• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आकस्मिक चेकजाँच गर्दै हाईवेमा आप्रवासी पक्राउ तिव्रः ग्यास स्टेशन र रेष्टुरेन्टमा व्यापारमा गिरावट

  •  
  • २०८१ माघ २२, मंगलवार ०७:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशपछि अबैध आप्रवासी खोजी अभियान तिब्र पार्ने क्रममा हाईवे वा साना चार लेनका सडकमा समेत आकस्मिक जाँच गर्दै पक्राउ गर्न थालिएको छ । असंगठित क्षेत्रमा काम गरिरहेका खेती, माछा पालन क्षेत्र, बढी अबैध आप्रवासी बस्ने वा कागजात नभएकाहरु काम गर्ने क्षेत्र खोजी खोजी छापा हानिएका छन । त्यसैगरी नर्थ क्यारोलिना, टेक्सास, न्यूयोर्क, क्यालिफोनिया, ओहायो, मेरिल्याण्डबाट प्राप्त जानकारी अनुसार बढी आप्रवासी बस्ने क्षेत्रहरुमा सडकहरुका आकस्मिक चेकजाँच गर्दै पक्राउ अभियान तिब्र पारिएका छन । समान्यतय ठुलो दुर्घटना वा घटना घटेका बेला मात्रै त्यसरी रोड नै अवरुद्ध गरेर चेक जाँच गरिन्थ्यो तर अहिले सबैतिर आकस्मिक सडक जाँच गरेर पक्राउ गर्न थालिएको हो ।

    यसरी चेक जाँचको क्रममा एटलान्टा र ह्युस्टनमा केहि नेपाली विधार्थी पक्राउ परेको बताइए पनि पुष्टि हुन सकेको छैन । पक्राउपछि संपुर्ण सन्चारबाट बन्चित गरिने हुँदा को कहाँबाट कहिले पक्राउ परेको भन्ने विषयमा पर्याप्त जानकारी प्राप्त हुन सकेको छैन । नेपाली समुदायका मानिसहरु विधार्थी वा अन्य कागजात नभएकाहरुलाई कसरी मद्दत गर्ने भन्ने विषयमा कुनै निक्र्यौलमा नेपाली समुदायका अगुवाहरु पनि अन्यौलमा छन । केहि कानुन व्यवसायीहरुले भने आफ्नो आईडी साथ लिन सुझाएका छन । तर पनि पक्राउ परेकाहरुको विषयमा कुनै सरोकारवाला निकायले जानकारी नदिए पछि उनिहरुलाई सहयोग गर्न कठिन भैरहेको छ ।

    राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अबैध आप्रवासीमाथी चलाएको धरपकड र पक्राउ अभियानका कारण विधार्थीहरु काममा जान छाडेका छन । पक्राउसंगै कागजात नभेटिएका र अपराधिक गतिविधिमा संलग्नहरु द्रुत गतिमा डिर्पोटेसन गर्न थालीएपछि डराएर विधार्थीहरु काममा जान छोडेका छन भने व्यापार संचालकहरुले पनि केहि समय घरमै बस्न भन्दै विधार्थी र अन्य कामदारहलाई अनिश्चित समयका लागि विदा दिएका छन ।

    अमेरिकामा रहेका ग्यास स्टेसन र रेष्टुरेन्टहरुमा झण्डै ३० प्रतिशत कामदारहरु कागजात नभएका वा विधार्थीहरु काम गरी रहेको बताइन्छ । ट्रम्प प्रशासनले सेन्चुरी राज्य वा सिटीलाई पहिलो निसाना बनाएका छन । ती सन्चुरी सिटीहरुमा ट्रम्पको धरपकडका कारण स्थानीय प्रशासनको डरले ग्यास स्टेसन वा रेष्टुरेन्टहरुमा ग्राहकको आगमन नै कम हुन थालेका छन । खास गरी शहरी क्षेत्रमा धरपकटको कारण व्यापारमा असर परेको बताइन थालेको छ । असंगठित क्षेत्रमा काम गर्ने मान्छे अभाव भएकोले उत्पादन खर्च बढी रहेको बताइएको छ । जसका कारण ग्रोसरीका सामानमा महंगी शुरु भएको छ ।

    हरुले असहयोग गरिरहेको बताइएको छ । धरपकड तिव्र बनाएका कारण व्यापार सन्चालकहरुले जसरी यस अघि कागजात नभएका कामदारहरुलाई काममा लगाएका थिए उनिहरु काममा जान छोडेको र सन्चालहरुले नै बाध्यतावस केहि समय विदामा बस्न भन्दै कामदारहरुलाई अनिश्चित समयका लागि घर बस्न भनेका छन । जसबाट भारतीय, चाईनिज, नेपाली बंगाली, भियतनामिज, पाकिस्तानी मेक्सिकन, लगायत सन्चालक रहेका व्यापारहरुमा प्रत्यक्ष असर पर्न थालेको छ । कानुन व्यवसायीहरुले पनि यस्तो अवस्थामा विधार्थीहरुलाई आफ्नो स्टाटस जोगाउन सुझाव दिएका छन ।

    Post Views: 234
    प्रकाशित मिति: २०८१ माघ २२, मंगलवार ०७:४५
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.