• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पद्धारा अबैध आप्रवासी खोज्न चर्च र विद्यालय छापा मार्न अनुमति, शिकागोपछि न्यूयोर्कमा छापा मार्ने तयारी !

  •  
  • २०८१ माघ ९, बुधबार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति पद सम्हालेलगत्तै ट्रम्प प्रशासनले संघीय आप्रवासन अधिकारीहरूलाई चर्च र विद्यालयजस्ता संवेदनशिल स्थानहरूमा गिरफ्तार गर्न वा छापा मार्न अनुमति दिएको छ । कार्यवाहक गृह सुरक्षा सचिव बेन्जामिन हफम्यानले एक विज्ञप्तिमा दुई पुराना निर्देशनहरूको अन्त्यको घोषणा गर्दै एजेन्टहरूलाई थप अधिकार प्रदान गरिएको र आप्रवासीहरूको लागि कानूनी बाटो हटाइएको जानकारी दिएका छन । ट्रम्पले आफुले कार्यभार सम्हाल्नुपुर्व नै सिकागोबाट अबैध आप्रवासीको काम गर्ने क्षेत्रहरुमा छापा मार्न लगाएका थिए । त्यो टोली अबैध आप्रवासीलाई लक्षित गर्दै यसैहप्ताबाट न्यूयोर्कमा सक्रिय गराईने बताइएको छ ।

    ट्रम्प प्रशासनले नियूक्त गरेका टम हफम्यानको विज्ञप्तिमा भनिएको छ, “अपराधीहरू अब अमेरिकाका विद्यालय र चर्चहरूमा लुकेर गिरफ्तारीबाट बच्न सक्ने छैनन । ट्रम्प प्रशासनले हाम्रा बहादुर कानून प्रवर्तनको हात बाँध्ने छैन, बरु उनीहरूको सामान्य ज्ञानमा विश्वास गर्दछ ।” यो निर्णयले ट्रम्प प्रशासन र बाइडेन प्रशासनको आप्रवासन नीतिमा स्पष्ट फरक देखाउँछ ।

    २०११ मा आप्रवासन र सीमा शुल्क प्रवर्तनले एजेन्टहरूलाई संवेदनशील स्थानहरू, जस्तै विद्यालय, अस्पताल, र पूजा स्थलहरूमा गिरफ्तारी नगर्न निर्देशन दिएको थियो । बाइडेन प्रशासनले पनि यस्तै मार्गनिर्देशन जारी गरेको थियो । तर, ट्रम्प प्रशासनको नयाँ नीतिले आप्रवासी समुदायमा डर बढाउने र बालबालिकाहरूलाई विद्यालय जान वा मानिसहरूलाई अस्पतालमा उपचार खोज्न रोक्न सक्ने आप्रवासी वकालतकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

    दोस्रो निर्देशनले यस्ता त्यस्ता स्थानमा शरण लिन बन्द गर्ने योजना बनाएको छ, जसले केही आप्रवासीहरूलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिएको थियो । ट्रम्प प्रशासनले आरोप लगाएको छ कि बाइडेन प्रशासनले यो कार्यक्रमलाई दुरुपयोग गर्दै विभिन्न नागरिकताहरूलाई अनुचित रूपमा अनुमति दिएको थियो ।
    विज्ञप्तिमा भनिएको छ, “बाइडेन–ह्यारिस प्रशासनले मानवीय कार्यक्रमको दुरुपयोग गर्दै १.५ मिलियन आप्रवासीहरूलाई हाम्रो देशमा प्रवेश गर्न अनुमति दियो । ट्रम्प प्रशासनले यसलाई पहिलो दिनमै रोक्यो । यो कार्यले मानवीय कार्यक्रमलाई यसको मूल उद्देश्यतर्फ फर्काउनेछ, जसमा आप्रवासीहरूलाई व्यक्तिगत आधारमा हेर्ने गरिन्छ ।” यो निर्णयले आप्रवासन नीतिमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, तर यसले प्रवासीहरू र आप्रवासी समुदायहरूमाथि गम्भीर प्रभाव पार्न सक्ने चिन्ता वकालतकर्ताहरूले व्यक्त गरेका छन् ।

    उता कोलोराडो राज्यको कानूनले संघीय आप्रवासन अधिकारीहरूको साथ स्थानीय र राज्य कानून प्रवर्तनलाई सहयोग गर्न प्रतिबन्ध लगाएको छ, जसमा आप्रवासीहरूको गिरफ्तारी, थुनामा राख्नु, वा व्यक्तिगत जानकारी सङ्कलन गर्ने प्रयासहरू पर्छन्। यद्यपि, राज्यका विभिन्न नगरपालिकाहरूमा आप्रवासन प्रवर्तनको बारेमा फरक दृष्टिकोण रहेको छ । यस्ता राज्य नै पच्छिे फरक नियमले ट्रम्प प्रशासनलाई त्यति सजिलो भने छैन ।

    Post Views: 162
    प्रकाशित मिति: २०८१ माघ ९, बुधबार ०८:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.