• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गंभीर अपराधमा संलग्न ३० हजार आप्रवासी राख्ने क्षमताको ग्वान्टानामो खाडीमा अमेरिकी हिरासत बन्ने

  •  
  • २०८१ माघ १७, बिहीबार ०४:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानामो खाडीमा विशाल हिरासत निर्माण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जुन उनले अमेरिकी भूमिबाट देश निकाला गरिएका ३० हजार भन्दा बढी आप्रवासीहरू राख्न प्रयोग गर्न सकिने क्षमताको बनाउनुपर्नेछ । अमेरिकाबाट गंभीर अपराध गरेका हजारौ आप्रवासी ३,४ पटक सम्म अमेरिकी भुमिमा भेटिएपछि त्यस्ता अपराधि राख्नका लागि ग्वान्टानामो खाडीमा विशाल हिरासत बनाउने घोषणा गरेका हुन ।

    ट्रम्पले लेकन राइली ऐनमा हस्ताक्षर गर्दै यो घोषणा गरेका हुन् । उक्त ऐनले चोरीसम्बन्धी अपराधमा आरोपित गैरकानुनी आप्रवासीहरूको थुनछेक अनिवार्य बनाउँछ । यो ऐन २२ वर्षीय जर्जियाकी नर्सिङ छात्रा लेकन राइलीको नाममा राखिएको हो, जसको २०२२ मा भेनेजुएलाबाट आएका एक गैरकानुनी आप्रवासीद्वारा हत्या गरिएको थियो ।
    बुधबार ट्रम्पले पेन्टागन र होमल्यान्ड सेक्युरिटी विभागलाई एउटा केन्द्र खोल्न निर्देशन दिने आदेश जारी गर्ने संकेत दिएका थिए, जसको उद्देश्य “अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब आपराधिक गैरकानुनी आप्रवासीहरूलाई थुनछेक गर्न अमेरीकी भुमिभन्दा परको स्थानमा हिरासत निर्माण गरी जेल हाल्नु हो ।

    अमेरिकाले फिर्ता पठाए पनि पटक पटक डिर्पोट गरिएका मानिसहरु अमेरिका फर्केको सुचनाका आधारमा “केही यस्ता अपराधी छन्, जसलाई तिनीहरूको मूल देशमा पठाउन हामी विश्वास गर्न सक्दैनौँ, किनभने हामी तिनीहरूलाई फिर्ता चाहँदैनौँ,” ट्रम्पले भनेका छन त्यसैले त्यस्ता अपराधिलाई ग्वान्टानामो पठाउनेछौँ । यसले हाम्रो थुनछेक क्षमतालाई तुरुन्तै दोब्बर बनाउनेछ ” द गार्जियनले समाचार छापोको छ ।

    दक्षिणपूर्वी क्युबामा रहेको अमेरिकी नौसैनिक बेस ग्वान्टानामो खाडीमा पहिले नै समुद्रबाट पक्राउ गरिएका आप्रवासीहरूलाई राख्न छुट्टै सुविधा छ, जुन ९÷११ का हमलापछि स्थापित उच्च सुरक्षा कारागारबाट फरक छ, जहाँ विदेशी आतंकवादी संदिग्धहरूलाई राखिएको छ । त्यो जेलमा कति कहाँका अपराधि छन पुर्ण विवरण कहि कतै सावैजनिक छैन । त्यो जेल संसारकै नामुद अपराधि राख्न प्रयोग गरिएको बताईन्छ । फेब्रुअरी २०२४ सम्ममा उक्त केन्द्रमा चार जना थुनिएका थिए, न्यूयोर्क टाइम्सले होमल्यान्ड सेक्युरिटी विभागलाई उद्धृत गर्दै रिपोर्ट गरेको थियो ।

    बुधबार जारी ट्रम्पको आदेश नयाँ प्रशासनद्वारा लाखौँ मानिसलाई देशबाट हटाउने उनको धम्की पूरा गर्न गरिएको पछिल्लो प्रयास हो । पेन्टागनको ६ जनवरीको अद्यावधिक विवरणअनुसार, ग्वान्टानामो खाडीमा हाल १५ कैदी रहेका छन्, जुन २२ वर्षको इतिहासमा सबभन्दा कम संख्या हो । जो बाइडेनले आफ्नो कार्यकालको अन्त्यतिर ग्वान्टानामो कैदीहरूलाई तेस्रो देशमा स्थानान्तरण गर्ने प्रक्रिया तीव्र पारेका थिए ।

    Post Views: 162
    प्रकाशित मिति: २०८१ माघ १७, बिहीबार ०४:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.