• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनको अवैध आप्रवासी निर्वासनपछि निर्माण क्षेत्रमा व्यापक असर

  •  
  • २०८१ माघ २३, बुधबार २१:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अनुप खनाल

    ट्रम्प प्रशासनद्वारा अगाडि बढाइएको अवैध आप्रवासीहरूको निर्वासन अभियान विभिन्न उद्योगहरूमा असर पारिरहेको छ । तर यसको सबैभन्दा बढी प्रभाव निर्माण क्षेत्रमा देखिएको छ । कारण स्पष्ट छ ! निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूको ठूलो हिस्सा आप्रवासीहरूको रहेको छ । त्यसैले गर्दा यो अभियानले श्रम आपुर्तिमा गम्भीर असन्तुलन उत्पन्न भएको छ । अमेरिकामा जम्मा जनसंख्याको २.९% जनसंख्या निर्माण क्षेत्रमा कार्यरत छन् र जसको ३०% आप्रवासी श्रमिकहरू हुन् । अवैध आप्रवासीहरूको निष्कासनले श्रमिक अभाव बढाएको छ र जसका कारण मजदुरी दरमा उच्च गतिमा वृद्धि भइरहेको छ । हिजोका दिनमा एउटा साधारण लेवर दिनको ज्याला १६० डलरमा पाईन्थ्यो भने आज त्यहि साधारण लेवर २२५ डलर पुगेको छ । यदि यही अवस्था जारी रह्यो भने निर्माण व्यवसाय झन् प्रभावित हुनेछ । ठुला परियोजनाहरू महँगो हुनेछन् र निर्माण व्यवसायीहरूका लागि आर्थिक कठिनाइ सिर्जना हुनसक्छ ।

    निर्माण कार्य समयमै सम्पन्न गर्न दक्ष श्रमिकहरूको आवश्यकता पर्छ । तर ठुलो संख्यामा श्रमिकहरूको निष्कासनले निर्माण साइटहरूमा कामदारको अभाव देखिएको छ । उदाहरणका लागि हाल फ्लोरिडा र टेक्सस राज्यका ठुला परियोजनाहरूमा श्रमिक अभाव स्पष्ट रूपमा देखिन थालेको छ र यसको प्रभाव विस्तारै अन्य राज्यहरूमा पनि फैलिदैछ । यसका कारण धेरै परियोजनाहरूमा ढिलाइ हुन थालेको छ, जसको कारण निर्माण व्यवसायलाई थप जटिल बनाएको छ ।
    विशेष गरी साना तथा मध्यम ठेकेदारहरूका लागि यो अवस्था निकै चुनौतीपुर्ण भएको छ । खास गरि यो अवस्थामा ठुला निर्माण कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनुका साथै नयाँ श्रमिक भर्ती गर्न महँगो र झन्झटिलो प्रक्रिया हुने गरेको छ । साथै निर्माण परियोजनाहरूमा गर्न पनि कठिन हुँदै गएको छ । जब निर्माण परियोजनाहरूमा ढिलाइ हुन्छ, त्यसको असर आपूर्ति संख्यामा पर्न थाल्छ । जसले गर्दा निर्माण सामग्रीको माग वृद्धि हुन्छ र मूल्यवृद्धि हुने सम्भावना उच्च हुन्छ । साथै निर्माण अनुमतिहरू लिने प्रक्रियाहरू झन् झन्झटिलो भइरहेकाले व्यवसायीहरूलाई थप चुनौती थपिएको छ ।

    अवैध आप्रवासीहरूको निर्वासन अभियानले निर्माण उद्योगमा गम्भीर प्रभाव पारिरहेको छ। कामदारको अभाव, मजदुरी दरमा वृद्धि, परियोजनाहरूमा ढिलाइ, ठेकेदारहरूलाई चुनौती, निर्माण सामग्रीको मूल्यवृद्धि र निर्माण अनुमति प्रक्रिया झन्झटिलो हुनु जस्ता समस्याहरूले निर्माण व्यवसायलाई दीर्घकालीन रूपमा प्रभावित पार्ने सम्भावना देखिएको हो ।
    त्यसैले ट्रम्म प्रशासनले तुरुन्तै उचित नीति अवलम्बन गर्न आवश्यक छ । वैध आप्रवासी श्रमिकहरूको व्यवस्थापन, नयाँ श्रमिकहरूलाई तालिम दिने कार्यक्रमहरूलाई तीव्रता र निर्माण अनुमतिहरू लिने प्रक्रिया सरल बनाउनु अत्यावश्यक छ । यदि समयमै समाधान खोजिएन भने, अमेरिकी निर्माण उद्योगले गम्भीर संकट भोग्नु पर्नेछ ।
    जनरल कन्ट्याक्ट्रर लेखक खनाल माउण्ट मकालु कन्स्ट्रक्सनका सन्चालक हुन । यो लेख उनको आफ्नो अनुभवमा आधारित छ ।

    Post Views: 224
    प्रकाशित मिति: २०८१ माघ २३, बुधबार २१:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.