• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र मेक्सिको सिमामा मृत्यूवरण गरेका साँढे चारहजार अबैध आप्रबासी

  •  
  • २०८१ माघ १०, बिहीबार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल
    अमेरिका, अमेरिकी सरकारले निर्धारण गरेको नियममा अमेरिका आएर कानुनी रुपमा आफ्नो बसोबास व्यवस्थापन गर्न यस पृथ्वीमा भएका एक प्रतिशत मानिसका लागि मात्रै योग्य हुन संभव हुन्छ । एक अध्ययनका अनुसार अमेरिकी सरकारले तय गरेका आप्रबासी भित्र्याउने कानुनी बाटो त्यति कठिन छ की जसका लागि बर्षमा एक बर्षमा मात्रै भिषा एक करोड १५ लाख भिषा जारी गर्दछ । त्यसमा सबै वर्गमा मानिस पर्दछन । अबैध रुपमा अमेरिका आउनेहरुको एक बर्षमा कति आउँछन त्यसको तथ्यांक हेर्दा साँडे ३० लाख रहेको देखाउँछ । बैध रुपमा आएका आप्रवासी भने झण्डै ९३ लाख रहेको तथ्यांक छ । ती सबै कति अमेरिका बस्दछन कति त्यो तथ्यांक एकिन छैन । यसको मतलव अमेरिकी सपना नहुने सामान्य मानिसमा सायदै कम होलान । त्यसैले सक्नेहरु उडेरै आउँछन तर नसक्नेहरु तल्लोबाटो अमेरिकी सपना पछ्याउँदा एक तिहाईको अमेरिका नपुग्दै बिलाउने गरेका एक तथ्यांकले बताउँछ । त्यसमा पनि केहि प्रतिशत यस्ता छन जसको जीवन न अमेरिका आई पुग्छन नत फकिन्छन बीच बाटोमा नै समाप्त हुने गरेका छन ।

    अमेरिका र मेक्सिको सीमामा मानव अधिकारका लागि काम गर्ने संस्थाहरुले सार्वजनिक गरेको एक तथ्यांक हेर्दा अमेरिकी सपना पछ्याउँदा पछ्याउँदै अमेरिकी सिमामा पुगेर हजारौले ज्यान गुमाएका रहेछन । ह्युमन बोर्डर्स र पीमा काउन्टी मेडिकल एक्जामिनरको कार्यालयद्वारा सञ्चालित आप्रवासी मृत्युदर अनुसन्धान परियोजनाका अनुसार, सन् २००० यताको २४ बर्षको तथ्यांक हेर्ने हो भने अमेरिका मेक्सिको सिमामा पर्ने मरुभूमिमा ४ हजार ३२९ मानिसका मृत शरिर फेला परेको बताइएको छ । यसमा २०२० देखि २०२४ सम्मका ९ सय ७९ अवशेष समावेश छन् । जुन अघिल्लो पाँच वर्षको तुलनामा ७०७ थिए । मानवीय सहायता समूहहरू, पार्कका कर्मचारीहरू, र सीबीपीले भेटिएका अवशेषहरू नियमित रूपमा फेला पार्दछन । प्रायः महिनौं वा वर्षौंसम्मको जोखिमपछि जहाँजहाँ स्वयंसेवकहरूले मरुभूमिमा पानी वितरण गरिहेका हुन्छन त्यहाँ त्यहाँ मानिसहरू मृत वा कंकाल भेटिनु सामान्य विषय जस्तै बनेको छ । हराएका मानिसहरु कुल मिलाएर लगभग १६०० अवशेष अझै अज्ञात छन्, र मरुभूमिमा अझ धेरै शवहरू हराइरहेका हुने सम्भावना छ ह्यूमन बार्डसले जनाएको छ ।

    त्यसरी भेटिने लासहरुको धेरैको देश वा बतन खुलेको हुन्न । कारण उनिहरु कुन देशका हुन कहाँबाट आएका हुन भन्ने कुरा उनिहरुले प्रयोग गर्ने कपडामा केहि चिन्ह भेटिएबाहेक कसैको पनि वास्वविकता थाहा हुन्न । त्यहाँ भेटिनेहरुले प्रायजसो जहाँबाट आएका भएपनि आफ्नो पासपोर्ट च्यातेर फालेका हुनछन र वास्तविक परिचय लुकाएका हुन्छन । प्रायजसो निकै जाडो वा निकै गर्मीका बेला त्यस्ता मृत शरिरहरु बढी भेटिने गरेका छन । अनुसन्धान अनुसार त्यस्ता मृत शरिरहरु मानव अधिकारको क्षेत्रमा काम गर्नेहरुले आफ्नो तथ्यांकमा राख्नेछन अनि सामान्य प्रहरीको जानकारी गराएर गाडी दिन्छन ।

    नर्थ अमेरिकन देशहरुबाट सयौंको सख्यामा अमेरिका छिर्न आएकाहरु तीन भागको एक भाग मानिसमात्रै अमेरिका पुग्ने गरेको बताईन्छ । तीमध्ये केहिको बाटोमा निधन हुन्छ भने कयौ व्यक्तिहरु असफल भएर मेक्सिकोमा नै बसेकाहरु पनि छन । त्यस्ता अनुसन्धान गर्ने निकायहरुमा आफन्त हराएको र खोजीका लागि पनि हजारौ अनुरोधहरु आउने गरेको अनुसन्धानमा संलग्न संस्थाहरुले जनाएका छन । तर उनिहरुले खोजी गर्दैनन् भेटिएकाहरु सग्लो रहेछ भने फोटोको आधारमा मृतकका आफन्तलाई जानकारी दिने गर्दछन । बर्षेनी भेटिने सयौ कंकालहरु कुनै नाम वा वतन खुलेको हुन्न । त्यो कहिले निधन भयो र कहाँबाट आएका हुन थाहा हुन्न । मरुभुमिमा भेटिने यस्ता मृत शरीर संस्थामा काम गर्नेहरुले भेट्छन । मानवअधिकारको पक्षमा काम गर्नेहरुले विगतमा जस्तै ट्रम्प प्रशासनले आप्रवासीको मानव अधिकारको लागि काम गर्दा निसानामा परिन्छ भन्ने डरले बेलैमा सजकता अपनाएको बताईरहेका छन । अमेरिका छिर्न सिमा क्षेत्रमा आउने क्रममा मरुभुमिमा खडेरी, बाढी, तातो लहर, र अन्य चरम मौसम घटनाहरूबाट बर्षेनी हजारौ मानिस सिमा क्षेत्रमा मत्यूवरण गर्न पुग्दछन । उनिहरुको मानव अधिकार र खाना, पानी र कपडा उपलब्ध गराउने संस्थाहरुले चिन्ता व्यक्त गरेका हुन । अघिल्लो कार्यकालमा ट्रम्प प्रशासनले आफुहरुलाई निकै दुख दिएको भन्दै यस पटक त्यो भन्दा बढी समस्या झेल्नुपर्ने भन्दै तयारी गरिरहेको बताएका छन ।

    “बाइडेन प्रशासनले पछिल्ला चार वर्ष आप्रवासीहरूको लागि ठूला उपलब्धिहरू भएनन्, तर मानव अधिकार कर्मीहरूलाई लक्षित गरिएको थिएन,“ एक अनुभवी एजो सामारिटान्स स्वयंसेवकले बताएका छन । “ट्रम्प प्रशासनले हामीलाई फेरि शत्रु बन्नेछौं, र आप्रवासीहरू तथा अभियानकर्ताहरूविरुद्धका घृणित आक्रमणहरूले हामीलाई अझ बढी जोखिममा पार्नेछ ।“ अधिकांश मृत्युहरू गर्मी महिनामा सेल फोन सेवा नहुने विकट क्षेत्रमा हुने गर्छन् । यी ठाउँहरूमा पानी वितरण र खोज तथा उद्धार मिसनका लागि सहयोगकर्ताहरूलाई पुग्न गाह्रो पर्छ । ओर्गन पाइप, काबेजा प्रिएटा, र अन्य राष्ट्रिय पार्कहरूमा वातावरण जोगाउन मानवीय समूहहरूलाई कुनै पनि सवारी साधन – कार, साइकल, वा ह्वीलब्यारोसमेत – प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । तर, सीबीपीका सवारी साधनहरू स्वतन्त्र रूपमा गइरहन अनुमति प्राप्त छ ।

     

    Post Views: 223
    प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार ०७:११
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.