• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पको सपथग्रहणमा कसलाई बोलाइयो, कसलाई बोलाइएन: को आए, को आएनन ?

  •  
  • २०८१ माघ ८, मंगलवार ०६:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्वकै प्रभावशाली देश अमेरिकाका नवनिर्वार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो कार्यकालका लागि सपथ ग्रहरण गरे । उनले विगतमा अस्तव्यस्त बनाएको परराष्ट्र नीति अब कस्तो हुन्छ भन्ने कुरा पनि उनले आफ्नो सपथग्रहण कार्यक्रममा बोलाएका र नबोलाएका राष्ट्र प्रमुखहरुको लिष्टबाट देखिन्छ । प्रायजसो अमेरिकी राष्ट्रपतिको सपथग्रहणमा विश्वका नेताहरु बोलाउने प्रचलन छ । तर उनले छानी छानी आफ्नो गुणगान गाउनेहरु बोलाए अरु महत्वपुर्ण मानिएका नेताहरु बेलाएनन । यसैबाट उनको परराष्ट्र नीति कस्तो होला र उनको कार्यकालमा विश्व राजनीतिक कसरी अगाडी बढ्ला कुनै आकार दिने कल्पना गर्न सकिन्न ।

    केही राष्ट्रप्रमुखहरू, विशेष गरी ट्रम्पसँग सम्बद्ध दक्षिणपन्थी वा लोकप्रीयतावादी नेताहरूलाई निमन्त्रणा गरिएको छ, तर उनका केही प्रतिद्वन्द्वीहरू पनि निमन्त्रित भएका छन् । आर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईः मिलेईले सपथग्रहण कार्यक्रममा आफ्नो सहभागिता जनाए । ट्रम्पले एकपटक यो दक्षिणपन्थी नेतालाई “आर्जेन्टिनालाई पुनः महान बनाउने व्यक्ति“ भनेर प्रशंसा गरेका थिए र डिसेम्बरमा फ्लोरिडाको मर–ए–लागो निवासमा उनको स्वागत गरेका थिए ।

    चीनका राष्ट्रपति सी जिनपिङः ट्रम्पले डिसेम्बरमा सीलाई समारोहमा निमन्त्रणा गरेका थिए, जसलाई उनका प्रवक्ताहरूले चिनियाँ समकक्षीसँग संवाद गर्न तयार रहेको संकेतको रूपमा व्याख्या गरेका छन्, यद्यपि व्यापार युद्धको तनाव जारी छ । सी सहभागी भएनन र उनको स्थानमा उपराष्ट्रपति हान झेङ सहभागी भएका छन ।
    इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीः दक्षिणपन्थी ब्रदर्स अफ इटली पार्टीकी मेलोनीले जनवरीमा मर–ए–लागो भ्रमण गरेकी थिइन् । उनको कार्यालयले उनको समय तालिका मिल्छ भने उनी सपथग्रहण कार्यक्रममा सहभागी भईन ।

    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानः लोकप्रीयतावादी नेता र ट्रम्पका निकट सहयोगी ओर्बानले ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । तर स्थानीय सञ्चारमाध्यमका अनुसार राज्य सम्बोधनका कारण उनी सहभागी हुने छैनन्। इक्वेडरका राष्ट्रपति डेनियल नोबोआः नोबोआले ट्रम्पको डिसेम्बर जितलाई ल्याटिन अमेरिकाको जितको रूपमा व्याख्या गरेका थिए । उनको कार्यालयले पुनःनिर्वाचन अभियान रोक्दै सपथग्रहण कार्यक्रममा सहभागी भए ।

    एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेः बुकेलेको कार्यालयले हालसम्म उनको सहभागिता पुष्टि गरेको छैन उनलाई बोलाइएको थियो । ट्रम्पका छोरा, डोनाल्ड ट्रम्प जुनियर, बुकेलेका साथी हुन् र जुलाई २०२४ मा उनी बुकेलेको सपथग्रहण कार्यक्रममा समारोहमा सान साल्भाडोरमा सहभागी भएका थिए । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोः “ट्रप अफ द ट्रपिक्स“ उपनाम पाएका दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोलाई निमन्त्रणा गरिएको छ, तर उनी सहभागी हुने छैनन् । ब्राजिलको सर्वोच्च अदालतले विभिन्न अनुसन्धानहरूसँग सम्बन्धित उनको पासपोर्ट जफत गरेको छ ।

    पोल्यान्डका पूर्व प्रधानमन्त्री मातेउस मोराभेकीः हालै युरोपेली कन्जरभेटिभ्स एन्ड रिफर्मिस्ट्स पार्टीका नेता बनेका मोराभेकी पनि सपथग्रहण कार्यक्रममा सहभागी भए ।
    युकेको प्रधानमन्त्री कीर स्टार्मरलाई निमन्त्रणा गरिएको छैन, उनको कार्यालयले बिहीबार पुष्टि गरेको छ । तर रिफर्म युके पार्टीका दक्षिणपन्थी नेता नाइजेल फ्याराजलाई निमन्त्रणा गरिएको छ, र उनी सहभागी भए । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेन र धेरैजसो युरोपेली संघ र नेटो सदस्य (जसमा मुख्यतः केन्द्रपन्थी सरकार छन उनिहरुलाई बेवास्ता गरिएको छ । जर्मनीका राष्ट्रपति ओलाफ स्कोल्जलाई पनि निमन्त्रणा गरिएको छैन । तर, जर्मनीको दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी पार्टीकी नेता एलिस वाइडललाई निमन्त्रणा गरिएको छ, र उनको प्रतिनिधित्व सह–नेता टिनो च्रुपल्लाले गरिन ।

    त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीः मोदी र ट्रम्पबीच पहिलेदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको छ । डिसेम्बरमा ट्रम्पको चुनावी जितपछि मोदीले पहिलोपटक उनलाई बधाई दिएका थिए । यद्यपि मोदी सहभागी हुने छैनन्, उनको स्थानमा परराष्ट्र मन्त्री सुब्रह्मण्यम जयशंकर सहभागी भएका छन । स्पेनका दक्षिणपन्थी भोक्स पार्टीका नेता सान्तियागो अबास्कल र पोर्चुगलका लोकप्रीयतावादी चेगा पार्टीका नेता आन्द्रे भेन्चुराः दुबै सहभागी भएका छन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनः म्याक्रोन र ट्रम्पबीच मैत्रीपूर्ण सम्बन्ध भए तापनि उनलाई निमन्त्रणा गरिएको छैन । यसको सट्टामा फ्रान्सका दक्षिणपन्थी राजनीतिज्ञ एरिक जेम्मोर (रिकन्क्वेस्ट पार्टी) सहभागी हुनेछन् ।

    मिसेल ओबामाले डोनाल्ड ट्रम्पको राष्ट्रपति पदग्रहण समारोह बहिष्कार गर्ने निर्णयले उनको ट्रम्पप्रतिको घृणा र अस्वीकार्यता झल्काउँछ । ट्रम्पको व्यवहारप्रति धेरै युरोपेली असन्तुष्ट छन् भने चीन, भारत, रुस र ब्राजिलजस्ता देशमा भने उनको पुनरागमनलाई केही हदसम्म सकारात्मक रूपमा हेर्ने पनि छन् । यसविपरीत बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा देश यो फिर्तीबाट मूलतः निराश छन् । अमेरिकी प्रभाव घट्दै गए पनि अमेरिकी राष्ट्रपतिको पदग्रहण समारोहको निम्तोलाई ‘रद्द’ गर्नु व्यावहारिक देखिँदैन । धेरै प्रमुख राष्ट्र ट्रम्पको फर्काइलाई लाभदायक मान्छन् जबकि युरोप ट्रम्पलाई लिएर अनिच्छित देखिएको छ । यो अनिच्छाले यी मुलुक अमेरिकाबाट टाढा हुने जोखिम बढ्छ । यसले बाइडेनले आफूले अमेरिकी वैश्विक प्रभुत्वलाई बलियो बनाएको दाबीलाई चुनौती दिन्छ अर्थात् ट्रम्पको व्यावहारिक, राष्ट्रवादी दृष्टिकोणलाई स्वीकार्यता मिल्छ अर्थात् ट्रम्प परिवर्तनका संवाहक देखिन्छन् ।

    Post Views: 69
    प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार ०६:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.