• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनको कडाईसंगै अमेरिकाको एरिजोना- मेक्सिको सिमामा शसस्त्र मिलसियाहरुको चहलपहल बढ्दो

  •  
  • २०८१ माघ १८, शुक्रबार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा डोनाल्ड ट्रम्पले सरकार सम्हालेपछि विश्वभर राजनीतिक तरंग छाएको छ । आप्रवासनमा कडाई गर्दै दैनिक एक हजारका दरले पक्राउ गर्दै दिनहँु डिर्पोटेसन गर्ने कार्य बढ्दो छ । यसो हुँदै गर्दा अब तल्लो बाटो हुँदै अमेरिका आउने क्रम रोकिएला भन्ने लाग्न सक्दछ । सिमा क्षेत्रमा अबैध आप्रवासी ठप्प भयो भन्ने लाग्न सक्दछ । हरेक घण्टा समाचार ब्रेकिड भईरहँदा अमेरिकाको एरिजोना र मेक्सिको सिमामा भने फर दृष्यहरु देखिन थालेको छ । करिब ३७२ माइल लामो अमेरिकी राज्य एरिजोनालाई मेक्सिकोका सोनोरा र बाजा क्यालिफोर्निया राज्यका सिमानामा भने अधिकारकर्मीहरु ट्रम्प प्रसाशनको अनुदारवादी संभावित क्रियाकलापविरुद्ध सामना गर्न जुटी रहेका छन ।

    एरिजोना–मेक्सिको सिमानामा सामान, मानिसहरू, र सवारी साधनहरूको आवतजावत गर्ने धेरै प्रवेश नाकाहरु छन् । जसमा नोगालेस प्रवेश बिन्दु एरिजोना÷सोनोरा पनि हो । एरिजोनाको सबैभन्दा व्यस्त सिमाना पार गर्ने स्थान, व्यापारिक र व्यक्तिगत यात्राका लागि सोनारा नाका प्रयोग गरिन्छ । अर्को हो सान लुइस प्रवेश बिन्दु ठूलो व्यापारिक यातायात र कृषि आयातका लागि प्रयोग गरिन्छ । संगै यो नाकाहरुको विभिन्न छिद्रहरुबाट अमेरिका हिडेर प्रवेश गर्नेहरु अहिले पनि नियमित छिरिरहेका छन । उनिहरु कसरी कहिले कहाँबाट अमेरिका आएका हुन त्यो कुनै रेकर्डमा हुँदैन । किनकी सिमा सुरक्षासंग कुनै भेट नभई अमेरिका छिरेर असंगठीत क्षेत्रमा काम गर्ने गर्दछन । जहाँबाट अमेरिका छिर्न १५० माईभन्दा बडी मरुभुमि र पहाडहरु छिचोलेर पार गर्नु पर्दछ ।


    “हामी सीमा सुरक्षा गार्ड र सशस्त्र मिलिसिया समूहहरू अझ बढी सक्रिय हुने र झनै दण्डहीनता बढ्ने भएकाले त्यहि अनुसार तयारी अवस्थामा छौं, पहिलो ट्रम्प प्रशासनभन्दा यसपटक झन खराब अवस्था आउन सक्छ,“ नो मोर बोर्डर्सकी प्रवक्ता आर्याना टिश्लरले भनिन् । यो समूह बिल क्लिन्टनको असफल ’निवारण मार्फत रोकथाम’ सीमा नीतिको प्रतिक्रियास्वरूप गठन गरिएको बताईन्छ । यी धम्कीहरू र आप्रवासी विरोधी भाषाले केही त्यस्ता सैैन्य भूमिकामा उत्रने व्यक्तिहरूलाई अहिले हौसला मिलेको उनको भनाई छ । ती मिलिसियाहरुले त्यस्ता मानिसहरुलाई धम्क्याउने गरिएको बताईन्छ । अरिजोनाको सासाबेमा, करिब १५० माइल पूर्वमा रहेको अस्थायी आप्रवासी शिविरमा, स्वयंसेवकहरूले ट्रम्पको ह्वाईहाउस प्रवेशपछि नागरिक मिलिसियामा वृद्धि भएको रिपोर्ट गरेका छन् । “तिनीहरू सैनिक पोशाकमा आउँछन्, मानिसहरूलाई धम्की दिन्छन्, अनावश्यक डिमान्ड गर्छन हराउँछन ।

    आप्रवासीहरूको अगाडि झगडा गर्छन्,“ ग्रिन भ्याली–साहुआरिता सामारिटान्सकी स्वयंसेवक तथा अवकाशप्राप्त नर्स स्यालीले भनिन् । “जति भाषाशैली खराब बन्दै गएको छ, त्यति नै आप्रवासीहरू र मानवीय सहायता कार्यकर्ताहरूप्रति सिमामा घृणा पनि बढ्दै गएको छ ।“ आप्रवासीहरुका लागि पानी, लत्ता कपडा वितरण र उनिहरुको न्यूनतम मानव अधिकार हनन नहोस भन्नाका लागि उनिहरु यतिखेर संगठित रुपमा सिमा क्षेत्रमा काम गरिरहेका छन । ट्रम्प प्रशासनले कडाई गरेसंगै त्यस्ता अधिकारवादीहरु थप व्यवस्थित र संगठित भएको बताएका छन । त्यस्ता मिलिसियाहरु मेक्सिकोतिरबाट आउने गरेको बताईन्छ । उनिहरु संगठित छैनन तर पनि उनिहरुले आप्रवासीलाई धम्क्याउने लुट्ने गर्ने गर्दछन ।

    एरिजोना–मेक्सिको सिमाना यस्तो मुख्य क्षेत्र हो जहाँ संयुक्त राज्य अमेरिका र मेक्सिकोले मात्र भौतिक सिमाना मात्र होइन, गहिरो सांस्कृतिक, आर्थिक, र सामाजिक सम्बन्ध पनि रहेको छ अर्को डगलस प्रवेश बिन्दु एरिजोना÷आग्वा प्रिएटा, सोनोरा स्थानीय व्यापार र पर्यटनका लागि महत्वपूर्ण मानिन्छ । त्यसैगरी लुकभिल प्रवेश बिन्दु पर्यटकहरूका लागि लोकप्रिय, विशेष गरी प्युर्टो पेनेसको (रकी पोइन्ट) जस्ता स्थानमा जानेहरूको लागि महत्वपुर्ण मानिन्छ ।

    एरिजोना र सोनोराबीच बलियो व्यापारिक साझेदारी छ । यो सिमाना सामानहरूको प्रवेशद्वारको रूपमा काम गर्छ । एरिजोना–सोनोरा मेगारेजन पहलले आर्थिक सहकार्यलाई बढावा दिन्छ । एरिजोना–मेक्सिको सिमानाको केही भागमा भौतिक पर्खालहरू र बारहरू छन्, जसले अवैध अमेरिका प्रवेश रोक्न मद्दत गर्दछ ।
    एरिजोना संयुक्त राज्य प्रवेश गर्ने प्रवासीहरूको लागि मुख्य बिन्दु हो । धेरै मानवीय संस्थाहरू यहाँ कठिन मरुभूमि क्षेत्रमा रहेका प्रवासीहरूलाई सहयोग पु¥याउँछन् । यो क्षेत्र औषधि तस्करीका गतिविधिहरूको हब रहँदै आएको छ, जसका कारण गहन निगरानी र कानून प्रवर्तन अभियानमा ट्रम्प प्रशासन कडाईका साथ उपस्थित छ । एरिजोना–मेक्सिको सिमाना मरुभूमि, पहाड, र नदीहरू पार गर्छ, जसले यसलाई पर्यावरणीय रूपमा संवेदनशील क्षेत्र बनाउँछ । सिमानाको संरचना र मानव गतिविधिका कारण समस्या देखा परेका छन ।

    Post Views: 152
    प्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार ०७:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.