• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति पदको सपथग्रहण कहिलेदेखि र किन जनवरी २० मा नै गरिन्छ ?

  •  
  • २०८१ माघ ९, बुधबार ०७:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गरे । सपथग्रहण प्रत्येक चार वर्षको जनवरी २० मा वाशिंगटन, डी.सी., स्थित अमेरिकी संसद भवन यूएस क्यापिटल बिल्डिङमा आयोजना हुन्छ । यदि जनवरी २० आइतबार परेमा, राष्ट्रपति पदको शपथग्रहण निजी रूपमा सोही दिन गरिन्छ, तर सार्वजनिक कार्यक्रम जनवरी २१ मा गरिन्छ ।
    यस वर्षको सपथग्रहण समारोह, उद्घाटन सम्बोधन, र उद्घाटन लञ्चजस्ता परम्परागत गतिविधिहरू भए । आखिर किन यहि दिन सपथ ग्रहण गरिने गर्दछ भन्ने प्रश्न हुन सक्दछ । इनोगरेशन डे सधैं जनवरी महिनामा मनाइने प्रचलन थिएन । १७८९ मा कंग्रेसले नयाँ सरकारको कार्यवाही सुरु गर्ने मिति मार्च ४ तोकेको थियो। तर, कठिन जाडो मौसमका कारण जर्ज वाशिंगटनको सपथग्रहण केही हप्ता ढिलो भयो, र उनी अप्रिल ३०, १७८९ मा न्यूयोर्क सिटी (त्यतिबेला देशको राजधानी) मा राष्ट्रपति बने । त्यसपछि १०० वर्षभन्दा बढी समयसम्म मार्च ४ मा राष्ट्रपति र उपराष्ट्रपतिहरूले सपथ लिँदै आएका थिए ।
    पुराना समयमा, निर्वाचन र सपथग्रहणको बीचको लामो समयको कारण नयाँ र पुराना प्रशासनबीच चुनौतीहरू उत्पन्न हुन्थे । मतगणना प्रक्रियामा ढिलाइ र खराब सडक अवस्थाका कारण यात्रा कठिन हुन्थ्यो ।
    १९३३ मा २०औं संविधान संशोधन पारित भएपछि, सपथग्रहण मिति जनवरी २० मा सारियो र नयाँ कंग्रेसको पहिलो अधिवेशन जनवरी ३ मा तोकियो । जनवरी २० मा पहिलो पटक सपथग्रहण सन् १९३७ मा भयो । त्यसपछि यो परम्परा निरन्तर रहँदै आएको छ ।
    सपथग्रहण अगाडिसम्म कुनै पनि निर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति पद ग्रहण नगरेसम्म निजी नागरिक मानिन्छन् । यो राजनीतिक रूपान्तरणको अवधि पहिले चार महिना लामो हुन्थ्यो, जसलाई छोट्याउन २०औं संशोधनले महत्वपूर्ण भूमिका खेलेको हो ।

    Post Views: 167
    प्रकाशित मिति: २०८१ माघ ९, बुधबार ०७:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.