• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालीसहित सबा सय अबैध आप्रवासी पानमा देशमा डिर्पोट, नेपालीको संख्या एकिन छैन !

  •  
  • २०८१ फाल्गुन ४, आईतवार ०५:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अब तल्लो बाटो भएका अमेरिका आउन चाहने नेपालीहरुले थाहा पाउनु पर्ने भएको छ की अमेरिकाले डिर्पोर्ट गर्दा तेश्रो राष्ट्रमा डिर्पोट गर्न थालेको हो । यो अबैध आप्रवासीका लागि निकै चुनौतिपुर्ण र खतरनाक मानिन्छ । तल्लो बाटो हुँदै अमेरिका आएका अफ्रिका र नेपालसहित एसियाका अवैध आप्रवासीहरूलाई पानामा देशमा डिपोर्ट गर्न सुरु गरेपछि आप्रवासनमा नयाँ चुनौति थपिएको बताइन्छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार बुधबार र विहिबारको उडानमा अफगानिस्तान, चीन, भारत, इरान, नेपाल, पाकिस्तान, श्रीलंका, टर्की, उज्बेकिस्तान र भियतनामका ११९ व्यक्तिहरू पहिलो पल्ट तेश्रो मुलुकमा डिर्पोट गरेको छ । नेपाली वा अन्य देशका नागरिकलाई फरक देशमा डिर्पोट गरिएको यो पहिलो पटक हो । त्यसमा कति जना नेपाली हुन भन्ने खुल्न सकेको छैन ।

    जसलाई ट्रम्प प्रशासनको सामूहिक डिपोर्टेसन अभियानको ठूलो कूटनीतिक उपलब्धि मानिएको छ । बुधबार, अमेरिकी सैन्य उडानमार्फत अमेरिकी आप्रवासन हिरासतमा रहेका एसियाली आप्रवासीहरूलाई पानामा पठाइएको हो । ट्रम्प प्रशासनअन्तर्गत यो प्रकृतिको पहिलो डिपोर्टेसन मानिएको छ । उक्त समूहमा अफगानिस्तान, चीन, भारत, इरान र उज्बेकिस्तानका वयस्क तथा परिवारसहितका बालबालिकाहरू सामेल भएको बताइएको छ ।

    बिहीबार पनि अर्को अमेरिकी सैन्य उडानमार्फत थप एसियाली आप्रवासीहरूका साथै अफ्रिकी आप्रवासीहरूलाई पनि पानामा पठाइएको छ । दस्तावेजहरूका अनुसार तीमध्ये केही क्यामरुनका आप्रवासीहरू छन् । बिहीबार पानामाको विदेश मन्त्रालयले ट्रम्प प्रशासनसँगको सम्झौताअन्तर्गत बुधबार र बिहिबार उडान आएको पुष्टि गरेको छ । उक्त सम्झौताले अमेरिकालाई गैर–पानामेली आप्रवासीहरूलाई पानामा पठाउने अनुमति दिने र त्यहि अनुसार जुनबाटो हुँदै अमेरिका आयो त्यहि देशमा डिर्पोट गर्ने संझौता अनुसार पठाइएको सीबीएस न्यूजले जनाएको छ । सम्झौताअन्तर्गत डिपोर्टेसन सबै खर्च अमेरिकी सरकारले व्यहोर्ने बताइएको छ ।

    पछिल्ला वर्षहरूमा ठूलो मात्रामा आप्रवासनको मार्ग बनेको पानामामा डिपोर्टेसन पठाइनु ट्रम्प प्रशासनका लागि अवैध आप्रवासन नियन्त्रण गर्न एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ । अमेरिकाले अफ्रिका र एसियाबाट आएका आप्रवासीहरूलाई डिपोर्ट गर्न लामो समयदेखि कठिनाइ झेल्दै आएको छ । पूर्वी गोलाद्र्धका टाढाका देशहरूमा डिपोर्ट गर्नुपर्ने दूरी तथा त्यहाँका सरकारहरूले अमेरिकी डिपोर्टेसन उडानहरू अस्वीकार वा सीमित गर्न खोजेकाले समस्या भइरहेको थियो । द न्यूयोर्क टाइम्सले बुधबारका एसियाली आप्रवासीहरूको डिपोर्टेसनको पहिलो रिपोर्ट प्रकाशित गरेको थियो । स्मरणीय रहोस साना र लामो दुरीका देशमा डिर्पो गर्न प्रतिव्यक्ति १० हजार डलरभन्दा बढी खर्च लाग्न्े भएकाले पनि अमेरिकाले नजिकका देशहरुमा डिर्पोट शुरु गर्न चाहान्थ्यो । कारण तल्लो बाटो हुन्दै आएका तिनीहरु जुन बाटोबाट आएका हुन त्यहि फर्काउने नीति अनुसार गरिएको बताईन्छ ।

    यी उडानहरूले ट्रम्प प्रशासनले अन्य देशहरूलाई आफ्नो देशका नागरिक नभएका आप्रवासीहरू स्वीकार गर्न दबाब दिइरहेको देखाउँछ । अमेरिकाले यसअघि एल साल्भाडोर र ग्वाटेमालालाई आफ्ना देशका नागरिक नभएका आप्रवासीहरूलाई स्वीकार गर्ने सम्झौतामा सहमत गरिसकेको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले त अमेरिकी प्रशासनद्वारा निष्कासित भेनेजुएलाको आपराधिक समूहका सदस्यहरूलाई समेत स्वीकार गर्न तयार रहेको बताएका छन् ।
    अमेरिकाबाट नजिक र सस्तोमा डिर्पोट गर्न ट्रम्प प्रशासनले अझ धेरै डिपोर्टेसन सम्झौताहरूका लागि दबाब दिइरहेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, एक योजना अन्तर्गत तेस्रो मुलुकका नागरिकहरूलाई दक्षिण अमेरिकी राष्ट्र गायनामा पठाउने विचार समेत गरिएको थियो ।

    पानामाले डिपोर्टेसन स्वीकार गरेको बेला ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण पानामा नहर पुनः अमेरिकी नियन्त्रणमा ल्याउने इच्छा व्यक्त गरेका छन् । अमेरिकाले सन् १९९९ मा पानामा नहर पानामालाई हस्तान्तरण गरेको थियो । पानामाका नेताहरूले ट्रम्पको यस विचारलाई सिधै अस्वीकार गर्दै अमेरिकी अधिकारीहरूले नहरमा चीनको प्रभावबारे गरेका दाबी अस्वीकार गरेका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पानामा गरेका थिए । गत हप्ता अमेरिकी विदेश मन्त्रालयले अमेरिकी सैन्य जहाजहरूलाई नहर पार गर्न निःशुल्क अनुमति दिने सम्झौता भएको बताएको थियो । तर, पानामाका राष्ट्रपतिले यस्तो कुनै सम्झौता नभएको बताउँदै विदेश मन्त्रालयको दाबी गलत भएको उल्लेख गरे । अमेरिका आउने मुख्य बाटो भएको कारण अमेरिकाजस्तै पानामाले पनि पछिल्ला वर्षहरूमा गम्भीर आप्रवासन चुनौतीहरूको सामना गरिरहेको छ । दारियन ग्याप, पानामा र कोलम्बियाबीच रहेको एक समय अप्ठ्यारो मानिएको घना जंगल क्षेत्र, हाल मध्य अमेरिका हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रमुख मार्ग हो । जहाँ बर्षेनी हजारै मारिन्छन, लुटिन्छन र आफ्नो मुलुक सुरक्षा चुनौति व्यहोरी रहेको बताएका छन ।

    सन् २०२३ मा ५ लाखभन्दा बढी आप्रवासी, जसको अधिकांश भेनेजुएलाबाट आएका थिए, उक्त जंगल हुँदै पानामा पुगेका थिए । सन् २०२४ मा यो संख्या घटेर ३ लाख पुगेको जनाइएको छ । यसरी तेश्रो देशमा डिर्पोट हुँदा त्यो देशमा शरणार्थीको रुपमा बस्नुपर्ने त छँदैछ त्यो भन्दा पनि लाखौ रुपिया दलाललाई तिरेर अमेरिका आएकाहरु मुलुक फर्किन निकै कठिनाई हुने देखिन्छ । यस अघि नेपालीलाई नेपाल नै डिर्पोट गरिन्थ्यो जसकाकारण कति नेपाली डिर्पोट भयो भन्ने थाहा हुन्थयो अब नेपालको कुटनीतिक सम्बन्ध नभएका ती तेश्रो मुलुकमा नेपाली डिर्पोट हुन थालेपछि अर्को चुनौ थपिएको हो । स्मरणीय रहोस ती कतिपय देशसंग नेपालको कुटनीतिक सम्बन्ध छैन ।

    Post Views: 207
    प्रकाशित मिति: २०८१ फाल्गुन ४, आईतवार ०५:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.