• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डब्लूटीओको सेवा व्यापार परिषद् अध्यक्षमा नेपाली राजदूत सुवेदी निर्वाचित

  •  
  • २०८१ माघ २८, सोमबार ०३:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्र संघ (जेनेभा) का लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को काउन्सिल फर ट्रेड इन सर्भिसेस (सीटीएस) अध्यक्ष निर्वाचित भएका छन् ।

    डब्लूटीओको गत शुक्रबार भएको जनरल काउन्सिल बैठकले सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । जनरल काउन्सिल अध्यक्ष पिटर ओल्बर्गले डब्लूटीओका विभिन्न समिति अध्यक्षहरूको निर्वाचनका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा डब्लूटीओ सदस्यहरूले समर्थन गरेपछि सुवेदी उक्त पदमा निर्वाचित भएका हुन् ।

    सीटीएस डब्लूटीओको सेवा व्यपारसँग सम्बन्धित जनरल एग्रिमेन्ट अन द ट्रेड इन सर्भिसेस (ग्याट्स) कार्यान्वयनका लागि ग्याट्सको धारा २४ अन्तर्गत गठित निकाय हो । यसलाई डब्लूटीओका परिषदमध्ये महत्त्वपूर्ण मानिन्छ ।

    यसले नेपाललाई ग्याट्सको उद्देश्य प्राप्त गर्न डब्लूटीओ सदस्यबीच बृहत सहकार्य अगाडि बढाउने अवसर प्राप्त भएको जेनेभास्थित नेपाली दूतावासले जनाएको छ ।

    यसअघि गत वर्ष सुवेदी कमिटी अन ट्रेड अन डेभलपमेन्ट अध्यक्ष निर्वाचित भएका थिए । सन् २००४ मा नेपालले डब्लूटीओ सदस्यता प्राप्त गरेपछि पहिलो पटक उक्त संगठनको (टायर– १) तहको कमिटी अध्यक्षमा नेपाल निर्वाचित भएको थियो । त्यसको एक वर्षपछि यसपालि उनी अर्को महत्त्वपूर्ण परिषद् अध्यक्ष निर्वाचित भएका हुन् ।

     

    डब्लूटीओ सदस्यबीच सेवा व्यापार क्षेत्रमा सहमति र सहकार्य अभिवृद्वि गर्ने अवसर नेपाललाई  प्राप्त भएको छ । सन् २०२६ फेब्रुअरीमा अफ्रिकी देश क्यामरुनमा हुन लागेको डब्लूटीओको १४औ मन्त्रिस्तरीय बैठक सिलसिलामा यसका सदस्यबीच सेवा व्यापार क्षेत्रमा छलफल गराइ निष्कर्ष निकाल्ने अवसर पनि सुवेदीलाई प्राप्त भएको छ ।

    अतिकम विकसित मुलुकका प्रथिमकताका विषय खास गरी ‘सर्भिस वेभर’ प्रभावकारी कार्यान्वयन गर्न र नेपाल लगायत २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट स्तरोन्नति हुने क्रममा रहेकाका हकमा यो सुविधा निरन्तरताका लागि सहजीकरण गर्न महत्त्वपूर्ण हुने देखिने दूतावासले जनाएको छ ।

    राजदूत सुवेदीले सीटीएस अध्यक्षको जिम्मेवारी यस वर्ष दोस्रो नियमित बैठकबाट सरु गर्नेछन् भने २०२६ पहिलो नियमित बैठकसम्म उनी पदमा रहनेछन् ।

    हाल जेनेभास्थित राष्ट्र संघका लागि नेपालको स्थायी मिसनमा उपसचिव दुर्गाप्रसाद भुसालले वाणिज्य क्षेत्र हेरिरहेका छन् । उनले डब्लूटीओमा नेपालका तर्फबाट महत्त्वपूर्ण विषयमा समन्वय गरिरहेका छन् ।

    Post Views: 497
    प्रकाशित मिति: २०८१ माघ २८, सोमबार ०३:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.