• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अबैध आप्रवासीलाई रोजगारी वा शरण दिए पनि पक्राउ हुने

  •  
  • २०८१ फाल्गुन १०, शनिबार ०९:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    ट्रम्प प्रशासनले आफ्नो अनुमान अनुसार अबैध आप्रवासी पक्राउ र डिपोर्ट गर्न नसकेपछि अबैध आप्रवासीलाई काम दिने र शरण दिनेलाई पनि पक्राउ गर्न थालेको छ । आईसले खासगरी आप्रवासीको बसाई बाक्लो भएका स्थानहरुमा छापा मार्ने कामलाई तिव्रता दिएर अबैध आप्रवासी काम गर्ने सम्भावित स्थानहरुमा छापा हान्दै अबैध आप्रवासी र उसलाई शरण वा काम दिने दुवै पक्षलाई पक्राउ शुरु भएको छ । अब यहि अवस्था रहेमा आफन्त वा नातेदार वा कसैलाई सहयोग गर्छु भनेर आफ्नो डेरा वा घरमा कागजात नभएका मानिसहरु राखेको बेला छापा हानेको खण्डमा जवाफदेहि हुनुपर्ने अवस्था श्रृजना भएको छ ।

    गत हप्ता म्याकालेन, टेक्सासबाट अबैध आप्रवासीलाई लुकाएको वा शरण दिएको भन्दै अमेरिकी संघीय अधिकारीहरूले टेक्सासको दक्षिणी शहर म्याकालेनमा रहेको एबीस बेकरीका मालिकलाई पक्राउ गरेको हो । गैरकानुनी रूपमा आप्रवासीहरूलाई आश्रय दिएको अभियोगमा पक्राउ गरिएका लियोनार्डो बाज र नोरा एलिसिया अविला–गुएल रहेका छन । यी दुवैलाई अवैध रूपमा आप्रवासीहरूलाई लुकाउने तथा मद्दत गर्ने अभियोग लगाइएको छ । फेब्रुअरी १२ मा ८ जना गैरकानुनी आप्रवासीहरू उनीहरूको बेकरीभित्र काम गरेको भेटिएको थियो । बेकरी मालिकहरूले ती आप्रवासीहरू गैरकानुनी रूपमा देशमा आएको थाहा पाएको स्वीकारेका छन । बाज र अविला–गुएल थुनामा रहेका छन् । फेडरल अदालतमा शुक्रबार पहिलो पेशी भएको बताइएको छ । टेक्सासका स्थानीय नगर प्रमुख वा राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका छन । तर पनि राज्यलाई सहयोग गर्नु दायित्व हो भन्दै सजकता अपनाउन सुझाव दिएको छ ।

    यस अघि नै ट्रम्प प्रशासनले अबैध आप्रवासीलाई काम दिनेलाई दण्ड जरिवानाको व्यवस्था गरिसकेको छ भने त्यस्ता आप्रवासीलाई लुकाएको वा लुकाउन मद्दत गरेको खण्डमा कडा कारबाही गरिने जनाइएको छ । यसो हुँदा कोही आफन्त वा नजिकका नातेदारहरु अबैध रुपमा अमेरिका बसिरहेका छन भने पनि उनिहरुलाई सहयोग गर्दा पनि समस्यामा पर्न सक्ने बताइएको छ ।

    Post Views: 129
    प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार ०९:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • २. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • ३. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ४. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ५. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.