• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली सेनाले भनेको सुरक्षा चुनौति के हो ?

  •  
  • २०८१ फाल्गुन १०, शनिबार ०९:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली सेनाले मुलुकमा तत्काल गम्भीर प्रकृतिको सुरक्षा चुनौती नरहे पनि बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण चनाखो रहनुपर्ने विश्लेषण गरेको छ । नेपाली सेनाले पहिलो पल्ट नेपालमा सुरक्षा चिन्ता रहेको बताउनुले के सन्देश दिन्छ त्यो त राज्यका निकायले बुझ्ला तर नेपाली सेना जस्तो संवेदनशिल अंगले दिएको यो चिन्ताले राजनीतिक समस्या वा विदेशी हस्ताक्षेपको संकेत गर्दछ ।

    नेपाली सेनाको जंगीअड्डामा दुई दिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा सहभागी जनरलहरूले तत्काल आन्तरिक सुरक्षामा ‘ठूलो’ चुनौती नरहे पनि बदलिँदो भूराजनीतिक परिस्थितिले ल्याउन सक्ने समस्यातर्फ सचेत रहनुपर्ने निष्कर्ष निकालेपछि सरकारले कुनै चासो र चिन्ता देखाएको छैन ।

    सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलले विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यौलपूर्ण बन्दै गएको टिप्पणी गरेका छन् । विशेषतः अमेरिकामा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएको नीतिका कारण विभिन्न राष्ट्रहरू प्रवाभित सन्दर्भतर्फ संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘ट्रम्पको आगमनपछि अमेरिकाको आर्थिक सहायता सम्बन्धी निकाय यूएसएआईडी बन्द भएको छ, लामो विवादपछि अघि बढेको अमेरिकी सहायता परियोजना एमसीसी पनि रोकिएको छ’, सेनाका एक वरिष्ठ अधिकारीले अनलाइनखबरसँग भने, ‘यस्तोमा सामाजिक र आर्थिक रूपमा मुलुकको विभिन्न क्षेत्रमा असर पुग्ने निश्चित छ, त्यसको गम्भीर समीक्षा गरेर उपयुक्त रणनीति अपनाउनु पर्छ ।’

    हालै अमेरिकामा खर्बपति एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीले नेपालमा संघीयता शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर ९झण्डै दुई अर्ब ७६ करोड ६४ लाख नेपाली रुपैयाँ० र जैविक विविधता संरक्षण अन्तर्गत दिन लागिएको १९ मिलियन अमेरिकी डलर ९झण्डै दुुई अर्ब ६२ करोड ८१ लाख नेपाली रुपैयाँ० बराबरको सहयोग रोकेको छ । यसबारे अमेरिकी राष्ट्रपति ट्रम्प आफैंले प्रतिक्रिया दिँदै यसरी अनुदान दिनु ‘ठगी’ भएको भनेका छन् ।

    ‘हालै छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिका भ्रमणका कतिपय कुराबाट पनि थुप्रै संकेतहरू मिल्न सक्छन्’, एक सैन्य अधिकृतले विश्लेषण गरेका छन्, ‘यस्तोमा क्षेत्रीय परिस्थितिमा थुप्रै बदलावका संकेतहरू देखिएका छन् ।’ उनले ट्रम्प–मोदी संयुक्त पत्रकार सम्मेलनमा बंगलादेशबारे सोधिएको प्रश्नको जवाफ अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीलाई दिन लगाएको प्रति संकेत गर्दै यस्तो बताएका छन् ।

    यो स्थितिमा छिमेकी मुलुक र शक्ति राष्ट्रहरूले लिने नीतिका कारण नेपालको राष्ट्रिय सुरक्षामा असर पार्ने नयाँ तत्व सिर्जना हुनसक्ने सैन्य अधिकारीहरूको विश्लेषण छ । ‘यस्तोमा हाम्रो राष्ट्रिय हित हुने गरी रणनीति बनाउनुपर्ने छ, क्षेत्रीय गतिविधिलाई सुक्ष्म रूपमा विश्लेषण गरिरहनु पर्नेछ’, ती अधिकृतले भने, ‘यी विषयमा पृतनापति सम्मेलनमा गहन छलफल भएका छन् ।’

    Post Views: 189
    प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार ०९:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.