• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आकस्मिक चेकजाँच गर्दै हाईवेमा आप्रवासी पक्राउ तिव्रः ग्यास स्टेशन र रेष्टुरेन्टमा व्यापारमा गिरावट

  •  
  • २०८१ माघ २२, मंगलवार ०७:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशपछि अबैध आप्रवासी खोजी अभियान तिब्र पार्ने क्रममा हाईवे वा साना चार लेनका सडकमा समेत आकस्मिक जाँच गर्दै पक्राउ गर्न थालिएको छ । असंगठित क्षेत्रमा काम गरिरहेका खेती, माछा पालन क्षेत्र, बढी अबैध आप्रवासी बस्ने वा कागजात नभएकाहरु काम गर्ने क्षेत्र खोजी खोजी छापा हानिएका छन । त्यसैगरी नर्थ क्यारोलिना, टेक्सास, न्यूयोर्क, क्यालिफोनिया, ओहायो, मेरिल्याण्डबाट प्राप्त जानकारी अनुसार बढी आप्रवासी बस्ने क्षेत्रहरुमा सडकहरुका आकस्मिक चेकजाँच गर्दै पक्राउ अभियान तिब्र पारिएका छन । समान्यतय ठुलो दुर्घटना वा घटना घटेका बेला मात्रै त्यसरी रोड नै अवरुद्ध गरेर चेक जाँच गरिन्थ्यो तर अहिले सबैतिर आकस्मिक सडक जाँच गरेर पक्राउ गर्न थालिएको हो ।

    यसरी चेक जाँचको क्रममा एटलान्टा र ह्युस्टनमा केहि नेपाली विधार्थी पक्राउ परेको बताइए पनि पुष्टि हुन सकेको छैन । पक्राउपछि संपुर्ण सन्चारबाट बन्चित गरिने हुँदा को कहाँबाट कहिले पक्राउ परेको भन्ने विषयमा पर्याप्त जानकारी प्राप्त हुन सकेको छैन । नेपाली समुदायका मानिसहरु विधार्थी वा अन्य कागजात नभएकाहरुलाई कसरी मद्दत गर्ने भन्ने विषयमा कुनै निक्र्यौलमा नेपाली समुदायका अगुवाहरु पनि अन्यौलमा छन । केहि कानुन व्यवसायीहरुले भने आफ्नो आईडी साथ लिन सुझाएका छन । तर पनि पक्राउ परेकाहरुको विषयमा कुनै सरोकारवाला निकायले जानकारी नदिए पछि उनिहरुलाई सहयोग गर्न कठिन भैरहेको छ ।

    राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अबैध आप्रवासीमाथी चलाएको धरपकड र पक्राउ अभियानका कारण विधार्थीहरु काममा जान छाडेका छन । पक्राउसंगै कागजात नभेटिएका र अपराधिक गतिविधिमा संलग्नहरु द्रुत गतिमा डिर्पोटेसन गर्न थालीएपछि डराएर विधार्थीहरु काममा जान छोडेका छन भने व्यापार संचालकहरुले पनि केहि समय घरमै बस्न भन्दै विधार्थी र अन्य कामदारहलाई अनिश्चित समयका लागि विदा दिएका छन ।

    अमेरिकामा रहेका ग्यास स्टेसन र रेष्टुरेन्टहरुमा झण्डै ३० प्रतिशत कामदारहरु कागजात नभएका वा विधार्थीहरु काम गरी रहेको बताइन्छ । ट्रम्प प्रशासनले सेन्चुरी राज्य वा सिटीलाई पहिलो निसाना बनाएका छन । ती सन्चुरी सिटीहरुमा ट्रम्पको धरपकडका कारण स्थानीय प्रशासनको डरले ग्यास स्टेसन वा रेष्टुरेन्टहरुमा ग्राहकको आगमन नै कम हुन थालेका छन । खास गरी शहरी क्षेत्रमा धरपकटको कारण व्यापारमा असर परेको बताइन थालेको छ । असंगठित क्षेत्रमा काम गर्ने मान्छे अभाव भएकोले उत्पादन खर्च बढी रहेको बताइएको छ । जसका कारण ग्रोसरीका सामानमा महंगी शुरु भएको छ ।

    हरुले असहयोग गरिरहेको बताइएको छ । धरपकड तिव्र बनाएका कारण व्यापार सन्चालकहरुले जसरी यस अघि कागजात नभएका कामदारहरुलाई काममा लगाएका थिए उनिहरु काममा जान छोडेको र सन्चालहरुले नै बाध्यतावस केहि समय विदामा बस्न भन्दै कामदारहरुलाई अनिश्चित समयका लागि घर बस्न भनेका छन । जसबाट भारतीय, चाईनिज, नेपाली बंगाली, भियतनामिज, पाकिस्तानी मेक्सिकन, लगायत सन्चालक रहेका व्यापारहरुमा प्रत्यक्ष असर पर्न थालेको छ । कानुन व्यवसायीहरुले पनि यस्तो अवस्थामा विधार्थीहरुलाई आफ्नो स्टाटस जोगाउन सुझाव दिएका छन ।

    Post Views: 153
    प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार ०७:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    • ५. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.