भने ट्रम्पलाई राष्ट्रपतीय पदको प्रयोग गरेर लाभ लिन खोजेको आरोप लगाएका छन् । “ट्रम्पले ८० प्रतिशत स्वामित्व राख्नु र शपथग्रहणअघि यसलाई सार्वजनिक गर्नु अरूलाई सिकार गर्नु जस्तै हो । यसबाट धेरैलाई चोट पर्नसक्ने सम्भावना छ,“ सामाजिक सञ्जालमा राखिएको पोस्टमा एकजना क्रिप्टो भेन्चर क्यापिटालिस्ट निक टोमाइनोले भने ।
    यस्ता खालका डिजिटल मुद्राहरू बदनाम छन् किनभने उनीहरूले पछाडि आउने लगानीकर्ताहरूलाई ठूलो नोक्सानी गराउँछन् । चर्चाका कारण सुरुमा ह्वातै मूल्य बढ्ने भएपनि पछि बजार मूल्य निकै कम हुने जोखिम रहन्छ । क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूले ट्रम्प प्रशासनले उक्त उद्योगलाई बढवा दिने अपेक्षा गरिरहेका छन् । राष्ट्रपति जो बाइडनका नियामक निकायहरूले ठगी र सम्पत्ति शुद्धीकरण जस्ता चिन्ताहरू व्यक्त गर्दै क्रिप्टो कम्पनीहरूविरुद्ध कडा नीति अख्तियार गरेका थिए ।

    Post Views: 212
    प्रकाशित मिति: २०८१ माघ ७, सोमबार ०८:२९
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.