• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सुरु भयो १ करोड पुरस्कार राशी भएको “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स”को अडिसन

  •  
  • २०८१ माघ १५, मंगलवार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ ।

    अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । विश्वभर छरिएर रहेका नेपाली कलाकारहरूबीच प्रतिष्पर्धा गराइने यी दुबै शोहरूका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन्

    शुभारम्भका अवसरमा आयोजित समारोहलाई संबोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए । उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शो हरू सुरु गरिएको बताए । नेपाली जातिको संस्कृतिलाई गीत, संगीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजवुत पार्ने र जहाँसुकै बसे पनि नेपाली जातिलाई नेपाल देशसँग जोड्ने उद्देश्यले गैरनाफामुलक संस्था फाउण्डेसनले यी शोहरू आयोजना गर्दै आएको उनले जानकारी दिए ।

    अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुंदै छ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने आयोजकले जनाएको छ । त्यसैगरी कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् ।

    भारतको सिलगसडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार शहरहरू विर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौं अडिसनहरू सम्पन्न गरी संसारभरबाट छनिएका प्रतिभाहरूलाई फाउण्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिष्पर्धालाई अघि बढाउने छ । दुवै शोहरू नेपाल टेलिभिजनबाट प्रसारण हुनेछन् । अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरूले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ ।

    अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरूमा गायनतर्फ बरिष्ठ संगीतकार सुशील विश्वकर्मा, गायकहरू केशब पौडेल, अर्जुन रसाइली र संगीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दीलिप रायमाझी, शंकर विसी, रुपेश उप्रेती र पार्वती राई छन् ।

    Post Views: 220
    प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार ०७:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    • २. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ३. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ४. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ५. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.