• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

फलामको विशाल पर्खाल नै काटेर अमेरिका छिर्छन अबैध आप्रवासीहरु (भिडियोसहित)

  •  
  • २०८१ माघ २९, मंगलवार ०७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    लाखौ खर्च गरेर हजारौ किलोमिटर बाटो तय गरेर अमेरिका आउनेहरु जव अमेरिकी सिमामा आई पुग्छन, उनिहरुका लागि अमेरिका नछिरी फर्किने कुरा जीवन मरणको सवाल बन्ने गर्दछ । एक अनुसन्धान अनुसार सिमामा आई पुगेका आप्रवासी ज्यान गए जाओस तर फर्किन्न भन्ने जवाफ ९९ प्रतिशतले दिने गरेको ह्यूमन बोर्डर्सले जनाएको छ । त्यसैले पछिल्लो समय सार्वजनिक भएको एक अध्ययन अनुसार आप्रवासनलाई पर्खालले छेक्दैन । त्यहि सावित भएको छ अमेरिकाको एरिजोना र मेक्सिको सिमाका सयौं घटनामा । राष्ट्रपति ट्रम्पले लगाएको पर्खाल नै काटेर बर्सेनी हजारौ आप्रवासी अमेरिका छिरिरहेका छन । पर्खाल काटेर छिर्नेको एकिन तथ्यांक त छैन तर हजारौ आप्रवासीलाई दलालहरुले पर्खाल काटेर अमेरिका छिराउने गर्दछन ।


    लामो सिमाना भएको कारण अमेरिकातर्फका सुरक्षा निकाय आँखा छलेर पर्खाल लगाएको स्थानमा दलालहरुको समुहले विशाल रड काट्न मिल्ने औजार र जेनेरेटर नै ट्रकमा बाकेर सिमामा आउँछन र केहि मिनेटमा पर्खालका बिचबिचका विशाल खम्बा काटेर आफुसंगै दर्जन गाडीमा ल्याइएका मानिसहरु त्यहि पर्खाल काटेर बनाइएको खाली ठाउँबाट अमेरिका छिराउँछन ह्यूमन बोर्डर्सले जनाएको छ । यस्ता घटना प्राय रातको समयमा हुने गरेको बताइन्छ बोडर्सका अनुसार त्यो काम केहि मिनेटमा पर्खाल काटेर आफ्ना मानिस अमेरिका छिराएर उनिहरु क्षणभरमानै बेपत्ता हुन्छन । अमेरिकातर्फ छिरेकाहरु आफन्त वा नजिकका मानिसको सम्र्पकमा पुग्छन । अमेरिकी भुमिमा पुगेपछि अमेरिकातर्फका सुरक्षाकर्मीले पक्राउ नै गरे पनि निश्चित प्रक्रिया पुरा नगरी फिता पठाउन नमिल्ने भएकाले दलालहरुले अमेरिकी भुमिमा पुर्याउन अर्वो डलर खर्च गरेर बनाइएका विशाल फलामे पर्खाल काट्न पछि पर्दैनन ।

    मेक्सिको अधिकांश आप्रवासन पर्खाल भएको स्थानबाटै हुन्छ । साधारण धातु कटर र जेनेरेटरको प्रयोगले पर्खाल छिनाल्न सकिन्छ । मानिसहरू पर्खालमुनि सुरुङ खनेर वा माथिबाट ठुला ठुला भर्याड प्रयोग गरेर अमेरिका छिर्ने गरेका सयौं उदाहरण छन । पर्खाल निर्माण महँगो (प्रति माइल २० मिलियन डलर) छ, र यसले वन्यजन्तु र वातावरणलाई हानी पु¥याउँछ बोडर्सले बताउँदै आएको छ । अर्थ ओर्गन पाइप राष्ट्रिय पार्कको सुन्दर तर कठिन भूभाग पार गर्नु आप्रवासीका लागि कठिन छ । जुन एरिजोनासंग मेक्सिको ३० माइल लामो सीमा पर्दछ । यी दुई पक्षहरूलाई ३० फिट अग्लो स्टिलका पाताहरूले बनेको पर्खालले छुट्याएको छ । जसको निर्माणमा अरबौं डलर खर्च भयो र महत्ववपूर्ण वातावरणीय र सामाजिक हानि गरायो । तर त्यो भयानक अग्लो स्टीलका बारहरु आप्रवासीले सुरक्षामर्कीको आँखा छलेर सजिलैसँग व्यावसायिक रूपमा उपलब्ध आरा प्रयोग गरी पर्खाल काट्छन् जुनपछि अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाद्वारा नियुक्त ठेकेदारहरूले मर्मत गर्ने दोहोरी चल्दछ । रातारात बार काटेर अमेरिका छिर्नेहरुमध्ये ८, १० प्रतिशत मात्रै हो सिमा क्षेत्रमा पक्राउ पर्नेहरु अरु सबै भागेर गन्तव्यमा पुग्दछन ।

    जुन भौगोलिक अवस्था छ त्यसमा मेक्सिकन सिमाबाट अमेरिका आउनेहरुलाई रोक्न निकै असजिलो काम हो । जसमा शहरी क्षेत्रहरू र मरुभूमिहरू समावेश छन् । मेक्सिकोको खाडीदेखि टेक्सासको एल पासोसम्मको सिमाना रियो ग्रान्डे नदीलाई पछ्याउँछ, जुन एक प्राकृतिक अवरोध वा बार हो । त्यहि नदिबाट पनि कयौं मानिसहरु अमेरिका प्रवेशको कोशिस गर्दछन र बर्षेनी नदिले बगाएर कयौको ज्यान जाने गरेको छ ।

    अमेरिका र मेक्सिकोबीच सिमा १९ सय ५४ माईल अर्थात ३१४५ किमि लामो छ । त्यो लामो जुनसुकै विन्दुबाट अमेरिकी भूमिमा मेक्सिकोबाट यात्रा गर्न सकिन्छ । जसमा कुल ५२ वटा मार्गहरु छन्, जसमा ८ वटा रेलमार्ग, ४३ वटा सडक मार्ग, २४ वटा पुल, २ बाँध, र १७ सडक र १ वटा फेरी छन् । त्यहि मार्गमा पर्खाल निर्माण दु्रत गतिमा भईरहेको छ ।

    Post Views: 136
    प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार ०७:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.