• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका -मेक्सिको सिमामा यसरी निर्माण भईरहेको छ अग्लो पर्खाल (भिडियोसहित)

  •  
  • २०८१ माघ २६, शनिबार १२:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन गतिमा अबैध आप्रवासी पक्राउ गरिहेका छन त्यहि गतिमा सिमामा पर्खाल लगाउने कार्य पनि धमाधम भईरहेको छ । पर्खा लगाएर सिमा सुरक्षित गर्ने उनको बहुचर्चित मेक्सिको अमेरिका सिमामा पर्खाल लगाउने योजना अघिल्लो चारबर्षे कार्यकालमा ४३८ माईल पर्खाल लगाएका थिए भने यो कार्यकालमा कति लगाउँछन त्यो हेर्न बाँकी छ ।

    अमेरिका र मेक्सिकोबीच सिमा १९५४ माईल अर्थात ३१४५ किमि लामो छ । अमेरिकी भूमिबाट मेक्सिकोमा यात्रा गर्न सकिन्छ । जसमा कुल ५२ वटा मार्गहरु छन्, जसमा ८ वटा रेलमार्ग, ४३ वटा सडक मार्ग, २४ वटा पुल, २ बाँध, र १७ सडक र १ वटा फेरी छन् । जुन भौगोलिक अवस्था छ त्यसमा मेक्सिकन सिमाबाट अमेरिका आउनेहरुलाई रोक्न निकै असजिलो काम हो । जसमा शहरी क्षेत्रहरू र मरुभूमिहरू समावेश छन् । मेक्सिकोको खाडीदेखि टेक्सासको एल पासोसम्मको सिमाना रियो ग्रान्डे नदीलाई पछ्याउँछ, जुन एक प्राकृतिक अवरोध हो ।

    टेक्सासले कुनै पनि अमेरिकी राज्यभन्दा लामो सिमाना मेक्सिकोसँग साझा गर्छ । टेक्सासका २५४ काउन्टीहरूमध्ये ३२ (१२.६%) टेक्सास–मेक्सिको सिमानाबाट १०० माइलभित्र पर्दछन् । मेक्सिकन अमेरिकामा मात्रै होईन की अनुमानित एक करोड ६० लाख अमेरिकी नागरिक मेक्सिकोमा बसोबास गर्छन्, र अमेरिकी पर्यटकहरूको लागि मेक्सिको शीर्ष विदेशी गन्तव्य हो । बनेका अग्ला पर्खालमा लामो भर्याड लगाउने, कतिले टुलो अत्याधुनिक मेसिनले पर्खालको बीम काटेर पनि सिमा पार गर्ने गरेको भेटिएका छन । त्यसमा उपल्लो स्तरको मानव तस्करीहरुको संलग्नता पाइएको छ ।

    टम्पको एउटै उदेश्य सीमामा पर्खाल निर्माण गर्नू र शरणार्थीहरूका लागि प्रतिबन्ध लगाउनु । सिमानामा निरन्तर आइरहेका आप्रवासीहरूको लहरले अमेरिकी आप्रवासन प्रणालीलाई चाप बढाइरहेको छ र संघीय कार्यान्वयन क्षमताहरूको परीक्षा लिइरहेको छ । पछिल्लो दशकमा अमेरिकी आप्रवासन प्रणालीमा चर्को दबाब परेको छ । सन् २०२० मा कोभिड–१९ महामारीका कारण आप्रवासी आगमनको संख्या घटे पनि त्यसपछि गैरकानुनी सीमापार गर्ने संख्यामा कीर्तिमानी वृद्धि भयो । २०२३ मा अमेरिकी आप्रवासन अधिकारीहरूले अमेरिकी–मेक्सिको सीमामा करिब २५ लाख आप्रवासीलाई पक्राउ गरे, जुन अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो । आप्रवासीहरू उत्तरी त्रिकोणका देशहरू (एल साल्भाडोर, ग्वाटेमाला, र होन्डुरस) बाट आएको देखियो ।

    अन्य प्रमुख आप्रवासी मूल देशहरूमा कोलम्बिया, इक्वेडर, हाइटी, र भेनेजुएला छन् । दक्षिणी अमेरिकी सिमा, जुन लगभग दुई हजार माइलको लम्बाइमा क्यालिफोर्नियाको दक्षिणी भागदेखि टेक्सासको दक्षिणी टुपीसम्म फैलिएको छ, सधैं सीमाबद्ध सुरक्षा एजेण्टहरूको मुख्य चिन्ता क्षेत्र भएको छ । एरिजोना, क्यालिफोर्निया, न्यू मेक्सिको र टेक्सासका नौवटा सीमा क्षेत्रहरूमा, २०२० पछि सबैभन्दा बढी पक्राउ गरिएको स्थान टेक्सासको रियो ग्रान्डे भ्याली सेक्टर हो, जुन सीमाको पूर्वी भागमा पर्दछ । यसपछि दक्षिण–पश्चिमी टेक्सासको डेल रियो क्षेत्रको स्थान आउँछ । विश्वभर आई रहेको अािर्थक मन्दि र अमेरिकी सपना पछ्याउनेहरुका लागि पर्खाल नाग्नु ठुलो कुरा होईन, उनिहरुले भनेका छन की भोकभोकै मर्नु भन्दा अमेरिका पुगेर जेल पर्नु उचित हो ।

    भिडियो साभार
    Saori Takashima youtube channel

     

    Post Views: 163
    प्रकाशित मिति: २०८१ माघ २६, शनिबार १२:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.