• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका बाहिरिएपछि डब्ल्यूएचओ आर्थिक संकटमा: आधा बजेट अमेरिकाबाट, कुन देशको कति योगदान ?

  •  
  • २०८१ माघ १६, बुधबार ०८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कुल बजेटको लगभग ७० प्रतिशत स्वैच्छिक योगदानमा निर्भर छ, जसले दाताहरूलाई संगठनका प्राथमिकताहरूमा उल्लेखनीय प्रभाव पार्न अनुमति दिन्छ । त्यसपछि सबै भन्दा ठुलो दाता अमेरिका हो उसले सदस्यता छाडेपछि अब कसरी सस्था चल्छ भन्नेमा प्रश्नहरु उब्जिएका छन । यस आर्थिक संरचनाले डब्ल्यूएचओको स्वतन्त्रतासम्बन्धी चिन्ता बढाएको छ, विशेष गरी विश्वव्यापी स्वास्थ्य प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा । कुनै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ चिनयिा प्रभावमा परेको आरोप लगाउने गर्दथे र सहयोग रोक्नु पर्ने बताउँदै आएका थिए । नभन्दै उनले आफ्नो पहिलो दिनमा नै डब्ल्यूएचओ त्यागेको घोषणा गरे ।
    सन् २०२२ मा, डब्ल्यूएचओ सदस्यहरूले यसको वित्तीय मोडेलमा सुधार गर्न सहमति गरे । लक्ष्य २०३० सम्म सदस्य राष्ट्रहरूका शुल्कहरूबाट संगठनको बजेटको झण्डै आधा हिस्सा जुटाउने व्यवस्था बनाउने थियो । यो चार्ट हेर्दा पनि देखिन्छ की डब्ल्यूएचओ अमेरिकी सहयोगमा निर्भर रहेछ ।
    डब्ल्यूएचओका शीर्ष दाताहरूको अवस्था हेर्दा अमेरिकी दाताहरुले सहयोग नगर्ने हो भने डब्ल्यूएचओ चल्न पनि अफ्ठ्यारो अवस्था देखिन्छ । सहयोग रकमको चार्ट हेर्दा (डलरमा) अमेरिकाले ९५८ मिलियन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले ६८९ मिलियन, गाभी, द भ्याक्सिन एलायन्सले ५०० मिलियन, युरोपियन आयोगले ४१२ मिलियन, विश्व बैंकले २६८ मिलियन, जर्मनीले ३२४ मिलियन, युनाइटेड किंगडमले २१५ मिलियन, क्यानडाले १४१ मिलियन र युरोपियन इन्भेस्टमेन्ट बैंकले ११९ मिलियन डलर रकम सहयोग गर्ने गर्दछ ।
    ट्रम्पको डब्ल्यूएचओसँगको विगतको सम्बन्ध पहिलो कार्यकालदेखि नै राम्रो थिएन । डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँग सम्बन्ध तोड्ने प्रयास गरेको यो पहिलो पटक होइन । जुलाई २०२० मा, कोभिड–१९ को महामारीको बीचमा, ट्रम्प प्रशासनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय ग¥यो र अमेरिकी वित्त पोषण रोकियो । तर, राष्ट्रपति जो बाइडेनले २०२१ मा कार्यालय सम्हालेको पहिलो दिनमै यो निर्णय उल्ट्याउँदै डब्ल्यूएचओलाई समर्थन पुनःस्थापित गरेका थिए । डब्ल्यूएचओसँग ट्रम्पको द्वन्द्व दोस्रो कार्यकालमा पनि जारी छ । हालै, अमेरिकी सार्वजनिक स्वास्थ्य अधिकारीहरूलाई डब्ल्यूएचओसँगको सबै सहयोग तुरुन्तै रोक्न निर्देशन दिइएको छ ।

    Post Views: 247
    प्रकाशित मिति: २०८१ माघ १६, बुधबार ०८:०६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ४. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ५. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.