• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी यी आठ राज्यहरूले विद्यालयमा सेलफोनमा प्रतिबन्ध गर्दैछ !

  •  
  • २०८१ माघ २९, मंगलवार १०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेसनल सेन्टर फर एजुकेसन स्ट्याटिस्टिक्सका अनुसार राष्ट्रिय रूपमा ७७ प्रतिशत अमेरिकी स्कुलहरूले गैरशैक्षिक प्रयोगको लागि स्कुलमा सेलफोन निषेध गरेका छन् । तर, त्यो संख्या भ्रामक छ । यसको मतलब यो होइन कि विद्यार्थीले ती प्रतिबन्धलाई पालना गरेका छन् । अर्थात्, सबै विद्यालयहरूले प्रतिबन्धलाई कार्यान्वयनमा ल्याएका छैनन् । फोन फ्री स्कुल मुभमेन्टका सहसंस्थापक किम ह्विटम्यानका अनुसार प्रतिबन्धको मुद्दालाई लिएर अभिभावक र शिक्षक दुवै पक्ष सकारात्मक छन् । किनकि उनीहरू मोबाइलकै कारण बच्चाहरूको खस्कँदो नतिजालाई लिएर तनावमा छन् । ‘तपाईं ठुलो वा ग्रामीण जुनसुकै सहरमा बसे पनि स्कुलको समयमा बच्चाहरूलाई फोन र सोसल मिडियाको दबाबबाट सात घण्टाको ब्रेक चाहिन्छ,’ उनले भनिन् ।

    कुन–कुन राज्यले लागू गर्दै छन् प्रतिबन्ध ?
    कम्तीमा आठ राज्यहरू– क्यालिफोर्निया, फ्लोरिडा, इन्डियाना, लुइसियाना, मिनेसोटा, ओहायो, साउथ क्यारोलिना र भर्जिनियाले विद्यालयमा विद्यार्थीको सेलफोन प्रयोगमा प्रतिबन्ध लगाउने कदम चालेका छन् । उनीहरूको कदमलाई अभिभावकहरूले स्वागत गरेका छन् । तर, राज्यपिच्छे नीतिहरूको दायरा व्यापक छ । फ्लोरिडा विद्यालय समयमा सेलफोनमा रोक लगाउने पहिलो राज्य बन्यो । उक्त राज्यले २०२३ मा एउटा कानुन पारित गर्‍यो, जसअनुसार सबै सार्वजनिक विद्यालयले कक्षाको समयमा सेलफोन प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ र जिल्ला वाइफाईमा सोसल मिडियाको पहुँच रोक्न आवश्यक छ ।

    धेरै अन्य राज्यहरूले फोनहरू प्रतिबन्धित गरेका छैनन्, तर काउन्टीका विभिन्न विद्यालयलाई त्यस्ता प्रतिबन्धहरू लागू गर्न प्रोत्साहित भने गरेका छन् । ती राज्यले दिनको समयमा फोन सेट विद्यार्थीलाई उपलब्ध नगराउन विद्यालयहरूलाई उत्प्रेरित गरेका छन् । स्यान्डर्सले गत वर्ष एक पायलट कार्यक्रम घोषणा गरे जसअनुसार फोन–मुक्त नीतिहरू अपनाउने विद्यालयहरूलाई अनुदान प्रदान गर्न थालियो । १०० भन्दा बढी विद्यालयहरूले यस कार्यक्रममा हस्ताक्षर गरे । यस हप्ता उनले पूर्ण प्रतिबन्धको प्रस्ताव गरे । ‘हामी हाम्रा विद्यालयहरूमा सेलफोनहरू प्रतिबन्धित गर्नेछौं, घण्टी बजाउनेछौं, ताकि हाम्रा बच्चाहरू कक्षामा वा बाहिरबाट विचलित नहोस्’ स्यान्डर्सले भने ।

    हालै प्रतिबन्धको लागि आह्वान गर्ने अन्य गभर्नरहरूमा न्यू ह्याम्पशायरकी केली अयोटे (जसले यस महिना शपथ लिएकी थिइन), आयोवाका गभर्नर किम रेनोल्ड्स र नेब्रास्काका गभर्नर जिम पिलेन छन् । न्युयोर्कका गभर्नर क्याथी होचुलले सुझाव दिएकी छिन् कि उनले राज्यव्यापी नीति खोज्नेछिन्, तर विशेष प्रस्ताव भने गरेकी छैनन् ।

    प्रतिबन्धको विरोध कस्तो ?
    सेलफोन प्रतिबन्धले केही राज्यका विद्यालयहरूले अभिभावकहरूको विरोधको सामना गर्नुपरेको छ । सेलफोनले आपत्कालीन अवस्थामा आफ्ना बच्चाहरूलाई सीधै सम्पर्क गर्न सहज बनाएको केही अभिभावकको तर्क छ । कतिपय अभिभावकहरूले हालै भएका विद्यालय गोलीकाण्डलाई औँल्याएका छन् जहाँ सेलफोनमा पहुँच हुँदा आफ्ना प्रियजनहरूसँग कुराकानी गर्न सक्छन् । तर, प्रतिबन्धका समर्थकहरूले भनेका छन् कि विद्यार्थीहरूको फोनले विद्यार्थीहरूलाई विचलित गरेर आपत्कालीन समयमा थप खतरा निम्त्याउन सक्छ ।

    प्रतिबन्धको विरोध गर्ने अभिभावकले फोनले आफ्ना बच्चाहरूलाई आकस्मिक र महत्वपूर्ण विषयमा सञ्चार गर्न सहयोग गर्ने भएकाले विद्यालयमा फोन दिनु आवश्यक भएको तर्क गरेका छन् । नेसनल पेरेन्ट्स युनियनका अध्यक्ष केरी रोड्रिग्सले आफू बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएको खतराका बारे सचेत रहेको, तर राज्यले खोजेको प्रतिबन्धले धेरै बहस निम्त्याएको बताउँछिन् । विद्यालयको दिनमा मोबाइलमा प्रतिबन्ध लगाउनाले धम्की वा सामाजिक सञ्जालका खतराजस्ता अन्तर्निहित समस्या समाधान नगर्ने उनी बताउँछिन् ।

    Post Views: 183
    प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार १०:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.