• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त

  •  
  • २०८१ फाल्गुन २, शुक्रबार ०७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता एमनसिंह बोहोराले कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्तिको निर्णय गरेको बताए । क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो ।

    समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ । प्रतिस्पर्धाको आधारमा नियुक्तिका लागि दरखास्त आह्वान गर्ने, मूल्यांकन गर्ने गरी कार्यविधिसमेत जारी भएको छ । सोही प्रक्रियाबाट त्रिविले ८ डिनको नियुक्तिसमेत गरिसकेको छ ।

    त्रिवि प्रवक्ता बोहाराकाअनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ क्याम्पस प्रमुख नियुक्त भएका छन् । त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्री प्रमुख नियुक्त भएका छन् ।रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी, सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव नियुक्त गरिएको छ ।

    त्यस्तै डोटी बहुमुखी क्याम्पसमा सहप्राध्यापक दिलानन्द जोशी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा उपप्राध्यापक टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पसमा उपप्राध्यापक प्रकाशचन्द्र खत्री, वनविज्ञान अध्ययन संस्थान पोखरामा सहप्राध्यापक नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा उपप्राध्यापक रामकुमार श्रेष्ठ नियुक्त भएका छन् । पक्लिहवा क्याम्पसमा सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पस झापामा सहप्राध्यापक देवीप्रसाद आचार्य, केन्द्रीय प्रविधि क्याम्पस धरानमा प्राध्यापक बसन्तकुमार राई र धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा सुदर्शन सिलवाल क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

    त्रिवि कार्यकारी परिषद्ले गत असोजमै छनोट तथा सिफारिस समिति गठन गरेको भए पनि सिफारिस र नियुक्तिमा भने ढिलाई हुँदै आएको थियो । धेरै वटा क्याम्पसमा एकै पटक नियुक्ति गर्न लाग्दा प्रक्रिया लामो भएको भन्दै आलोचना हुँदै आएको थियो । यी क्याम्पसमा निमित्त क्याम्पस प्रमुखको व्यवस्था हुँदै आएको थियो ।

    त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।

    Post Views: 127
    प्रकाशित मिति: २०८१ फाल्गुन २, शुक्रबार ०७:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.