• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१०४ अबैध भारतीय आप्रवासी सेनाको विमानबाट डिपोर्ट, अमेरिकामा १८ हजार अबैध भारतीय आप्रवासी !

  •  
  • २०८१ माघ २३, बुधबार २१:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा विना कागजात बसोवास गर्दै आएका भारतीय अवैध आप्रवासीहरूलाई लिएर अमेरिकी सेनाको एक विमान भारत पुगेको छ । उक्त विमान बुधबार अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि पहिलोपटक भारतीय नागरिकहरूको अमेरिकाबाट निर्वासन डिपोर्टेसन भएको हो।

    बीबीसीसँग भारतीय सुरक्षा अधिकारीहरूले भारत ल्याइपुर्‍याइएका व्यक्तिहरूको सूची जाँच गरिसकेको र त्यसमा कुनै कुख्यात अपराधी नरहेको जानकारी दिएका छन् । उनीहरूका अनुसार अमृतसर आइपुगेका केही व्यक्तिहरूलाई प्रहरीका गाडीमा उनीहरूका गाउँ लैजाने तयारी छ भने अरू राज्यका नागरिकलाई विमानमार्फत् घर पठाइनेछ ।

    उनले धेरै भारतीयहरू वैधानिक रूपमा वर्क परमिट लिएर अमेरिका गएका थिए, तर त्यो अनुमति म्याद समाप्त भएपछि उनीहरू अवैध आप्रवासीको श्रेणीमा परेका स्पष्ट पारेका छन् । ‘यी भारतीयहरूले अमेरिकी अर्थतन्त्रलाई योगदान दिएका छन्, त्यसैले उनीहरूलाई डिपोर्ट गर्नुभन्दा नागरिकता दिनुपर्थ्यो,’ उनले भने ।

    डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने कार्यमा अमेरिकी सेनाको प्रयोग गरिएको छ, जसलाई असामान्य कुरा मानिन्छ। अमेरिका(मेक्सिको सीमामा आप्रवासीहरूका लागि सैनिक कार्यालयहरू बनाइएको छ, जहाँ तिनीहरूलाई डिपोर्ट अघि राखिन्छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका आप्रवासीहरूलाई अमेरिकी सेनाको विमानबाट डिपोर्ट गरिसकिएको छ।

    सामान्यत अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने जिम्मेवारी अमेरिकी आप्रवासन विभागको हुन्छ, तर अहिले सेना प्रयोग गरिँदा खर्च बढेको छ। यसलाई आप्रवासीहरूको मानव अधिकारसँग पनि जोडेर व्याख्या गर्ने गरिन्छ । रोयटर्सका अनुसार गत हप्ता मात्र अमेरिकी सेनाले ग्वाटेमालाका नागरिकहरूलाई डिपोर्ट गर्दा प्रति यात्रु करिब ४ हजार ७०० अमेरिकी डलर खर्चिएको थियो । यो घटनाले अमेरिकी आप्रवासन नीतिमा कडाइ आउन सक्ने स्पष्ट संकेत गरेको छ, जसको प्रभाव भविष्यमा अन्य आप्रवासी समुदायहरूमा पनि पर्न सक्छ। एक तथ्यांक अनुसार अमेरिकामा यस्ता १८ हजार भारतीयहरू विना कागजात बसोवास गरिरहेका छन् ।

    गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका थिए । यस वार्तामा अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय आप्रवासीहरूको विषयमा ट्रम्पले चिन्ता व्यक्त गरेका थिए । यसबारे सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘हामी आशा गर्छौं कि अमेरिकाभित्र विना कागजात बसिरहेका भारतीयहरूको विषयमा भारतले सही निर्णय लिनेछ ।’ भारतीय प्रधानमन्त्री मोदी आगामी फेब्रुअरीमा अमेरिका भ्रमण गर्न सक्ने संकेत ट्रम्पले गरेका थिए । अमेरिकी विदेशमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि यो मुद्दा उठाएका थिए । जयशंकरले सञ्चारकर्मीसँग भने, ‘भारत अवैध आप्रवासनलाई कुनै हालतमा समर्थन गर्दैन। अवैध आप्रवासन विभिन्न अवैध गतिविधिहरूसँग जोडिएको हुन सक्छ, जसले हाम्रो प्रतिष्ठामा असर पार्छ ।’

    कुनै भारतीय नागरिक अमेरिकामा अवैध रूपमा बसोवास गरिरहेको पाइए र उनी भारतीय नागरिक रहेको पुष्टि भएमा तिनलाई कानुनी रूपमा फिर्ता ल्याउने प्रक्रियाका लागि भारत तयार रहेको उनको प्रतिक्रिया थियो ।

    Post Views: 193
    प्रकाशित मिति: २०८१ माघ २३, बुधबार २१:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.